अपडेट
लुम्बिनी प्रदेशका यी ठाउँमा शुरू भयो एनटी टिभीको सेवा
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर दु दी होम) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।
एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।
टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि लुम्बिनी प्रदेशमा पमनि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो ।
हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् ।
यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछन् । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।
नेपाल टेलिकमले गत पुष १७ गते पहिलो पटक एनटी टिभीको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।
एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट मा उपलब्ध छ ।
अपडेट
युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड
युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड सुविधा उपलब्ध हुने भएको छ । यो फिचर …
आईफोनमा भेटियो नयाँ बग, अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुने समस्या
आईफोनमा आइफोन बग नामक नयाँ बग पत्ता लागेको छ । जसले गर्दा प्रयोगकर्ता अनौठो नाम भ…
अब क्युआर कोडसहितको सवारी चालक अनुमतिपत्र पनि वितरण गरिने
यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ …
माछापुच्छ्रे बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
दराजले ‘बैंक डे अफर’का लागि माछापुच्छ्रे बैंकसँग साझेदारी गरेको छ । यो साझेदारी…
माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त
माइक्रोसफ्टको अध्यक्षमा सत्य नाडेल नियुक्त भएका छन् । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधि…
काठमाडौं आइपुगे विश्व बैंकले उपलब्ध गराएका ९८२ अक्सिजन कन्सनट्रेटर
विश्व बैंकको आर्थिक सहयोगबाट प्राप्त ९८२ अक्सिजन कन्सनट्रेटर नेपाल आइपुगेका छन् । दश लिटरका उक्त अक्सिजन कन्सन्ट्रेटर शनि…
फेसबुकमा थप हुँदै पोडकास्ट फिचर
अब फेसबुकमा पोडकास्ट सुविधा पनि थप हुने भएको छ । जुन २२ अर्थात आगामी मंगलबारदेख…
को हुन् क्लबहाउसको लोगोमा राखिएकी महिला ?
के तपाईंले क्लबहाउस एप डाउनलोड गर्नुभएको छ ? छ भने पक्कै पनि क्लबहाउसको लोगोमा एक…
इन्स्टाग्रामका प्रयोगकर्ताले समूहमा कोष जम्मा गर्न फण्डरेजिङ प्रयोग गर्न पाउने
इन्स्टाग्रामका प्रयोगकर्ताहरुले अब समूहमा कोष जम्मा गर्नलाई फण्डरेजिङ उपकरण प्रयोग गर्न…
अन्तरिक्षबाट यस्तो देखियो नेपाल
अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैको मनमा खुल्दुली हुन सक्छ । नेपालस्थि…
स्न्यापच्याटले हटायो स्पीडोमिटर फिल्टर
स्न्यापच्याटले कानूनी समस्या आएकपछि स्पीडोमिटर नामक फिल्टरलाई हटाएको छ । यो फिचल्टरल…
घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप
माइक्रोसफ्टको पछिल्लो ह्वाइटबोर्ड एपले घरबाट काम गर्नलाई अझै सहज बनाएको छ । यो ह्वाई…
डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने
डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने…
माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै
कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डि…
आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो
वानप्लस र ओप्पो कम्पनी अब आधिकारिक रुपमा एकीकृत भएका छन् । केही समय देखिनै यी दुइ…