अपडेट
नास्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् ।
उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरि विकासमा सेवा पुर्याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गरे ।
नाष्टको ४५ औँ प्राज्ञ सभाका अवसरमा सन्देश दिँदै नास्टका सहकुलपति पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवद्र्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पुर्याएको योगदान स्मरण योग्य भएको पनि उल्लेख गरे ।
‘स्थानीय तह र प्रदेशसम्म पुनर्संरचना गरी प्रतिष्ठानका क्रियाकलापलाई सक्रिय पार्ने र राष्ट्रको प्राथमिकताका क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बोध गरेको छु’, उनले भने, ‘यसका साथसाथै संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई आकर्षण गर्नका लागि संस्थागत विकास, वैज्ञानिक प्राविधिकहरूको वृत्ति विकास, प्रयोगशालाको क्षमतामा अभिवृद्धि गर्ने कार्य अपरिहार्य देखिन्छ ।’ रासस
अपडेट
उद्यमशीलता विकास गर्न कम्युनिटी होमस्टेसँग नबिल बैंकको सहकार्य
नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो प…
टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त
नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्…
विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर दे…
भोलि दिनभर टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस सुविधा
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेव…
फेब्रुअरी २२ मा ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइँदै
आगामी फेब्रुअरी २२ मा अबको परिवर्तन, डिजिटल शिक्षासँगै नारासहित नेपालमा पनि डिजि…
पेटीएम, गुगल पे प्रयोग गरी अब नेपालका बैंक तथा वालेटमा पैसा पठाउन सकिने
गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाई…
पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न सिङ्गापुरको कम्पनीसँग निफ्राको सम्झौता
पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को लागि सिङ्गापुरको निर्माण कम्पनीसँ…
नेपालमै पहिलोपटक एपबाट चरा गणना हुँदै
कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको म…
खल्तीको निःशुल्क मेरो शेयर खाता नवीकरण अफर
नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै…
सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता
सिभिल बैंक र एफवान सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचार…
डिशहोम फाइबरनेटको सहवितरण शोरुम टिकाथलीमा
डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फा…
वैदेशिक रोजगार बोर्ड क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध, अब अनलाइनबाटै भुक्तानीको सुविधा
वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको…
जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी
विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी ग…
एनसेलको नम्बरबाट पनि अब नमस्ते पेमा खाता खोल्न सकिने
अब एनसेलको नम्बरबाट पनि डिजिटल वालेट …
राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा
सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त स…