अपडेट
ज्योति विकास बैंकले सुरु गर्यो ओम्नी च्यानल, मोबाइल एप र वेबसाइटबाट अब सबै डिजिटल बैंकिङ सेवा
ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरबाटै प्रदान गर्ने गरी ज्योति स्मार्ट जेबीबीएल डटकम डट एनपी वेबसाइट सञ्चालनमा ल्याएको हो ।
बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रबद्र्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको जनाएको छ ।
ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसँगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धी जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, सेल्फ एकाउन्ट लिङ्क, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले सेल्फ रजिष्टार गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारीसमेत पाउन सक्नेछन् ।
यो सुविधा नयाँ प्रयोगकर्ताहरूले एपस्टोर अथवा प्ले स्टोरबाट एपलाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरूले एपलाई अपडेट गरि नयाँ सेवाहरुको लाभ लिन सक्नेछन् ।
बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।
अपडेट
मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर
नेपालीहरुले बनाएको बिग बिंगो नेपालमा निःशुल्क खेल्न सकिने भएको छ । नेपालमा निःश…
वेद स्कूल सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्सलाई विट्सा अवार्ड
वेद सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्स प्राइभेट लिमिटेडलाई वर्ल्ड इन्फरमेसन टेक्नोल…
एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने
एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजि…
माछापुच्छ्रे बैंकले सुरु गर्यो सहकारी डेबिट कार्ड
माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेक…
क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा
क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघक…
६ महिनाभित्र ५० चार्जिङ स्टेसन, एपबाटै चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभ…
ह्वावेद्वारा ह्वावे कनेक्ट २०२१ को आयोजना – डिजिटल कनेक्टिभिटीमा समर्पित वार्षिक औद्योगिक कार्यक्रम
डाइभ इन्टु डिजिटल“ थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक…
आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्…
बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको बीटुबी आइसिटी बिजनेश समिट…
नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९…
खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने
ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएक…
एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने
अब आफै आईफोन र म्याक मर्मतगर्न सकिने भएको छ । एप्पलले सेल्फ सर्भिस प्रोग्राम अन्र्तगत ग्…
ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट
ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्…
ई-पासपोर्ट वितरण शुरू, पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई
राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । आउँदो अंग्रेजी नया…
कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने
कोकाकोला नेपालले राकुटेन भाइबरसँग सहकार्य गरेको छ । सहकार्यसँगै कम्पनीले कोक एण्ड…