कीवर्डहरू -

अपडेट

आगामी बिहिबार डिजिटल लर्निङ डे मनाइँदै, यस्तो छ कार्यक्रम तालिका

सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको छ ।

यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो ।

निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेको हो ।

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई शेयर गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताए  ।

यस वर्ष पनि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउन डिजिटल लर्निङ डे मनाइने भएको छ ।

२५ फेब्रुअरी २०२१ अर्थात् २०७७ फागुन १३ गतेको दिन ‘डिजिटल शिक्षाको लागि सँगै’ नारासहित यस वर्षको डिजिटल लर्निङ डे विशेष कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ ।

यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ । डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन् ।

‘रिइमाजेनिङ डिजिटल एजुकेशन : पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।

कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ ।

कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन् ।

पछिल्लो समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द रहेका थिए । यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको छ ।

अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरेका छन् । सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ ।

यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’ को सान्दर्भिकता र महत्व अझ बढेर गएको निमा एकेडेमीका सिइयो निश्चलमान प्रधानले बताए ।

सगुनमा नयाँ फिचर

अपडेट

नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा

नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बज…

पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुने

मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पार…

क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर आउँदै

गूगलले क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर ल्याउने भएको छ । गूगलले क्रोमबुकलाई विद्या…

एप्पलको एम वान प्रयोग भएको  म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर

ह्याकरहरुले एप्पलको एम वान प्रोसेसर भएको म्याकलाई ह्याक गर्ने प्रयास गरिरहेका छन् । …

हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने

अहिले पुरै संसारमानै बिस्तारै कोरोनाको खोप लगाउने प्रक्रिया सुरु भएको छ । तर मौख…

‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल

क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्या…

प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी

रोबोटिक्स एशोसिएसन नेपाल र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सहकार्यमा…

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य

कोभिड महामारीले प्रभावित पर्यटन व्यावसा…

बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप

नेपालमा पछिल्लो समय स्टार्टअपकाे प्रभाव विस्तारै देशका अन्य शहरहरूमा पनि देखिन थाले…

महंगियो डाक्टरको जाँच्ने शुल्क

डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत…

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो भएको गुनासो व्यवसायीले गरेका छन् ।

सोलुखुम्बुको विकट गाउँमा फोरजी सेवा

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हु…

बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि

बिटकोइनको मूल्य बढेर ५० हजार डलर भन्दा बढि पुगेको छ । नेपालको आजको विनिमय दर अन…

उत्कृष्ट ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी

स्मार्टफोन ब्राण्ड रियलमी विश्वका उत्कृष्ट ५ स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनको …

जीमेलमा अब मेल खोज्न सहज हुने 

अब जीमेलमा मेल खोज्न सहज हुने भएको छ । जीमेलमा आएको नयाँ फिचरले जीमेलमा रहको क…