कीवर्डहरू -

अपडेट

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल लगनखेलकी सुएन भट्टराईले टेलिस्कोप प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा द्वितीय द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा पञ्चकन्या माध्यमिक विद्यालय छाउनीकी सरिता रम्तेलले प्रमाणपत्र एवं उपहार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।

त्यसैगरी सन् २०२० मा ‘भूउपग्रहले जीवन सहज बनाउँछ’ विषयमा सञ्चालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी रिना चौधरीले टेलिस्कोप, पदक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बूढानीलकण्ठ स्कुल, बूढानीलकण्ठकी नीति पछाइले प्रमाणपत्र एवं पदक प्राप्त गरेकी छिन् ।

सन् २०२० मा सञ्चालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकलाका विजयी ट्रिनिटी कलेज डिल्लीबजारका रोहन भट्टराईले नगद रु पाँच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुन असमर्थ विजेताले कार्यालयमा सम्पर्क गरी पुरस्कार लिन सक्ने सोसाइटीले जनाएको छ ।

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्नुहुने मेक इञ्जिनियरिङका अर्केत महर्जनले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुग्ने बताए ।

कार्यक्रममा पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी प्रधानाध्यापक श्रीमती रुपा मानन्धर, द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका उपप्रधानाध्यापक सागर दाहाल, नेपाल एष्ट्रोनोमिकल सोसाईटीको गतिविधिले विद्यालय तहका विद्यार्थी तथा शिक्षक लक्ष्यित कार्यक्रमको प्रसंशा  गरे ।

सो अवसरमा कार्यक्रमम संयोजक तथा सोसाइटीकी निर्देशक एवं परियोजना संयोजक मनिषा द्वाले विजयीलाई यस क्षेत्रमा क्रियाशील हुने प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

सोसाइटीले सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै माग गर्न लागेको जनाइएको छ । यस वर्ष ‘अन्तरिक्ष विज्ञानमा महिलाको भूमिका’ विषयमा कार्यक्रम गरिने जानकारी दिइएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै सन् २००० देखि विश्वव्यापी रुपमा अक्टोबर ४ देखि १० वा सेरोफेरोमा मनाउन थालिएको विश्व अन्तरिक्ष सप्ताह सोसाइटीले स्थापनाकाल सन् २००७ देखि हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रियस्तरमा मनाउँदै आएको छ । रासस

अपडेट

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्…

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ …

गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार सेवा विस्तार गर्ने सञ्चार सचिवको प्रतिवद्धता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले पदबहाली गरेका छन् । न…

क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन, चार हजारलाई वितरण

सरकारले साउन २१ गतेदेखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर …

ओप्पोले सार्वजनिक गर्‍यो अन्डर डिस्प्ले क्यामेरा प्रविधि, फुल स्क्रिनको अनुभव पाइने

ओपोले स्मार्टफोनका लागि नेक्स्ट जेनरेशनको अन्डर डिस्प्ले क्यामेरा (यूएससी) प्रविधि सार्…

जूमले सार्वजनिक गर्‍यो नयाँ फिचर फोकस मोड

जूममा नयाँ सुविधा फोकस मोड उपलब्ध भएको छ । यसले विद्यार्थीहरुलाई अनलाइन कक्षाको ब…

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरको प्रोफाइल टिन्डरमा पोस्ट गर्दै

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुको प्रोफाइल टिन्डरमा पोस्ट गरिरह…

टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्…

अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) नेपालमा औपचारिक रूपमा…

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुन…

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचरले चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न…

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैला…

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि  राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र…

सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ? 

सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्…

क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड लागू भएपछि सेवाग्राहीलाई झनै सास्ती

विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू…