अपडेट
शे-फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । चैत ८ गतेदेखि शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुरू भएको हो ।
नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करिब ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत, नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ ।
हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।
निःशुल्क वाइफाइ सेवाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका थिए ।
उद्घाटन समारोहमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल, शे फोक्सुन्डो गाउँपालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित भएका थिए ।
सो उद्घाटन समारोहमा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइबरको विकल्प नभएको बताए ।
‘गास बास कपाससँग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ,’ उनले भने, ‘इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवन लाई परिवर्तन गर्न सक्छौ । सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ ।’
उनले आफू डाक्टर नभए पनि इन्टरनेटबाटै एक जना बिरामीको लागि आफनो डाक्टर साथी सँगको सल्लाहले बिरामीको उपचार फोक्सुण्डोमै गरेको अनुभव बताए ।
उनले उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्ला सम्म फाइबर विस्तार गर्न तयार रहेको तर सोका लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्ने बताए ।
‘फोक्सुण्डो सम्म इन्टरनेट पुर्याउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ’ अध्यक्ष अग्रवालले भने ‘अब हामी फाईबर जडानको लागि योजना तयार गर्छौं ।’
कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए । यहाँ उपलब्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन सके मात्र पनि यो प्रदेशको कयापलट हुने उनको भनाइ थियो ।
यस प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व बजारमा पुर्याउने माध्यम सूचना प्रविधि पनि एक हो । विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुने तर नाफा मुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वर्ल्डलिंक देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाईसँग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा आफू विश्वस्त रहेको तथ्याङक रारा महोत्सवले स्पष्ट पारेको मुख्यमन्त्रीको भनाई थियो ।
कर्णाली प्रदेशले कर्णाली पर्यटन बर्ष घोषणा गर्दा रारा ताल बाट सम्माननीय प्रधानमन्त्री बाट वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवा बाटै पर्यटन वर्षको उद्घाटन भएकोमा आज सम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै सेवालाई गुणस्तरीय बनाउन फाईबरका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्रीले बताए ।
अपडेट
मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी
एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।
मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी
एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।
पठाओका राइडर र ट्याक्सी चालक बीच झडप
काठमाडौंको गोंगबुमा पठाओका राइडर र ट्याक्सी चालक बीच झडप छ । सोमबार ट्याक्सी चालक…
दुईसय बढी देशहरुबाट अब इसेवामा रकम पठाउन सकिने
अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा…
डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने भएका छन् । डोना…
एन्ड्रोइडमा एप नचल्ने समस्या
सोमबार केही एन्ड्रोइड प्रयोगकर्ताहरुले एप चल्न छोडेको नोटिफिकेसन पाएका थिए । यसमा …
नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपलाई लगानी जुटाइदिने
नेपाल उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाइदिने भ…
डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा
टेलिभिजनमा नेपाली चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सु…
क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा कोइनबेसलाई ६५ लाख बढि जरिवाना
कोइनबेसलाई क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा ६.५ मिलियन डलर अर्थात ६५ लाख बढि र…
टेस्लाको गाडीले जासुसी गरेको चीनको आरोप
चीनले जासुसीको डरले टेस्लालाई सैन्य सुविधाबाट प्रतिबन्ध लगाएको छ । टेस्लाको विद्युत…
चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना
ब्राजिलले एप्पललाई चार्जर बिनाको आइफोन १२ विक्री गरेको भनेर २० लाख बढि रुपैयाँ जर…
एसरमा र्यानसमवेयर आक्रमण, मागियो ५० मिलियन डलर
एसरमा र्यानसमवेयर आक्रमण भएको छ । आक्रमणकर्ताहरुले एसर प्रणालीमा माइक्रोसफ्ट एकसचेन्ज…
चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको…
अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने
अब नेपालबाटै डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले …
माछापुच्छ्रे बैङ्कद्वारा बाँकेमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरू
माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैद…