कीवर्डहरू -

अपडेट

राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा काठमाडौं बाहिरका ५ ठाउँमा, यसरी गर्नुहोस् प्रयोग

काठमान्डौंमा दिन प्रतिदिन लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म गाडीको सेवा काठमाडौं बाहिर पनि शुरु भएको छ । गाडीको सेवा चैत १६ गतेदेखि बुटवल, पोखरा, नारायणगढ, झापा र धरानमा पनि एकैपटक सुरु भएको हो ।

यात्रुलाई एक ठाउँ देखि अर्को ठाउँसम्म पुग्न सस्तो,सुरक्षित र भरपर्दो हुने र बेरोजगार युवा-युवतीको लागि थोरै लगानीमै आम्दानीको नयाँ बाटो समेत खोलिने भएकोले गर्दा यो एप काठमाण्डौंमा जस्तै अन्य जिल्लामा समेत उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

गाडी एपमा यसरी बन्नुहोस् राइडर

राइडर बन्न शुरूमा यहाँ क्लिक गरी एन्ड्रोइडमा गाडी एप डाउनलोड गर्नुहोस् । अब रजिस्टरमा जानुहोस् र आफ्नो ई-मेल, नाम, मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुहोस् । त्यसपछि तपाईंको आफनो नागरिकता, लाईसेन्स र आफ्नो गाडी वा बाईकको ब्लुबुकको फोटो खिचेर अपलोड गर्नुहोस् ।

यति गरेपछि त्यो अकाउन्टलाई गाडी एपको टिमले चेक गर्नेछ । यदि सबै विवरण ठिक भए तपाईंको अकाउन्ट खुल्नेछ र त्यसलाई प्रयोग गर्न मिल्नेछ । अकाउन्ट अप्रुभ भएपछि तपाईंले गाडी एपलाई इसेवा अथवा खल्ती मार्फत २०० रूपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ ।

त्यो डिपोजिट गर्दा ५० रूपैयाँ थप बोनस सहित २५० रूपैयाँ तपाईंको गाडी पार्टनर एपको वालेटमा आउनेछ । प्रत्येक राईडको भाडा जति उठ्छ, त्यसको ८ प्रतिशत त्यही वालेट देखि कट्दै जानेछ जुन गाडी पार्टनर एपको सेवा शुल्क समेत रहेको छ ।

फेरी वालेटमा जिरो भएपछि पुन सोही तरिकाले रिचार्ज गर्नुपर्ने हुन्छ । यो एपमा बाईक, स्कुटर, ट्याक्सी, अटो र स्कर्पियो रजिस्टर गर्न सकिनेछ ।

ग्राहकले यसरी प्रयोग गर्नुहोस् गाडी एप

ग्राहकले शुरूमा यहाँ क्लिक गरी आफ्नो एन्ड्रोइड फोनमा एप डाउनलोड गर्न सक्नेछन् । अब एप खोली रजिस्टर जानुहोस् र आफ्नो ई-मेल, नाम,मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुहोस् । त्यसपछि अकाउन्ट एक्टिभेट हुनेछ ।

अब तपाईंलाई जहाँ जान मन लाग्यो त्यो एपमा आफ्नो गन्तव्य लेखेर बाईक, ट्याक्सी, अटो लाई खोज्न सक्नुहुन्छ । त्यसपछि तपाईं नजिकैको गाडी पार्टनरलाई अनुरोध जानेछ ।

गाडी पार्टनरले एसेप्ट गरेपछि एक-अर्कासँग फोन अथवा म्यासेजबाट सम्पर्क गर्न सकिने छ । गाडी पार्टनर तपाईंको लोकेसन हेर्दै तपाईंलाई खोज्दै आईपुग्ने छ र आफ्नो सवारीमा बसाएर तपाईंको गन्तव्यमा पुर्याइ दिनेछ ।

त्यसपछि तपाईंहरु दुवैको एपमा कति दुरी तय गर्नुभएको हो त्यो अनुसारको भाडा देखिनेछ र त्यति भाडा तपाईंले  गाडी पार्टनरलाई दिनु पर्ने हुन्छ ।

महिलाको लागि कत्तिको सुरक्षित ?

गाडी पार्टनरसँग यात्रा गर्ने महिलाले आफ्नो विवरण आफ्ना आफन्त साथीभाईलाई निशुल्क शेयर गर्न मिल्छ । बाटोमा केही नराम्रो गरेमा उसको ३ पुस्ते विवरण कम्पनी सँग हुने भएकोले महिलालाई एकदम सुरक्षित हुने कम्पनीको दावी रहेको छ ।

सेवा शुल्क कति छ ?

बाईकको लागि पहिलो १ किलोमिटर सम्म ४० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर १५ रूपैयाँ थपिदै जानेछ । अटोको लागि पहिलो १ किलोमिटर सम्म ३० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर १५ रूपैयाँ थपिदै जानेछ ।

साथै ट्याक्सीको लागि पहिलो १ किलोमिटर सम्म ६० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर ५० रूपैयाँ थपिदै जानेछ ।अहिलेलाई एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएको गाडी एप चाँडै नै आईओएसमा आउने बताईएको छ ।


अपडेट

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसा…

ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल ईकम कार्ड

ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्…

सिजीका आकर्षक फ्यान नेपाली बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा …

एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको …

विद्युतीय गाडीको आयात ठप्प

सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेक…

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड

एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ ।  नेपाल राष्ट्र बैंकले…

इन्फोडेभलपर्स र इसेवा बीच सम्झौता, अब सहकारीका ग्राहकले डिजिटल कारोबार गर्न सक्ने

नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवा र इन्फोडेभलपर्स बीच सम्झौता भएको छ । सहक…

नेपाल टेलिकमले प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा चैत १३ गते सम्पन्न भएको …

डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएसको इन्टरनेट सित्तैमा

अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग…

फुडडोलको होली अफर, खानामा भारी छुटदेखि टेक स्टुडियोको गिफ्टसम्म

खाना होम डेलिभरी गर्ने कम्पनि 'फुडडोल'ले  होलीको अवसरमा विशेष होली अफर ल्याएको छ…

क्यान इन्फोटेकको प्रवेश टिकटलाई पेपरलेस बनाइने 

क्यान इन्फोटेक प्रवेश टिकटलाई पेपरलेस बनाइने भएको छ । गत वर्षदेखि नै इन्फोटेकको टि…

नेपालको पिकोस्याट प्रोजेक्ट शिर्ष बाह्रमा पुगि माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

नेपालको भर्चुअल रेडियोलोजिस्ट टिमले बनाएको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन क…

आफ्नै हार्डवेयर तथा चीप बनाउन २० बिलियन लगानी गर्दै इन्टेल 

इन्टेलले एरिजोनाका दुई ओटा उद्योगहरुमा २० बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ …

पंकचर हुन नदिन स्मार्टको  साइकलमा नासाको प्रविधि प्रयोग

स्मार्ट टायर कम्पनीको एयरलेस बाइक टायर पंकचर हुन नदिनलाई नासाको प्रविधि प्रयोग गरि…

सिद्धार्थ बैंकमार्फत विदेशमा भुक्तानी गर्न पाइने

सिद्धार्थ बैंक लिमिटेडले शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्…