अपडेट
मोबाइल, ल्यापटपमा धेरै समय बिताउँदा आँखामा समस्या
अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताए ।
उनले भने, ‘अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखापरिसकेको छ ।’
विशेषज्ञका अनुसार मोबाइल, कम्प्युटर, ल्यापटपमा लामो समयसम्म अध्ययन गर्दा आँखालाई आराम गर्ने समय हुँदैन र यस्ता स्क्रिनले हानिकारक किरण फाल्ने हुँदा बालबालिकाको आँखामा समस्या उत्पन्न हुन्छ ।
उनले आँखाभित्र आँसुलगायतको तरल पदार्थ सुक्दै जाने, सुक्खा हुने, पोल्ने, रातो हुने वा टाउको दुःख्ने समस्या आउने जानकारी दिए ।
बालबालिकाले धेरै समय स्क्रिन सामु बिताउँदा आँखा झिम्काउने पनि कम हुन्छ र त्यसले आँखा चिलाउने, पोल्ने समस्या हुनसक्छ । चिकित्सक डा. भट्टराईका अनुसार एक मिनेटमा १० देखि १२ पटक आँखा झिम्काउनुपर्छ ।
उनले सुझाव दिए, ‘२० मिनेट हेरेर २० सेकेन्ड आँखालाई आराम दिनुपर्दछ ।’ मायोपिया भन्ने दृष्टिदोष देखिन सक्ने उनको भनाइ छ ।
अहिले धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेकाले आगामी दिनमा मायोपियाको समस्या झनै बढ्ने सम्भावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्च्याएर हेर्ने, टाउको दुःख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुन्छ ।
बाल आँखा विशेषज्ञ प्रा. डा. सविना श्रेष्ठले बालबालिकाको आँखालाई हरेक छ महिनादेखि एक वर्षभित्र जचाइराख्नुपर्ने सुझाव दिए ।
घरभित्रै अनेक थरिका ग्याजेटमा समय बिताउन बाध्य हुँदा आँखामा दबाब पर्न सक्ने बताउँदै उनले सामुदायिकका भन्दा निजी विद्यालयका विद्यार्थीमा आँखाको समस्या बढी देखिएको बताए ।
अहिलेको अवस्थामा अनलाइन कक्षा नलिनू भन्न नमिल्ने बताउँदै डा. श्रेष्ठले थपे, ‘अनलाइन कक्षा नलिँदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ । त्यसैले कक्षा हुँदा कम्प्युटरमा बसे पनि त्यसपछिको समयमा विद्यार्थीलाई स्क्रिनबाट टाढा राख्नुपर्छ ।’
गोरखापत्र
बाट
अपडेट
विन्डोज ११ का कारण पुनः डिजाइन गरियो माइक्रोसफ्ट स्टोर
विन्डोज ११ ले माइक्रोसफ्ट स्टोरको रुप परिवर्तन गरेको छ । कम्पनीले माइक्रोसफ्ट स्टोरलाई…
हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त
नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छ…
विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने
विन्डोज ११ मा अब एन्ड्रोइड एपहरु चलाउन सकिने भएको छ । माइक्रोसफ्टले हिजो आयोजना गर…
सार्वजनिक भयो विन्डोज ११, यस्ता छन् आकर्षक फिचर
माइक्रोसफ्टले विन्डोज ११ सार्वजनिक गरेको छ । यो विन्डोज १० एक्स जस्तै रहेको तर अझै व…
सन् २०२२ मा आउने आईफोन सस्तो हुने
एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहि…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कुमार नेम्बाङलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कु…
सजेस्टेड पोष्ट फिचरको परीक्षण गर्दै इन्स्टाग्राम
इन्स्टाग्रामले फिड भरि ‘सजेस्टेड पोष्ट’ राख्ने फिचरको परीक्षण गरिरहेको छ । यसले प्लेट…
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा बिलियन डलर ह्याक भएपछि संस्थापक फरार
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा ३.६ बिलियन डलर ह्याक भएपछि दुई जना …
ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा आवद्ध
ओपोले एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो सम्ल…
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक मृत भेटिए
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक जोन म्याकफी मृत भेटिए…
कोरोना महामारीले ६ गुणा बढ्यो राउटरको आयात
कोरोना महामारीका कारण राउटरको आयात ६ गुणाले वृद्धि भएको छ । महामारी शुरू भएपछि…
वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारू
वर्ल्डलिंकको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । कम्पनीको मुख्य इन्टरनेट …
वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, चाँडै सुचारू हुने
वर्ल्डलिंकको इन्टरनेट सेवामा समस्या देखिएको छ । कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटरम…