कीवर्डहरू -

अपडेट

पोख्रेली पानी पिउरोको  काठमाडौंमा \'डिजिटल प्रोडक्ट लन्च\'

सभा समारोह गर्न सहज परिस्थिति नभएकोले पोख्रेली पानीको ब्राण्ड पिउरोको काठमाडौंमा 'डिजिटल प्रोडक्ट लन्च' गरिएको छ।

उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा डिजिटल लन्च गरिएको हो। पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपलब्ध हुने बताइएको छ।

गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेज प्रालिले गरेको हो। उपत्यकामा पिउरो एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ।

खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देश अशोक खड्का बताउँछन्।

उनी भन्छन् "खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परिक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।"

पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन्। उनी थप्छन् "हामी ग्राहकको स्वास्थ्य प्रती सचेत छौं। त्यसैले लुकाउनु पर्ने केही छैन।

साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं।" पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ।

पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ।

अपडेट

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान भएको छ । नेपाल दूरसञ्चार प्राधि…

ट्राफिक प्रमुख ढकालले दिए भिडियो कन्फ्रेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद …

दश वर्षपछि विकिपिडियाको साइट रिडिजाइन हुँदै

Credit: Wikimedia Foundation


व…

डिजेल पेट्रोल भन्दा मोबाइल धेरै आयात

कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किए…

टेक वेविनार नेपालले \'रोडम्याप टू एमभीपी\' विषयमा बाइसौँ श्रृङ्खला आयोजना हुदै

टेक वेविनार नेपालले “ रोडम्याप टू एमभीपी” भन्ने विषयमा आफ्नो बाइसौँ श्रृङ्खला गर्ने भएको छ । यो कार्यक्रम आइतबार, ४ अक्टोबरको दिनमा हुनेछ । यो …

मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !

म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् ।…

साउन महिनामा मात्रै ईकमर्स मार्फत १ अर्ब २० करोड बढीको व्यापार

नेपाल राष्ट्र बैंकले पहिलो पटक ईकमर्स मार्फत भएको कारोबारको तथ्यांक सार्वजनिक गरेको…

विद्यार्थीका लागि टेलिकमको अफर, मासिक ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५ जीबी डेटा र बल्क एसएमएस

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्…

अनलाइन पेमेन्ट सुरक्षित बनाउन वान पासवर्डले अब भर्चुअल कार्ड बनाइदिने 

अनलाइनमा क्रेडिट वा डेबिट कार्डको विवरण हाल्दा धेरैजसो जहिले पनि मन शशङ्कित हुने …

ट्वीटरले आफ्नो एपमा अडियो डाईरेक्ट मेसेज गर्न मिल्ने फिचर परीक्षण गर्दै

ट्वीटरले आफ्नो एपमा अडियो डिएम (डाईरेक्ट मेसेज) गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको…

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने सकिने भएको छ । टिकटकको…

मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन माग

ओटीटी तथा मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन नेपाल केबल टेलिभिजन म…

नबिल बैंकको मोबाइल बैंकिङ सेवा पुनः सुचारू 

प्राविधिक समस्याका कारण बिहीबार दिउँसो देखि अवरुद्ध भएको नबिल बैंकको मोबाइल बैंक…