अपडेट
सकियो दोस्रो आइओटी एक्सपो, ५ हजारले गरे अवलोकन (भिडियो सहित)
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइओटी प्रदर्शनी पाँच हाजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ।
यस्तो छ थ्रीडी प्रिन्टिंङ
फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबोटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना प्रदर्शनी गरिएको थियो । स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।
प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन्।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए।
क्याम्पस प्रमुख प्रमोद पौडेल :
निशुल्क प्रवेश रहेको प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रका जिज्ञाशुले अवलोकन गरेको पौडेलले बताए।प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने बुझ्न प्रदर्शनीले सहयोग गरेको पौडेलको तर्क छ।
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको यस सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ। हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेका हुन्।
यस्तो छ विद्यार्थीले बनाएको भेन्डिङ मेसिन
कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको हो। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने ब्यबस्था गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।
अटोनोमस भेइकलको बारेमा प्रोजेक्ट हेड मनोज श्रेष्ठ भन्छन :
अपडेट
गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा
मेगा बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरुमा क्…
कतार एयरवेजको ‘डिजिटल राहदानी’ मोबाइल एप
कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ । …
एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गर्छन् नेपाली
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक…
बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै
सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ …
प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त
काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।
कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइ…
अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने
बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी न…
शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने
अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना म…
जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक
आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात …
गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने
गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।
<…सुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी (फोटोफिचर)
सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी आजबाट शुरू भएको छ । कम्प्युटिङ सोलु…
कोरोना खोपको बारेमा गलत जानकारी दिने ३० हजार भिडियो युट्युबबाट डिलिट
युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेक…
कृषि हाट बजार धनगढीमा अब क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिने
सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको…
थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड
थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिट…
आजदेखि सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी, ५ हजारले अवलोकन गर्ने अपेक्षा
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिक…
अब स्वीकृति नलिएरै घरायसी प्रयोजनमा फ्रिक्वेन्सी प्रयोग गर्न सकिने
घरायसी प्रयोजनमा उपयोगी हुने निश्चित ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग ग…