अपडेट
स्याटेलाइट प्रक्षेपण कार्य अध्ययनका लागि छानिए ५ कम्पनी
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्षेपण कार्य अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले सन् २०२२ भित्र आकाशमा नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार यस कार्यलाई अगाडि बढाइएको जानकारी दिए ।
यससम्बन्धी नियमन तथा सुरक्षासम्बन्धी आवश्यक नीति तयार गर्न ‘बिजनेस मोडालिटी’ तथा सञ्चालनबारे अध्ययन अनुसन्धान गर्न पाँचवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरिएको छ ।
उनका अनुसार भारतको केपीएमजी असु-यानसिटी एन्ड कन्सल्टिङ सर्भिस, अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेसनल, बेलायतको इकोनिमिक्स लिमिटेड र फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इङ्क सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छन् ।
प्रवक्ता अर्यालले भने, ‘भू–उपग्रह प्रक्षेपण नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेकोमा नौ कम्पनीले आशयपत्र बुझाएका थिए । तीमध्ये पाँच कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरिएको छ ।’
प्राधिकरणले पुस १ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । उनले भने, ‘सूचीकृत भएका कम्पनीसँग एक महिनाको समयावधि दिएर आर्थिक र प्राविधिक प्रस्ताव माग गरिनेछ । प्रस्ताव पेस गरेका कम्पनीको लागत र गुणस्तरका आधारमा मूल्याङ्कन गरेर उच्च स्कोर प्राप्त गर्न सक्ने एउटा कम्पनी छनोट गरिनेछ ।’
सूचीकृत भएका कम्पनीसँग यसै हप्ता प्रस्ताव माग गरिने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
अपडेट
कुमारी बैंकको डिजिटल च्यालेन्ज, आईफोन १२ सँगै सामसङको ट्याब जित्ने मौका
डिजिटल कारोबार प्रवर्द्धन गर्ने उदेश्यले कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ नामक योजना…
तिब्र गतिमा आफ्नो नेटवर्क विस्तार गर्दै क्लासिक टेक, नयाँ आउटलेट नेपालगंजमा
नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले…
३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक
माइक्रोसफ्टको एक्सेन्ज ईमेल सर्भरमा रहेको समस्यालाई प्रयोग गरि ह्याकरहरुले ३० हजार भन्…
टेस्लाले ल्याउँदै फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट
टेस्लाले फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट ल्याउने भएको छ ।
एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पता…
आईप्रोका फिचर फोन नेपालमा
नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिका…
चोरीका ५२ थान मोबाइलसहित ४ जना पक्राउ
चोरीका ५२ थान मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी क्यामरा जडान
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रम…
ई-ट्रान्सपोर्टेसनको ग्यारेज प्रतिनिधिहरूसँग अन्तरक्रिया
नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउने अभियान सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसल…
टिकटकमा आयो क्यूएनए फिचर
टिकटकमा प्रश्न उत्तर (क्यूएनए) फिचर उपलब्ध भएको छ । सबै प्रयोगकर्ताका लागि क्यूएनए फि…
भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्दै अल्फाबेट
अल्फाबेटको मुन सट फ्याक्ट्रीले भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्ने…
नेपालमा रियलमी सिक्स आईको मूल्य घट्यो
स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियल…
डिशहोमले मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजीत मे…
गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा
एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्…