कीवर्डहरू -

अपडेट

आइसिटी क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कार वितरण गर्दै सरकार

सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार वितरण गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न ५ विधामा आवेदन दिन एक सूचना जारी गरेको हो ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ ।

उक्त दिवसको अवसरमा नेपालमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न ५ विधामा पुरस्कार वितरण गरिने सरकारले जनाएको छ ।

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारामको ढाँचा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ ।

आगामी बैशाख ४ गतेभित्र आवेदन फाराम भर्न सकिने छ । आवेदन फाराम [email protected] इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।


अपडेट

डिजिटल कारोबार प्रवर्द्धन गर्न कुमारी बैंक र उपाय सिटी कार्गो बीच सहकार्य

नगदमा आधारित कारोबारलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो…

सिटिजन्स बैंक​ले शुरू गर्‍यो डलर कार्ड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यूएसडी ई–कम (डलर कार्ड) कार्डको सुरुवात गरेको …

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी…

बैंक अफ काठमाण्डूले ल्यायो प्रिपेड डलर कार्ड

बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम युएसडी प्रिपेड …

कामना सेवाद्वारा बुटवलका अटो व्यवसायीलाई क्यूआर सुविधा

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएशन आ…

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने

एप्पलको सिरीमा अब डिफल्ट आवाज नहुने भएको छ । एप्पलले सिरी सुरु गरेदेखि सिरीको आव…

पोर्सले कारमा एन्ड्रोइड अटो प्रयोग गर्ने 

पोर्सले सन् २०२२ को मोडेलमा एन्ड्रोइड अटो राख्ने भएको छ ।

डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु ग…

यती एयरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि हुने

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ‍कमर्स ग्यापुले यती एयरला…

साढे एकदिन सम्म ब्याट्री टिक्ने क्यासियोको पहिलो स्मार्टवाच सार्वजनिक

क्यासियोले वेयर ओएस भएको पहिलो जीशक स्मार्टवाच सार्वजनिक गरेको छ ।

दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु …

ग्रामीण विकास लघुवित्तको कोर बैंकिङ सिस्टम खरिद प्रक्रियामा अनियमितता भएको आशंका

ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको कोर बैंकिङ सिस्टम खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरिएको छ । संस्थाको बोलपत्र स्वीकृत प्रक्रिया गैरकानू

अब हावाबाटै पानी पिउन सकिने

अबु धाबी(यूएई) मा हावाको मद्दतले पानी पिउन सकिने भएको छ ।

अमेरिकी आर्मीलाई माइक्रोसफ्टले  १ लाख २० हजार एआर यूनिट सप्लाई गर्ने

माइक्रोसफ्टले अमेरिकी आर्मीलाई एआर प्रविधि पठाउन दशवर्षको कन्ट्रयाक्ट पाएको छ ।

नेपाल बंगलादेश बैंकले ल्यायो एनबी अनलाइन कार्ड

नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर…