अपडेट
एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन् ।
सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए ।
प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य हो ।
यस पहल अन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ ।
धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गन एनसेलले जनाएको छ ।
पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालन हुनेछ ।
यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढि घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम संचालनमा आएपछि स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ ।
कार्यक्रमको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, ‘स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ । स्वास्थ्य सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौं ।’
‘यो सहकार्य बहुआयामिक छ किनकी यो डिजिटल डिभाइड घटाउने हाम्रो आकांक्षासँग मिल्दो छ,’ उनले भने ‘स्वास्थ्य सेवा केन्द्रहरुले गुणस्तरीय सेवामा स्थानिय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरुको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएका छौं ।’
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, ‘प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो । यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) पनि समावेश गरिएकोले यो यस प्रकारको पहिलो र नयाँ कार्यक्रम हो ।’
‘आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले खुला हृदयका साथ सहकार्य गरेकामा हामी धेरै खुसी छौं,’ उनले भने ‘चाँडै भन्दा चाँडै हाम्रा स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन उपकरणहरु जडान गरी सेवा प्रदान गर्न हामी उत्साहित छौं ।’
टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले भने, ‘यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ ।’
‘स्वास्थ्य सेवामा पहुँच नभएकाहरुसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पना अनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौं’ उनले भने ।
यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ ।
टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
पिएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।
पिएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरु भन्दा बाहिर समेत लाने उदेश्यका साथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।
एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो ।
यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।
अपडेट
ई-ट्रान्सपोर्टेसनको ग्यारेज प्रतिनिधिहरूसँग अन्तरक्रिया
नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउने अभियान सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसल…
टिकटकमा आयो क्यूएनए फिचर
टिकटकमा प्रश्न उत्तर (क्यूएनए) फिचर उपलब्ध भएको छ । सबै प्रयोगकर्ताका लागि क्यूएनए फि…
भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्दै अल्फाबेट
अल्फाबेटको मुन सट फ्याक्ट्रीले भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्ने…
नेपालमा रियलमी सिक्स आईको मूल्य घट्यो
स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियल…
डिशहोमले मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजीत मे…
गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा
एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्…
एक हजार जनालाई रोजगारी दिने देशकै ठुलो आइटी कम्पनी \'एफवानसफ्ट\' १८ औँ वर्षमा प्रवेश
नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा स…
धार्मिक तथा पर्यटकिय स्थलमा अब वाईफाई सेवा
धार्मिक तथा पर्यटकिय स्थलहरुमा वाईफाई सेवा उपलब्ध हुने भएको छ । बिहिबार आयोजित ने…
अब हाम्रो पात्रोमै अंग्रेजी सिक्न सकिने
नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषा समेत सिक्न पाइने भएको छ । हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिक…
कमेडी च्याम्पियन सिजन २ को पावरबाई क्याटेगोरीमा डिशहोम
डिशहोम कमेडी च्याम्पियन सिजन २ को पावर्डबाई क्याटोगोरीमा अनुबन्धित भएको छ । नेपालक…
गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे, ग्यापु मार्फत होम डेलिभरी
आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्…
कर्पोरेट पेको ५० दिनः ५० करोड कारोबार, ५० व्यवसाय आवद्ध
कर्पोरेट पे शुरू भएको ५० दिनमा आइपुग्दा ५० करोड भन्दा बढीको भुक्तानी कारोबार फर्छौ…
सफ्टवेरिकामा दोश्रो आइओटी प्रदर्शनी हुँदै: अटोनोमस भेहिकल देखि रेस्क्यु ड्रोन सम्म
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…
आफ्नै सर्च इन्जिन ल्याउँदै ब्रेभ
गोपनीयतामा केन्द्रित रहेको ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ। यसका लाग…
मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)
मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । मोफसलका युवा समिर फुँयाल,…