अपडेट
कसरी छुटाउने मोबाइलको लत ?
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हामी मोबाइलमै बिताउँछौं ।
राम्रो कामका लागि भन्दा पनि नराम्रो कामका लागि मोबाइलको प्रयोग धेरै भइरहेको हुन्छ । मोबाइलको एउटा लत बसिसकेको हुन्छ । उक्त लतको समस्याबाट छुटकारा पाउन कतिले धेरै प्रयास गरिरहेका हुन्छन् ।
कुनै पनि समस्याको समाधान भनेको सर्वप्रथम त त्यो समस्याको पहिचान गर्नु हो । त्यो समस्याप्रति सचेत रहनु हो । यदी स्मार्टफोनको लतबाट छुट्कारा पाउन चाहनुहुन्छ भन्ने सर्वप्रथम त तपाईं यसको लत बारे सचेत हुनुपर्दछ ।
यसको समस्या बारे बुझ्नु पर्दछ । स्मार्टफोनको लतबाट छुट्न धेरै उपायहरु छन् । ति उपायहरु निम्न बुँदाहरुमा उल्लेखित छन् ।
- हप्ताको कुनै एकदिन नो फोन डे मनाउनुहोस् । यो दिन मोबाईल नछुनुहोस् र आफ्नो परिवारसँग समय बिताउनुहोस् । परिवारमा गफ गरेर वा कतै घुम्न गएर समय बिताउनुहोस् ।
- सामाजिक सञ्जालहरू धेरै चलाउनु हुन्छ भने ति एपहरू तपाईंले मोबाईलमा सजिलै भेटाउन नसकिने ठाउँमा राख्नुहोस् । यसकारण तपाईंले ति एपहरू भेटाउन समय लाग्छ र अनावश्यक कुराहरुमा तपाईंको पनि ध्यान जादैन् ।
- नोटीफिकेसन आउँदा हामी मोबाईल हेर्न हतार गर्छौ । यसकारण तपाईंको मोबाईलको नोटिफिकेसन बन्द गरिदिनुस्, तपाईंले आधा लडाई त्यही जिती सक्नुहुन्छ । नोटिफिकेसनको आवाजले पानी हाम्रो समयलाई बर्बाद गरिरहेको हुन्छ । आफुलाई चाहिने महत्त्वपूर्ण कुराहरु कुनै निश्चित समयमा मात्रै चेक गर्नुहोस् ।
- तपाईंको मोबाईल चलाउने बानीलाई कुनै अर्कै बानीले हटाउनुहोस् । बिहान र बेलुका कम्तिमा ३० मिनेट प्रति दिन हिड्न जानुहोस् ।
- फलामलाई फलामले काट्छ भनेझै प्रविधिबाट बच्न प्रविधिको प्रयोग गर्नुहोस् । मोबाईलमा भ्वाइस कमाण्डको प्रयोग गर्नुहोस् । यसले तपाईंले मोबाईल चलाउदा तपाईंको मुद्रा पनि बिग्रिदैन र घाँटी दुखाइको समस्या पानी आउँदैन् ।
- तपाईंले आफ्नो इलेक्ट्रोनिक उपकरणहरुको विभाजन गर्नुहोस् । लामो समय मोबाईलमा नबिताउन आफ्नो कामलाई ल्यापटप, डेस्कटपमा विभाजन गर्नुहोस् । भिडियोहरु टिभीमा हेर्नुहोस् भने इमेल डेस्कटपमा ।
- अहिले स्क्रीन टाईम मापन गर्ने धेरै एपहरू उपलब्ध छन् । ति एपहरूको सहयोगले आफ्नो स्क्रीन टाईम ट्र्याक गर्नुहोस् र के कुरामा अतिरिक्त समय खर्च भइरहेको छ थाहा पाउनुहोस् ।
- अनावश्यक कुराहरुका लागि मोबाईल नचलाऊनुहोस् । बरु रचनात्मक कार्यमा समय बिताउनुहोस् । आफ्नो इच्छा र मन परेको काम गर्नुहोस् ।
- धेरै बेर मोबाईल मात्रै चलाएर नबस्नुहोस् । त्यसको साटो प्रकृतिसँग पनि समय बिताउनुहोस् । आफ्नो वरिपरिको वातावरणको पनि ख्याल राख्नुहोस् ।
- सामाजिक संजालहरुलाई एउटा उपकरणको रूपमा प्रयोग गर्नुहोस् । तर आँफै यसको सिकार नहुनुहोस् ।
अपडेट
वर्ल्ड समिट अवार्ड २०२२ मा नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद शर्टलिष्ट
वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालका ३ प्रडक्ट शर्टलिष्ट भएका छन् । न…
कसरी प्रयोग गर्ने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर ?
इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर सार्वजनिक भएको छ । यो फिचरबाट अब आफुले सेड्युल गरे…
सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले बनायो ३ लाख ६५ हजार कार
सन् २०२२ को तेस्रो त्रैमासिकमा टेस्लाले ३ लाख ६५ हजार ९२३ कार निर्माण गरेको छ । को…
सामाजिक सञ्जालका प्रयोगकर्ता जिम्मेवार नबन्दा गैरकानुनी क्रियाकलाप बढेः डा. गिरी
नेकपा माओवादी केन्द्रको विज्ञान तथा प्रविधि विभागका सदस्य एवं सूचना प्रविधि विज्ञ डा…
भारतमा सुरू भयो फाइभजी सेवा, ऐतिहासिक दिन भएको प्रधानमन्त्री मोदीको भनाइ
भारतमा फाइभजी सेवा सुरू भएको छ । छैटौं इन्डिया मोबाइल कंग्रेस २०२२ मा भारतका प्र…
दशैंको बिदामा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउन प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किल…
समयमै बिल तिर्न सघाउने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर, कसरी गर्ने प्रयोग ?
इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर सार्वजनिक भएको छ । यो फिचरबाट अब आफुले सेड्युल गरे…
भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट
कोभिड १९ बाट प्रभावित (अभिभावक गुमाएका) भई शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबाल…
पुनः गूगल प्ले स्टोरमा उपलब्ध भयो इसेवा
ईसेवा मोबाइल एप गूगल प्ले स्टोरमा उपलब्ध भएको छ । गूगल प्ले स्टोरबाट शुक्रबार दिउँस…
नेपाली बिजनेस नेतृत्वका लागि आयोजना गरिएको ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न
नेपाली बिजनेस नेतृत्वका लागि ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको…
स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआवद्धता, अब एक अर्काका क्युआरबाट भुक्तानी गर्न सकिने
स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल …
पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई ल…
भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथ…
आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स, डिजिटल इकोसिस्टम विकास गर्न सहकार्य
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आइसिटी अवार्ड २०२२ मा शीर्ष प्रायो…