अपडेट
मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’
बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्पो सस्टेनेबिलिटी रिपोर्ट’ अनावरण गरेको छ ।
यसमार्फत आफ्ना समग्र उत्पादनहरूको दिगोपन र पर्यावरणमैत्री अवधारणाहरू एकीकृत गर्दै कम्पनीका उपलब्धिहरूको विवरण दिँदै ओप्पोले आफ्नो ब्रान्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’लाई निरन्तरता दिइरहेको जनाएको छ ।
अन्तरराष्ट्रिय मान्यताप्राप्त ‘३आर१डी’ सस्टेनेबल प्याकेजिङ सिद्धान्तहरूको पालना गर्न प्रतिबद्ध रहेको तथा यसअन्तर्गत प्याकेजिङका लागि लाग्ने वजनमा न्यूनिकरण, रिसाइकल्ड सामग्रीको पुनः प्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेबल तथा बायोडिग्रेडेबल सामग्री प्रयोगलाई प्रोत्साहन र निरन्तरता दिइरहेको ओप्पोको दाबी छ ।
उत्पादनलाई टिकाउ बनाउने उद्देश्यसाथ ब्याट्रीको आयु लम्ब्याउन ओप्पोले स्व:विकसित ब्याट्री हेल्थ इञ्जिन पनि सार्वजनिक गरेको छ ।
यस नवप्रवर्तनयुक्त प्रविधिमार्फत ब्याट्रीको क्षमता १६०० चार्जिङ तथा डिस्चार्जिङ साइकलपश्चात पनि ८०५ को हाराहारी उच्च बिन्दुमा कायम राख्न सकिने सो कम्पनीले जानकारी दिएको छ ।
स्थानीय तथा अन्तरराष्ट्रिय बजारमा मोबाइल फोनको रिसाइक्लिङ तथा पुनः प्रयोग प्रवर्द्धन गर्न ट्रेड–इन सेवाका लागि ओप्पोले प्रडक्ट रिसाइक्लिङ प्रणालीको स्थापना गरिसकेको छ । हालसम्म चीनमा मात्रै १२ लाख फोन पुन:प्रयोग गरिसकेको ओप्पोको दाबी छ ।
यो परिमाण २१६ टनभन्दा बढी विद्युतीय फोहोर हो । दिगोपनाको प्रवर्द्धनका लागि ओप्पोले आफूलगायत अन्य साझेदारसँग पनि नजिक रही कार्यहरू अघि बढाइरहेको छ ।
लगातार २ वर्षका लागि ओप्पोले नेशनल जियोग्राफिकसँग लोपोन्मुख प्रजातिको सुरक्षामा सघाउन ओप्पो इन्ड्यान्जर्ड कलर क्याम्पेनमार्फत साझेदारी गरेको थियो ।
इको रेटिङ लेबलिङ योजनामा सहभागी भई राम्रो प्रदर्शन गर्नेमध्ये ओप्पो एक कम्पनी हो ।
यूरोपेली मोबाइल अपरेटर्सद्वारा मोबाइल फोन्सको पर्यावरणमैत्रीपना मापनका लागि सञ्चालनमा ल्याइएको यो योजनाअन्तर्गत स्थायित्व, मर्मत योग्यता, पुनःप्रयोग योग्यता, जलवायु र कार्य दक्षता गरी ५ महत्वपूर्ण क्षेत्रमा उत्पादनको मापन गरिन्छ ।
अपडेट
युक्रेनमा मस्कले सुचारु गरे स्टारलिकं स्याटेलाईट ब्रोडब्याण्ड सेवा
स्टारलिकं सेवा युक्रेनमा पनि सुचारु गरिएको छ । स्टारलिकंका संस्थापक एलन मस्कले आफ्न…
दराज र आइएमई पेबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट
डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …
आइएमई पे र दराजबीच सम्झौता, भुक्तानीमा प्रयोगकर्तालाई हरेक आइतबार १० प्रतिशत छुट
डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …
दुई दर्जन आविष्कार अन्तिम चरणमा
प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अ…
नेपाली पात्रोको सिईओमा सन्तोष कुमार देवकोटा नियुक्त
डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लेटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार …
बजेट पसल डटकमबाट सामान खरिद गर्दा गरिमा विकास बैंकका ग्राहकलाई ५ प्रतिशत छुट
गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अन…
अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम
तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनक…
क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर
नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्…
बगभीको पहिलो लाइभ ह्याकिङ कार्यक्रम सम्पन्न, ५० हजार बाउन्टी पुरस्कार प्रदान
व्यवसायी र उपभोक्तालाई सँगै ल्याउने उद्देश्यका साथ सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्चालित होटलहरूमा एनसीसी बैंकका ग्राहकहरूलाई १०…
के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी
रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई …
देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्…
मासिक ८०० रूपैयाँमा भायानेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी
भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८०० …
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट
राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्…