कीवर्डहरू -

अपडेट

नेपालको साधारण छोरी बनिन् ‘सेल्फी विथ डटर’ अभियानबाट सोसियल मिडिया स्टार

सेल्फी विद डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा मुस्कान ल्याउने काम गरिरहेको छ ।जसले गर्दा यहाँका युवावर्गको माझ यो अभियान निकै लोकप्रिय बन्दै गएको छ ।

नेपालमा ‘सेल्फी विद डटर’ अभियान मार्च ९ मा सार्वजनिक गरिएको थियो जसमा सयौं  महिलाहरु यस कार्यक्रममा जोडिएका छन् ।

उनीहरुले आफ्ना कुरा राख्न र थप अगाडि बढ्न सोसियल मिडिया प्लेटफर्मको प्रयोग गर्न थालेका छन् । बीबीए अध्ययन गरेकी प्रकृती ढुंगेल, जो ‘सेल्फी विथ डटर’मा एक सदस्य छिन ।

उनले भारतको बीबीरपुर गाँवको मुखियाको घरमा छोरीको जन्म हुँदा समाजमा देखाईएको नकरात्मक सोचको कारण जोडेर ‘सेल्फी विथ डटर’को बारेमा भिडियो बनाइन, जुन आज सामाजिक संजालमा भाइरल भएको छ ।

सामाजिक कुरितीलाइ परिवर्तन गर्ने उक्त भिडियो अहिले टिकटकमा ९७  लाख बढीले हेरेका छन् र अहिलेपनि #selfiewithdaughter टिकटकमा ट्रेन्डीङमा  चलिरहेको छ ।

उक्त भिडियोमा प्रकृतीले नेपालको कतिपय क्षेत्रहरुमा महिलाको स्थिति अहिले पनि निकै दयनीय रहेको छ र यस विषयमा सरकारले कहिल्यै पनि कुनै किसिमको ठूलो सकरात्मक कदम नचालेको बताइन ।

उनले भनिन, ‘मलाई आशा छ की, जसरी भारतमा सेल्फी विथ डटरले गर्दा महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन आएको छ, त्यसैगरी नेपालमा पनि यो अभियानले कतै न कतै हाम्रो मुहारमा स्थाई खुशी लिएर आउनेछ ।’

सेल्फी विथ डटरका सस्थापक सुनील जागलानले भन्छन, ‘यो अभियानको मुख्य उदेश्य छोरीहरुलाई हरेक क्षेत्रमा सवल बनाएर उनिहरुको मुहारमा स्थाई मुस्कान ल्याउनु हो र यो अभियानमा जोडिएकी नेपालकी प्रकृतीले नेपालका छोरीहरुको समस्याको साथै सेल्फी विथ डटरलाई केही हदसम्म ती समस्याको समाधानको रुपमा प्रस्तुत गरेकी छिन् ।’

नेपालको टिम सदस्य कल्पना श्रेष्ठले यँहा छोरीहरुमा सेल्फी विथ डटरलाई लिएर निकै उत्सुकता थपेको बताइन । प्रकृतिको उदाहरण प्रस्तुत गर्दै श्रेष्ठले भनिन, ‘जसरी प्रकृती नेपालमा तारा बनेर उदाइरहेकी छिन, त्यसैगरी  प्रकृतीबाट प्रेरित भएर अरु छोरीहरु पनि आफ्नो जीवनलाई प्रेरणादायी बनाउनको निमित्त प्रयत्न गर्नेछन् ।’

नेपालीहरुले www.selfiewithdaughter.org मा आफ्नो छोरीहरुसँग सेल्फी पोस्ट गर्न सक्नेछन । नेपालमा जुन ९ तारिखमा ‘सेल्फी विथ डटर’ दिवसको रुपमा बिभिन्न कार्यक्रम गर्दै उत्कृस्ट सेल्फीलाइ पुरस्कृत गर्ने कार्यक्रम रहेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम श्रेष्ठले जानकारी दिएका छन् ।

अपडेट

महिला उद्यमीलाई सशक्त बनाउँदै खल्ती

युएनसीडीएफ र युएनइएससीएपीसँग सहकार्य गरी खल्तीले महिलाद्वारा संचालित घरेलु, साना…

एउटै एपमा सबैथोक भएको ‘मेरो कुन्डली’

नेपाली बजारमा ‘मेरो कुन्डली’ मोबाइल एप सार्वजनिक छ । मेरो कुन्डली एप केही महिना …

डिशहोमले शुरू गर्‍यो ‘मेरो मनको दोस्रो देश’ अभियान, यसरी हुनुहोस् सहभागी

डिशहोमले ‘मेरो मनको दोस्रो देश’ नामक नयाँ अभियान शुरू गरेको छ । नजिक आइरहेको य…

फुडिप्लेसले ल्यायो नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली 

फुडीप्लेसले रेस्टुरेन्टमा नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली ल्याएको छ…

गरिमा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

गरिमा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइ…

‘अनर अफ किङ्ग्स’ मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेपछि टेन्सेन्टलाई मुद्दा

चिनियाँ कार्यकर्ताले टेन्सेन्टलाई ‘अनर अफ किङ्ग्स’ नामक मोबाइल गेममा ‘अनुपयुक्त’ साम…

यसरी अन्य ग्यास सिलिन्डरलाई अक्सिजन सिलिन्डर बनाउँदै छ राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न ग्यासको लागि प्रयोग भइरहेका सिलिन्डरलाई अक्सिजन भर्…

इन्टरनेट पनि अत्यावश्यक सेवामा, यी २५ सेवामा हड्ताल गर्न नपाइने

सरकारले इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवामा समावेश गरेको छ । सरकारले यही जेठ …

एनआईसी एशिया बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनला…

उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’

विवेकशिल पार्टी निर्माण गरेपछि उज्वल थापा युवाहरुबीच लोकप्रिय बने । जब उनले मुलुकको राजनीतिको आमूल परिवर्तन गर्नुप…

सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थाप…

जेनेस र युकेएड सीपको सहकार्यमा आईओईमा शुरू भयो अमेजन वेब सर्भिसेज एकेडेमी

अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठा…

अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी

कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…

राष्ट्रिय आविष्कार केन्द्र र टेलिमेडिसन सेन्टरलाई डिशहोमको निःशुल्क इन्टरनेट

राष्ट्रिय आविष्कार केन्द्रमा डिशहोमले निःशुल्क इन्टनेट जडान गरी दिएको छ । डिशहोमले आ…