कीवर्डहरू -

अपडेट

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।

कार्यालयमा दुई÷तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए ।

विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो ।

तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ । प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो ।

त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने उहाँको भनाइ छ । उनले भने, “अहिले धेरै कार्यालय खुलेकाले पनि हुनसक्छ सेवाग्राही कम भएका छन् ।”

कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ । कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ ।

विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन । अनुमतिपत्र नवीकरणका लागि दैनिक तीन/चार सय सेवाग्राही आइरहेका छन् ।

यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उहाँले बताउनुभयो । विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ । रासस

अपडेट

उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत

कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचि…

युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने 

युट्यूबले लाइभ स्ट्रीमका लागी हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्…

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग

नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च …

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल…

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको…

आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्या…

तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ

सामसङले सन् २०२१ मा तीन ओटा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन निकाल्न सक्ने भएको छ । …

नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’

राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वा…

फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ 

नेपालकै पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गरी डेटा सार्वजन…

युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणी अधिकारिका पुस्तकहरु निःशूल्क पढ्न सकिने

फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले ‘युगद्रष्टा’ एप सार्वजनिक गरे…

हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, साथमा विशेष छुट र आकर्षक उपहार

पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ लिएर आएक…

नेपालगंजमा माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड …

आईएमई लाइफ इन्स्योरेन्सले सुरु गर्यो च्याटबट सेवा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्…

हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल

एप्पलले गुणस्तरीय म्याकहरुका लागी एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गरिरहेको छ…