अपडेट
नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् ।
स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको आह्वानमा ती कम्पनीको आवेदन परेको हो ।
प्राधिकरणका अनुसार आवेदन दिनेमा चीन, फ्रान्स, बेलायत, भारत, दुबई, सिङ्गापुर, जर्मनीका विभिन्न कम्पनी छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले अन्तरिक्षमा स्याटेलाइट राख्न सक्ने गरी नेपाललाई दुईवटा ‘अर्बिटल स्लट’ उपलब्ध गराएको छ ।
त्यही स्लटमध्ये उपयुक्त छनोट गर्ने, सहकार्यमा स्याटेलाइट सञ्चालन गर्न सक्ने, नेटवर्क क्षमता र स्याटेलाइट प्रविधिमा भएका पछिल्ला परिवर्तनको जानकारी राख्ने, स्याटेलाइट निर्माताबीच तुलनात्मक अध्ययन गर्ने, स्याटेलाइट स्थापनाको खर्च तथा त्यसबाट भविष्यमा हुने आम्दानीको आकलन गरेर प्राधिकरणलाई परामर्श उपलब्ध गराउनु पर्नेछ ।
प्राधिकरणका अनुसार आवेदन दिनेमा चीनको बेइजिङ स्पेस की टेक्नोलोजी, फ्रान्सको युरो कन्सल्ट, बेलायतको लन्डन इकोनोमिक्स र किस्पे टिम (जेभी), भारतको केपीएमजी एर्गो (जेभी), संयुक्त राज्य अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेसनल, दुबईको एस थ्री टेलइङ्क, सिङ्गापुरको सेलेस्टियल कन्सल्टिङ सर्भिसेज र जर्मनीको स्पेस टेक पार्टनर्स रहेका छन् ।
आवेदन दिएकामध्ये तीन वा छवटाको सङ्क्षिप्त सूची बढीमा १५ दिनभित्र सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा रहेको छ ।
अपडेट
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’, १ देखि ४ कक्षा सम्मका विद्यार्थी फोन गरेरै पढ्न सक्ने
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो…
स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…
कोरोना विरुद्धको खोप फागुनसम्म आउने
कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी र…
प्रविधिको प्रयोगले स्थानीय तहको सेवा प्रभावकारी बन्दैं
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्था…
आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…
विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध
बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…
इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने
इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…
विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा …
डेलले सार्वजनिक गर्यो ४० इन्चको अल्ट्रावाइड मनिटर
डेलले आफ्नो पहिलो ४० इन्चको अल्ट्रावाइड मनिटर सार्वजनिक गरेको छ । यो कर्भ आकारको रह…
इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै
इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फि…
अब कालिमाटीमा तरकारी किन्दा क्यूआर कोडबाटै पैसा तिर्न सकिने
प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्त…
ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैक…
व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने क…
टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख
विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमा…
आजदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा आजदेखि ‘पीबीएस आ…