अपडेट
ह्वावेले खोल्यो सबैभन्दा ठूलो साइबर सुरक्षा तथा प्राइभेसी संरक्षण सेन्टर
ह्वावेले चीनको डोंग्वानमा आज आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ ।
नयाँ सेन्टरको उद्घाटनको साथसाथै ह्वावेले यसको प्रडक्ट साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । कम्पनीले पहिलो पटक समग्रमा उद्योगको लागि आफ्नो प्रडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास उपलब्ध गराएको जनाएको छ ।
यी कार्यहरू कम्पनीको ग्राहक, आपूर्तिकर्ता, स्टान्डर्ड संगठनहरु र अन्य सरोकारवालाहरुलाई संयुक्त रुपमा उद्योगभरमा साइबर सुरक्षा बृद्धि गर्ने प्रयासको हिस्सा हो ।
ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले डोंग्वान केन्द्रको उद्घाटन गर्दै साइबर सुरक्षा पहिले भन्दा बढी महत्वपूर्ण भएको बताए ।
‘एक उद्योगको रूपमा हामीले सँगै मिलेर काम गर्न, राम्रो अभ्यासहरू साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणिकरणमा हाम्रो सामूहिक क्षमताहरू निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘हामीले सर्वसाधारण र नियामकर्ताहरूलाई उत्पादन तथा दैनिक रुपमा प्रयोग गर्ने सेवाहरूको सुरक्षामा विश्वास दिलाउन आवश्यक छ ।’
विगत केही वर्षमा उद्योग डिजिटलिकरण, फाइभजी र एआई जस्ता नयाँ प्रविधिहरूले साइबरस्पेसलाई पहिलेभन्दा बढी जटिल बनाएको उनले बताए ।
ह्वावेले साइबर प्रशासनमा विशेषज्ञता बाँड्न र टेक्निकल समाधानको लागि एकसाथ काम गर्ने उद्योगका सरोकारवालाहरूलाई मञ्च प्रदान गर्दै डोंग्वानमा नयाँ ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ ।
सोलुसन प्रदर्शन र अनुभव सेयर गर्न, संचार र संयुक्त इनोभेसनलाई सुविधा दिन र सुरक्षा परीक्षण, प्रमाणिकरण समर्थन गर्नको लागि सेन्टर डिजाइन गरिएको हो ।
यो नियामककर्ताहरू, स्वतन्त्र तेस्रो-पक्ष परीक्षण संगठनहरू र मापदण्ड संगठनहरू साथै ह्वावे ग्राहकहरू, साझेदारहरू र आपूर्तिकर्ताहरूको लागि खुला हुनेछ ।
जीएसएमएका महानिर्देशक म्याट्स ग्रान्रीडले फाइभजी युगमा हाल रहेको र नयाँ सेवाहरूको डेलिभरी मोबाइल नेटवर्कले प्रदान गरेको कनेक्टिभिटीमा धेरै निर्भर गर्दछ र मौलिक रूपमा अन्तर्निहित प्रविधिको सुरक्षा र विश्वासमा निर्भर गर्ने बताए ।
कार्यक्रममा ह्वावेले आफ्नो उत्पादन साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । पछिल्ला वर्षहरूमा ह्वावेले १५ हजार भन्दा बढी नेटवर्कहरू निर्माण गरेको छ जुसले १७० देश र क्षेत्रहरूमा तीन अर्ब भन्दा बढी मानिसहरूलाई कनेक्ट गर्दछ ।
यीमध्ये कुनै पनि नेटवर्कले अहिलेसम्म ठूलो सुरक्षा घटना अनुभव नगरेको ह्वावेले जनाएको छ ।
‘हामीले हाम्रो सुरक्षा आधारभूत ढाँचा केवल मुख्य आपूर्तिकर्ता मात्र संग नभई समग्र उद्योगसँग साझेदारी गरेको यो पहिलो पटक हो, ‘ह्वावे ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण कार्यालयका निर्देशक सीन यांगले भने, ‘ग्राहक, नियामक, मापदण्ड संगठन, प्रविधि प्रदायक र परीक्षण संगठनहरू लगायत सबै सरोकारवालाहरूलाई साइबर सुरक्षा बेसलाइनमा छलफल गर्न र काम गर्न हामीसँग सामेल हुन आमन्त्रण गर्न चाहन्छौं । सङ्गै मिलेर हामी उद्योग उत्पादन सुरक्षामा सुधार गर्न जारी राख्न सक्छौं ।’
अपडेट
ओपोले सार्वजनिक गर्यो साइबरियल कम्प्युटिङ प्रविधि
ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्य…
जुन १५ मा विश्वव्यापी रुपमा सःशुल्क पोडकास्ट सदस्यता खोल्दै एप्पल
एप्पलले जुन १५ मा सःशुल्क पोडकास्ट सदस्यता खोल्ने भएको छ । यो फिचर विश्वव्यापी रुपमा…
‘सेल्फी विथ डटर’ अभियान सम्पन्न, उत्कृष्ट सेल्फीलाई पुरस्कार वितरण
विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक बिश…
अब अमेरिकामा टिकटक र विच्याट चल्ने, बाइडेनले रद्ध गरे ट्रम्पले लगाएको प्रतिबन्ध
अमेरिकाको राष्ट्रपति जो बाइडेनले टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने ट्रम्पको आदेश र…
चार्जिङ स्टेशनको प्रारम्भिक काम शुरू, ५० वटा स्टेशन निर्माण गरिने
विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ ।…
फोहोर व्यवस्थापन बिल अब खल्तीबाटै सिधैं भुक्तानी गर्न सकिने
खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अ…
सामसङले स्मार्ट होम एपमा ल्यायो नयाँ इन्टरफेस
सामसङले आफ्नो स्मार्टथिङ्ग्स नामक स्मार्ट होम एपमा नयाँ इन्टरफेस ल्याएको छ । पहिला धमि…
बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर आविष्कार केन्द्रले प्रमाणित गरेको छैनः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बजारमा बिक्री भइरहेका अ…
अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने
अब एन्ड्रोइडमा डिफल्ट सर्च इन्जिनको रूपमा गूगल बाहेक अरू सर्च इन्जिन पनि छनोट गर्न सक…
खल्ती डिजिटल वालेटमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस
डिजिटल वालेट खल्तीमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । …
भाइबरमा सुरु भयो नागरिक एप ‘हेल्प डेस्क’
सरकारले नागरिक एप सम्बन्धि कुनै पनि प्रश्न वा समस्या भएमा सहयोग गर्ने उद्देश्यले भाइबरमा नागरिक एप ‘हेल्प डेस्क…
फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरलाई थप पैसा दिने
फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरहरुलाई थप पैसा दिने भएको छ । यसको लागि इन्स्टाग्र…
सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने
लुम्बिनी प्रदेशले सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभा…
लुम्बिनी प्रदेशले अब प्रदेशस्तरीय तालिम अनलाइनबाटै सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्ने भएको छ । म…
लुम्बिनी प्रदेशले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने
लुम्बिनी प्रदेश सरकारले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ । मंगल…