कीवर्डहरू -

अपडेट

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी, एमबीएको ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति

लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच शैक्षिक सहकार्यका लागि समझदारी भएको छ ।

शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जलान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसन अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजमा सञ्चालित मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीको एमबिए कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यलाई ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ ।

छात्रवृत्ति एक्यानको सिफारिसको आधारमा उपलब्ध गराइने छ । यो एमबिए कार्यक्रम वर्किब प्रोफेसनलका लागि विकेन्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विकेन्ड मोडमा विद्यार्थीहरुले शुक्रबार र शनिबार मात्रै कलेज आउनुपर्ने हुन्छ ।

शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजे सम्म कक्षा सञ्चालन हुनेछ । शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभसिर्टीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुनेछ । काठमाडौंको मैतीदेवीस्थित नेपालकै पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन
फाउन्डेसन एसिया प्यासिफिक युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो ।

लर्डबुद्धबाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले एलबिइएफलाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

एक्यान र एलबिइएफको समझदारीले हाल सिए उत्तीर्ण गरी स्नातकोत्तर अध्ययन गर्न चाहने तर त्रिभुवन विश्वविद्यालयले प्रोफेसनल कोर्सलाई दिँदै आएको समकक्षता स्थगित गरेको कारणले यस शैक्षिक सत्रमा उक्त मौका नपाउने चार्टर्ड एकाउन्टेन्टहरुलाई अध्ययनको ढोका खोलेको छ ।

अपडेट

भ्यालेनटाइन डेमा पठाओद्वारा राइडर र ग्राहक दुबैलाई प्रेममय उपहार

प्रेमको उत्सव भ्यालेन्टाइन डेको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना रा…

एआई मार्फत उत्पीडन र शोषण गर्ने खालको कन्टेन्टलाई पत्ता लगाउँदै फेसबुक

फेसबुकले एआईको प्रयोग गरेर आफ्नो प्लेटफर्ममा हुने उत्पीडन र शोषण गर्ने खालको कन्टेन्ट…

डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज ‘दी किङ इज इन लभ’

डिशहोमले यही माघ २९ गते देखि नयाँ कोरियन सिरिज दी किङ इज इन लभ प्रशारण शुरू भए…

विश्वव्यापी चीप अभावलाई समाधान गर्न बाइडेन प्रशासनले कार्यकारी आदेश जारी गर्ने

जो बाइडेन प्रशासनले विश्वव्यापी चीप अभावलाई समाधान गर्न कार्यकारी आदेश जारी गर्ने भ…

मास्टरकार्डले अब आफ्नो नेटवर्कमा क्रिप्टोकरेन्सी सपोर्ट गर्ने 

मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको…

ग्लोबल इन्नोभेसन ड्राइभ गर्न ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्था…

काठमाडौंका ३ ठाउँमा वाटर एटिएमको सेवा शुरु

काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको छ । बिहिबा…

बाल साइबर सुरक्षाबारे श्वेतपत्र प्रकाशित

सुरक्षित इन्टरनेट दिवस २०२१ को अवसरमा चाइल्डसेफनेट र युनिसेफ नेपालले बालबालिका र…

ग्यापुको भ्यालेनटाइन अफर, भ्यालेनटाइन सप्ताहभर आकर्षक सेल

ग्यापु मार्केटप्लेसले भ्यालेन्टाइन सप्ताहको अवसरमा 'भ्यालेन-टाइम' अफर सार्वजनिक गरेको…

युट्युबको गोपनीयता नीति सार्वजनिक

गूगलले बल्ल युट्युबको गोपनीयता नीति सार्वजनिक गरेको छ । एप्पलले पनि डिसेम्बर देखि …

एनआईसी एशियाको नयाँ योजना, तारे होटलमा भ्यालेनटाइन डेको दिन डिनर गर्ने अवसर

एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्…

माइक्रोसफ्टले डिफेन्डर मार्फत सम्भावित ह्याकिङ बारे नोटिफिकेसन दिने 

माइक्रोसफ्टले चाँडैनै अफिस ३६५ का एडमिनहरुलाई सम्भावित ह्याकिङ क्रियाकलापको बारेमा…

प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू

कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत …

वानप्लसका पूर्व सह संस्थापकको ‘नथीङ’ ब्राण्डले चाँडैनै वायरलेस ईयरफोन सार्वजनिक गर्ने

वानप्लसका पूर्व सह संस्थापक कार्ल पेईको नयाँँ स्र्टाटअप ‘नथीङ’ ले चाँडैनै वायरलेस ई…

क्वालकमले सार्वजनिक गर्याे विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम

क्वालकमले विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम सार्वजनिक गरेको छ । मोडेमको नाम…