कीवर्डहरू -

अपडेट

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् ।

सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए ।

“योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उनले भने “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ ।”

कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् ।

“सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ”, प्रवक्ता पन्थीले भने ।

योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भए पनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा झ्न यो एपको महत्व बढ्ने उनी बताउँछन् ।

“अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम सङ्कलन गर्न मोबाइल एपले सहज गर्नेछ”, उनले भने– “एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।”

हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् । कोषले प्रवाह गर्ने सेवालाई सहज र प्रविधिमन्त्री बनाउने उद्देश्यअनुरुप नागरिक एपमार्फत सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिने उनले बताए।

एपको प्रयोगबाट समयको बचत हुनाका साथै सार्वजनिक बिदाका दिन पनि सेवा प्राप्त गर्न सकिने कोषले जनाएको छ ।

कोषमा जम्मा भएको योगदान रकम तथा अन्य सम्पूर्ण विवरणको जानकारी सहजै लिन कोषले सम्पूर्ण योगदानकर्तालाई नागरिक एप डाउनलोड गरी सेवा प्राप्त गर्न अनुरोधसमेत गरेको छ ।

‘लाइन होइन, अनलाइनबाटै २४ सै घन्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सरकारले आम नागरिकलाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउन एप सार्वजनिक गरिसकेको छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्लेस्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एपस्टोर’बाट उक्त एप डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ ।

एक लाख ८८ हजार कोषमा सूचीकृत

गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वागमती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

कोषमा हालसम्म रु चार अर्ब पाँच करोड ६६ लाख योगदानरकम सङ्कलन भएको छ । तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ । रासस

अपडेट

टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै टेस्लाको गाडी खरिद गर्न सकिने

टेस्लाले १.५ बिलियन अमेरिकी डलर बिटकोइन खरिद गरेको छ । चाँडैनै कम्पनीले ग्राहकको…

कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै फेसबुक

विश्व स्वास्थ्य संगठनको सहकार्यमा फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदि…

एमआइटीका अन्वेषकले विकास गरे ड्रोन,रोबोट तथा इलेक्ट्रोनिक डिभाइसहरु बनाउने सक्ने प्रणाली 

एमआइटीको कम्प्यूटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका अन्वेषकहरुले ड्रोन,रोबो…

नेसनल जियोग्राफिकको वृतचित्रमा नेपाली युवाको कथा

विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जियोग्राफिक डकुमेन्ट्री फिल्म्‌सल…

आविष्कार केन्द्रले अब अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने

राष्ट्रिय आविष्कार केन्द्रले अब कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट दिने भएको छ । केन्द्र…

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएसँगै ट्वीटरका प्रयोगकर्ता बढे 

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएदेखि धेरै प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गर्न थालेका छ…

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएसँगै ट्वीटरका प्रयोगकर्ता बढे 

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएदेखि धेरै प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गर्न थालेका छ…

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अब केही दिन मात्रै बाँकी

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले संचालनमा ल्याएक…

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक…

अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई गूगलले पैसा दिन थाल्यो 

गूगलले अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्न थालेको छ । क्यानबेराले …

वानप्लस नर्डमा आयो सफ्टवेयर अपडेट, डिस्प्ले, क्यामेरा र सफ्टवेयर देखिएका समस्या समाधान हुने

वानप्लसले वानप्लस नर्ड स्मार्टफोनमा आएको सफ्टवेयरको समस्या ठिक गर्न बेटा अपडेट ल्याएको…

हिमालयन बैंकको मोबाइल बैंकिङबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्न सकिने

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तान…

६ हजार एमएएच ब्याट्री भएको सामसङको ग्यालेक्सी एम १२ सार्वजनिक

सामसङले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम १२ स्मार्टफोन सार्वजनिक गरेको छ । क…

एज ब्राउजरको पुरानो भर्सनलाई हटाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले एज ब्राउजरको पुरानो भर्सनलाई  हटाउने भएकाे छ । माइक्रोसफ्टका अनुसार अ…

फागुन १ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं, सहभागीले निःशुल्क इन्ट्रान्स तयारी बुक पाउने

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी एशोसिएसन अफ नेपालले ‘आइटी करियर कन्क्लेभ’ …