अपडेट
दुईसय बढी देशहरुबाट अब इसेवामा रकम पठाउन सकिने
अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।
सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् ।
साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ ।
यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,सयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला ले भने ‘मनिग्रामसँगको सहकार्यले गर्दा हामीलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्धत गर्ने साथै नेपालमा पैसा पठाउने भरपर्दो माध्यम हुनेछ । यो सम्झौताले अन्तराष्ट्रिय विप्रेषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्याउने छ।’
मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विप्रेषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राम मार्फत २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।
मनिग्राम उच्च स्तरिय प्रविधिको प्रयोग गरि मोबाइल तथा एपीआई सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौ सेवाग्राहीहरुलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।
इसेवा मनि ट्रानसफरले आफ्नो सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
अपडेट
डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा
टेलिभिजनमा नेपाली चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सु…
क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा कोइनबेसलाई ६५ लाख बढि जरिवाना
कोइनबेसलाई क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा ६.५ मिलियन डलर अर्थात ६५ लाख बढि र…
टेस्लाको गाडीले जासुसी गरेको चीनको आरोप
चीनले जासुसीको डरले टेस्लालाई सैन्य सुविधाबाट प्रतिबन्ध लगाएको छ । टेस्लाको विद्युत…
चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना
ब्राजिलले एप्पललाई चार्जर बिनाको आइफोन १२ विक्री गरेको भनेर २० लाख बढि रुपैयाँ जर…
एसरमा र्यानसमवेयर आक्रमण, मागियो ५० मिलियन डलर
एसरमा र्यानसमवेयर आक्रमण भएको छ । आक्रमणकर्ताहरुले एसर प्रणालीमा माइक्रोसफ्ट एकसचेन्ज…
चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको…
अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने
अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले …
माछापुच्छ्रे बैङ्कद्वारा बाँकेमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरू
माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैद…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ बीच सम्झौता
चैत्र ७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग …
के हो कर्पोरेट पे ? कसरी लिने सेवा ?
कर्पोरेट पे सञ्चालनमा आएको ६० दिन भन्दा बढि भएको छ । सञ्चालनमा आएको ६० दिनमा कर्पो…
स्टार्टअपलाई ५ लाख बढी रूपैयाँको एडब्लुएस क्रेडिट निःशुल्क दिदै जेनस, यसरी हुनुहोस् सहभागी
जेनस सोलुसनले स्टार्टअप कम्पनीहरुलाई ५ लाख भन्दा बढी रुपैयाँ अर्थात ५ हजार डलर बरा…
सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा
पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई …
दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल
संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुल…
अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने
अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने भएको छ । गूगलले यो नीति ज…
गूगलले सार्वजनिक गर्यो शर्ट भिडियो प्लेटफर्म थ्रेडिट
गूगलले कामका लागि थ्रेडिट भन्ने शर्ट भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । यो गूगल ए…