कीवर्डहरू -

अपडेट

फास्ट इन्टरनेट सेवा प्रदान गर्न डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको हो । अबको निकट भविष्यमै बुटवलमा समेत डेटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ ।

इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटा सेन्टर विस्तारमा जुटेको बताइएको छ । कम्पनीका अनुसार बिराटनगरमा स्थापना गरिएको डेटा सेन्टरमार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।

उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ ।

उक्त डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबीपीए प्रतिसेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ ।

कम्पनीकाअनुसार बिराटनगरको डेटा सेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने छ । ग्राहकको मागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ ।

जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । उक्त डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चाैबिसै घण्टा कार्यरत रहेका छन् । साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टमसमेत राखिएको छ ।

अपडेट

रिलायन्स फाइनान्स र एफ्वान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफ्वान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरे…

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने 

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने भएको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवना…

इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सम्झौता

इजि एस्योरेन्स प्रा. लि.अन्र्तगतको इजि ट्याक्सीले  माछापुच्छ्रे बैंकसंग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि …

‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न नेपाली सेनालाई महावीर पुनको सुझाब

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले नेपाली सेनालाई ‘नेपाली सैनिक…

कोरोना बारे गलत सूचना फैलिन रोक्न फेसबुकको नयाँ फिचर

तस्वीरः फेसबुक

प्रभु इन्टरनेटको सेवा सुरु

प्रभु डिजिटलले इन्टरनेट सेवा सुरु गरेको छ । प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल लिमि…

अब इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा समावेश गरिने

सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा समावेश गर्ने भएको छ । सञ्चार तथा …

आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भए…

अब कम्पनी दर्ता अनलाइनबाटै गर्न सकिने

अब कम्पनी रजिष्टारको कार्यालयमा नगएर अनलाइनबाटै कागजात पेश गरी कम्पनी दर्ता गर्न सक…

भन्सार छली ल्याउँदै गरेको मोबाइल बरामद

झापाको मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट भन्सार छली ल्याएको ८ थान मोबाइल सेट प्रहर…

डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न, छिटै टप टेन छनौट हुने

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस म्युजिक सांगीतिक प्रतियोगिता दि स्ट्रिङ्सको…

एफ्वान सफ्टले पायो साउथ इस्ट एशिया विजनेश अवार्ड

नेपालको सफ्टवेयर कम्पनी एफ्वान सफ्ट इन्टरनेसनलले साउथ इस्ट एशिया विजनेस अवार्ड २०२० …