कीवर्डहरू -

अपडेट

बैंक तथा वित्तीय संस्था सम्बन्धि गुनासो अब अनलाइनबाटै दर्ता गर्न सकिने, यस्तो छ तरिका 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको गुनासो सुन्न नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकबाट अनुमति लिएका वित्तीय संस्थाहरूका सेवाग्राहीको गुनासो सुन्न र समाधान गर्न पोर्टल शुरू गरिएको हो ।

वित्तीय ग्राहकको हित संरक्षण गर्न गुनासो पोर्टल शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय संस्थाबाट असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहार भएमा गुनासो गर्न सकिने छ ।

यस्तो छ गुनासो दर्ता गर्ने प्रक्रिया

सबैभन्दा पहिले वित्तीय संस्थासँग सम्बन्धित गुनासो दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आफ्नो विवरण भर्नुहोस्, कुन वित्तिय सेवा प्रदायक हो छान्नुहोस र गुनासोको विवरण राखेर सबमिट गर्नुहोस् ।

यति गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमा प्राप्त हुनेछ । इमेलबाट सो जानकारी पाइसकेपछि यहाँ क्लिक गरी आफ्नो दर्ता नम्बर राखेर गुनासोको स्थिति थाहा पाउन सकिने छ । दर्ता भएको उक्त गुनासोको अन्तिम जानकारी इमेबाट गराइने छ ।


अपडेट

रक्तदान गर्ने व्यक्तिलाई पठाओको निःशुल्क राईड

जीवन बचाउन रक्तदान गर्ने व्यक्तिलाई निःशुल्क सवारी यात्रा गराउन पठाओ र हाम्रो लाइफ ब…

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । मौसमले…

अमेजन फायर टिभीमा अब सिनेमाघर एप उपलब्ध हुने

पछिल्लो समय विश्वमा ओभर दि टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर व…

टिकटकमा भिडियो अपलोड गर्न समस्या, स्याडोब्यान गरेको आशंका

टिकटकमा धेरै प्रयोगकर्ताहरुले अहिले भिडियो अपलोड गर्न सकिरहेका छैनन् । एप चलाउन म…

राष्ट्र बैंकबाट अनुमति पाउने भुक्तानी सेवा प्रदायक २८ पुगे, अब अरुले नपाउने

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गर्ने भुक्तानी सेवा प्रदायकको संख्या २८ पुगेको छ। केही दिनअघि राष्ट्र बैंकले स…

मङ्गल ग्रहमा नासाले उडायो हेलिकप्टर

नासाले सफलता पूर्वक मङ्गल ग्रहमा हेलिकप्टर उडाएको छ । हेलिकप्टरको नाम इनजेन्यूटी हो…

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना युवा पर्न सफल …

अब खल्तीबाटै बुटवल पावर कम्पनीको विद्युत महशुल भुक्तानी गर्न सकिने, यस्तो छ तरिका  

बुटवल पावर कम्पनी (बिपिसी) को ग्रामिण तथा सहरी दुवै क्षेत्रको विद्युत महशुल अब खल्त…

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भ…

गूगल क्रोममा नयाँ फिचर, प्रयोगकर्ताहरु सिधै हाईलाईट गरेको पेजमा पुग्न सक्ने

गूगलले क्रोम ९० को लागि नयाँ फिचर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताहरु सिधै हाईलाईट…

अब अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल गर्ने

अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल पनि गरिदिने सेवाको जाँच गरिरहेको छ ।

इन्टरनेटमा दशथरि कर, आईस्पान अध्यक्ष पराजुली भन्छन्ः नीति एकातिर व्यवहार अर्कातिर भयो  

सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवामा राखिसकेको छ । कोरोना भाइरस संक्रमणपछि इन्टरन…

नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरू हुँदै

लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डट…