अपडेट
एनसेल र नेपाल टेलिकमको नाफामा भारी गिरावट
सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रति ग्राहक दुई सय १४ रूपियाँमा सीमित भयो ।
सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो ।
पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रूपियाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ ।
जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो । एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ ।
एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपियाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपियाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ ।
सरकारी लगानीको नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ३४ अर्ब ७३ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । जबकी आव २०७५/२०७६ मा टेलिकमले ३६ अर्ब रुपियाँ आम्दानी गरेको थियो ।
कम्पनीले माघ ३० गते प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल आम्दानी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड रुपियाँले घटेर २० अर्ब ५८ करोड रुपियाँ पुगेको उल्लेख छ । यो समाचारआजको गोरखापत्र दैनिकमा रहेको छ ।
अपडेट
पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने
पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …
अब एक महिनामै चालक अनुमतिपत्र पाइने
नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …
सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट
आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …
शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा
शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …
डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे
ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…
ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने
ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेक…
आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ
सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ । <…
म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध
फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । म…
ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु
कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड स…
रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न
रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ …
शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक
हरेक वर्ष फेब्रुअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्…
विद्युतीय चुरोटले पनि स्वास्थ्यमा नकारात्मक असर गर्ने
युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरे…
सरकारले साझा यातायातमार्फत विद्युतीय बस खरिद गर्ने
साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु भएको छ । सम्झौताअन…
रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो
ओप्पोले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७.५ वाट पा…
साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने
साओमी, गूगल र ओप्पोले फोल्डेबल फोन बनाउन सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने छ…