अपडेट
टेलिकमको स्प्रिङ अफर, २९९ रूपैयाँमा १४ जीबी डाटा प्रयोग गर्न सकिने
नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखि विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छन् । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो ।
नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा रु. २९९ मा उपलब्ध गराइएको छ ।
स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा रु. १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ ।
५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।
साथै २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।
नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।
सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
अपडेट
ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम सञ्चालनमा
नेपालमा अहिले विस्तारै धेरै इकमर्स कम्पनीहरु सञ्चालनमा आएका छन भने केहि आउने क्रमम…
शान्तिनगर स्थित तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी शुरु
कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो…
धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा
धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उप…
१ लाख बढीले खोले नबिल जेन एन अकाउन्ट, खाता खोल्दा २ जीबी डेटा निःशुल्क
नबिल बैंकले गत वर्षदेखि सञ्चालनमा ल्याएको नबिल जेन–एन बचत खाता लोकप्रिय बनेको छ ।…
सामान किन्न र पैसा तिर्न लाइन लाग्नु नपर्ने अमेजन गो स्टोर
अमेजनले गत मार्चमा बेलायतमा चेकआउट नगर्नुपर्ने अमेजन गो स्टोर खोलेको छ । यो स्टोर …
दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ…
पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री …
‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित …
टिकटक जस्तै नेपाली एप ‘थोप्ला’ सार्वजनिक हुँदै, के के छन् विशेषता ?
टिकटक जस्तै नेपालको आफ्नै शर्ट भिडियो शेयरिङ एप ‘ माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्ने भएको छ । यसले ठूलो …
इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशहरु बाट सिधै अब इसेवामा पैसा पठाउन सकिने
डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमि…
डिशहोमको ‘खुशीको उडान’ योजना सुरु, २ जनाले पाए बैंकक भ्रमणको अवसर
डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना …
अब फोनपे र कनेक्ट आईपीएसबाटै ट्राफिक जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानाल…
क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि ट्रेनिङ शुरू
क्यान महासंघले आयोजना गरेको स्क्रम सम्बन्धि ट्रेनिङ शनिबारबाट शुरू भएको छ । २३ जना …
उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री पदकबाट सम्मानित
उद्यमी सुशील पोखरेल प्रवल जनसेवा श्री (चतुर्थ) पदकबाट सम्मानित भएका छन् । शुक्रबार र…