कीवर्डहरू -

अपडेट

अनलाइनबाट टोकन लिएरमात्र यातायात कार्यालयको सेवा लिन सकिने, यस्तो छ तरिका

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था कार्यालयमा भेटघाटमा अनलाइन टोकन (इ-पास) सिस्टम लागु गरिसकेको छ । आगामी साउन ३१ गते आईतबारदेखि यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले पनि अनलाइन टोकन सिस्टम लागु गर्दैछ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले कुनै पनि सेवा लिन आउँदा अनलाइन टोकन लिएर आउन अनुरोध गरेको छ । अनलाइन टोकन लिएर नगएमा सेवा प्रदान नहुने कार्यालयले जानकारी दिएको छ ।

अनलाइन टोकन सिस्टम बागमति प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा लागु भइसकेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए ।

‘अहिले टोकन लिएर आउने र नलिएर आउने सबैलाई सेवा दिएका छौं,’ उनले आइसिटी समाचारसँग कुराकानी गर्दै भने, ‘तर अनलाइन टोकन लिएर आउनेले छिटो सेवा पाउनु हुन्छ । लाइनमा बसेको मान्छे लाइनमै बस्नुहुन्छ । टोकन लिएर आउने मान्छेले समयमै सेवा पाउनुहुन्छ ।’

सेवाग्राहीले यसबाट कुन दिन सेवा लिने हो त्यो दिन चयन गरेर सेवा लिन सक्नेछन् । यसबाट सेवाग्राहीको समय पनि बचत हुने र सेवा लिन पनि सहज हुने विश्वास उनले व्यक्त गरे ।

अनलाइन टोकन सिस्टम यातायात कार्यालयहरूमा सेवा लिन कुन दिन कतिबजे पुग्ने भनी समय निर्धारण गर्छ र कार्यालयहरूमा हुने अनावश्यक भीडभाड कम गरी सुरक्षित रुपमा सेवा प्रदान गर्नका लागि बनाइएको हो ।

एक पटक इ–पास लिईसकेपछि १५ दिनपछि मात्र अर्को इ–पास लिन पाइन्छ । एकपटक इ–पास लिईसकेपछि सोही एक दिनलाई मात्र इ–पासले काम गर्दछ ।

सम्बन्धित काम एक दिनमा नसकिएको खण्डमा उक्त कामको निमित्त दोस्रो दिनको लागि पनि सोही पासको प्रयोग हुनेछ तर काम सम्पन्न नभएको जानकारी कार्यालयमा गराइ अर्को दिनको लागि ट्रान्सफर गर्नुपर्छ ।

सेवा लिन चाहेको सम्बन्धित व्यक्तिले मात्रै इ–पासको अनुरोध गर्नु पर्दछ । उक्त पास सम्बन्धित व्यक्तिले मात्रै प्रयोग गर्न सक्दछ । इ–पास लिईसकेपछि अर्को व्यक्तिलाई दिन या अर्को व्यक्तिलाई साट्न तथा सार्नका पाइदैन् ।

पासमा भरिए बमोजिमको परिचय-पत्र बिना यातायात कार्यालय प्रवेश गर्न निषेध गरिएको छ । यदि परिचय-पत्र देखाउन नसकेमा या परिचय पुष्टि नभएका खण्डमा यातायात कार्यालय प्रवेश गर्न पाइने छैन ।

कसरी लिने अनलाइनबाट टोकन ?

अनलाइन टोकन लिन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ माग भएअनुसार सवारीधनीको नाम थर, सेवा लिन जाने कार्यालय र सेवाको किसिम छनोट गर्नुहोस् । यति गरेपछि आफ्नो मोबाइलमा आएको भेरिफिकेसन कोड फाराममा भरेपछि टोकन बुक हुन्छ ।

कम्प्युटरबाट टोकन प्रिन्ट गरेर वा मोबाइलमा आएको टोकन वा एसएमएस लिएर तपाईले टोकन भर्दा रोज्नु भएको दिनमा कार्यालय जानुपर्नेछ ।

यातायात कार्यालयले प्रत्येक दिन कतिवटा अनलाइन टोकन जारी गर्छ भन्ने कुरा यहाँ क्लिक गरी हर्न सकिने छ ।

अपडेट

ग्लोबल आइएमई बैंकले शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे बीच गुणस्तरीय …

काठमाडौंको बनस्थली बसुन्धरासम्म टेलिकमको इन्टरनेट केही दिन अवरुद्ध हुने

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले काठमाडौंका केही ठाउँमा केही दिन…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । सोम…

ग्यापुको टिकटक प्रतियोगिता शुरू, भिडियो बनाएर १ लाखसम्म जित्न सकिने

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै ‘ग्यापु टिकटक हिरोज’ …

गायक प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको …

मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सीम निःशुल्क पाइने

मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताह…

पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने 

पठाओ कार लाईट (ट्याक्सी)को दोश्रो एनिभर्सरीका दिन आज अर्थात सोमबार पठाओ नेपालले सि…

ह्वाट्सएपका प्रमुख भन्छनः एप्पलको बाल उत्पीडन रोक्ने अपडेट ‘निगरानी प्रणाली’ हो

ह्वाट्सएपका प्रमुखले बाल उत्पीडन रोक्न एप्पलले ल्याउन लागेको अपडेट ‘निगरानी प्रणाली’ …

अन्तरिक्ष यात्राका लागि भर्जिन ग्यालाक्टिकले टिकट बेच्न थाल्यो, एउटा टिकटको मूल्य ५ करोड बढी

भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्राका लागि प्रति टिकेट ४ लाख ५० हजार डलर अर्थात ५ क…

क्यान महासंघ र सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुबीच अन्तर्क्रिया सम्पन्न

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सुचना तथा संचार प्रविधि…

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापा…

प्रभु बैंकले सञ्चालनमा ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको …

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित …

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू…

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्या…