कीवर्डहरू -

अपडेट

एक हजार जनालाई रोजगारी दिने देशकै ठुलो आइटी कम्पनी \'एफवानसफ्ट\' १८ औँ वर्षमा प्रवेश

नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १७ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । 


एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट गु्रपमा अहिले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

१७ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।


१७ औँ वार्षिक उत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भन्नुभयो ‘ एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ । हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ । यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौँ’ । 


एफवान सफ्ट गु्रप अन्तरगत हाल एक दर्जन बढि कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रप अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् । 

कम्पनीले विकास गरेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् ।


नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् । कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । 

अपडेट

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे, ग्यापु मार्फत होम डेलिभरी 

आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्…

कर्पोरेट पेको ५० दिनः ५० करोड कारोबार, ५० व्यवसाय आवद्ध

कर्पोरेट पे शुरू भएको ५० दिनमा आइपुग्दा ५० करोड भन्दा बढीको भुक्तानी कारोबार फर्छौ…

सफ्टवेरिकामा दोश्रो आइओटी प्रदर्शनी हुँदै: अटोनोमस भेहिकल देखि रेस्क्यु ड्रोन सम्म

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…

आफ्नै सर्च इन्जिन ल्याउँदै ब्रेभ

गोपनीयतामा केन्द्रित रहेको ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ। यसका लाग…

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । मोफसलका युवा समिर फुँयाल,…

फाइभजी सेवाका लागि सेवा प्रदायकलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध हुने

आगामी वर्ष भित्र फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया शुरू ह…

नेपाली आकाशमा अब इन्टरनेट सेवा

विदेशी एयरलाइन्सहरुले अब नेपाली आकाशमा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । …

प्राधिकरणले सार्वजनिक गर्‍यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची 

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागी अडिटर फर्मह…

६७ लाखले फोरजी सेवा प्रयोग गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले करिब ६७ लाख सर्वसाधारणले फोरज…

स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन …

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुग्यो

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २…

पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता होः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्य…

जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने

आगामी जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम  (एमडीएमएस) कार्यान्वयनमा आउने भएक…

दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित

नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारीलाई उत्कृष्ट कर्मचा…

२३ औं वार्षिकोत्सव मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो २३ औं वार्षिकोत्सव मनाउँदै छ । प्राधिकरणले सञ्च…