अपडेट
विश्वका अर्बपतिको सूचीमा जेफ बेजोस पहिलो नम्बरमा, नेपालका विनोद चौधरी कतिमा छन् ?
विश्वको लोकप्रिय इकमर्श अमेजनका संस्थापक जेफ बेजोस फेरी पनि विश्वको सबैभन्दा धनी व्यक्ति हुन सफल भएका छन् ।
फोर्ब्स ले मंगलबार सार्वजनिक गरेको २ हजार ७५५ जना डलर अर्बपतिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस एक नम्बरमा पर्न सफल भएका हुन् ।
बेजोसको कुल सम्पति १७७ अर्ब डलर रहेको छ । त्यस्तै उक्त सूचीको दोस्रो नम्बरमा एलन मस्क, तेस्रो नम्बरमा बर्नाड एरनल्ट, चौंथौ नम्बरमा बिल गेट्स र पाँचौं नम्बरमा मार्क जुकरबर्ग रहेका छन् ।
मस्कको सम्पति १५१ अर्ब डलर रहेका छ । त्यस्तै बर्नाडको १५० अर्ब डलर, बिल गेट्सको १२४ अर्ब डलर र जुकरबर्गको ९७ अर्ब डलर सम्पति रहेको छ ।
फोर्ब्सको यो सूचीमा यसपटक मात्रै ४९३ अर्बपति थपिएका छन् । यो सूचीमा भारतका मुकेश अम्बानी १० नम्बरमा पर्न सफल भएका छन् । उनको कुल सम्पति ८४.५ अर्ब डलर रहेको छ ।
त्यसैगरी नेपालका विनोद चौधरी पनि फोर्ब्सको उक्त सूचीमा अटाएका छन् । उनी सूचीको २ हजार १४१ नम्बरमा रहेका छन् । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनको कुल सम्पति १.४ अर्ब डलर छ । उनी नेपालको एक मात्र डलर अर्बपति हुन् ।
अपडेट
अमेजन इको शो टेनमा जूम चल्ने
अमेजन इको शो टेन स्मार्ट डिभाइसमा अब जूम पनि चल्ने भएको छ । यसले विशेष गरि अमेरि…
एन्ड्रोईड अटोमा अब न्याभिगेसन, पार्किङ र चार्जिङ एपहरु आउने
एन्ड्रोईड अटो प्रयोगकर्ताहरुले चाँडैनै प्लेस्टोरमा थुपै्र न्याभिगेसन, पार्किङ र चार्जिङ…
ईआरपी प्रणाली कार्यान्वयनमा ल्याउँदै नेपाल आयल निगम
नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने …
प्रविधिमैत्री बन्दै मनकामना केबुलकार
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यह…
नास्टले ११ विधामा पुरस्कार वितरण गर्दै, नवप्रवर्तन पुरस्कारमा आविष्कार केन्द्र छनोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्…
सामसङले टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा ३५ प्रतिशतसम्म छुट दिने, टिभीमा दुई वर्षको वारेन्टी
सामसङ नेपालले नयाँ वर्षको अवसरमा ‘सुरुवात नयाँ उत्साहको’ अफर ल्याएको छ ।
एन्ड्रोइड एप डेभलपरले अब सजिलै प्रयोगकर्ता ट्रयाक गर्न नपाउने
एन्ड्रोइड एप डेभलपरलाई प्रयोगकर्ता ट्रयाक गर्न अब गाह्रो हुने भएको छ । धेरै जसो एपल…
एकैपटक ३ हजार २८१ ड्रोन आकाशमा उडाएर विश्व रेकर्ड कायम
जेनेसीसले आकाशमा सबैभन्दा धेरै ड्रोन उडाएर विश्व रेकर्ड कायम गरेको छ । <…
घाटा भएपछि मोबाइल व्यवसाय बन्द गर्दै एलजी, अब सिक्सजीमा केन्द्रीत हुने
एलजीले मोबाइल व्यवसायलाई बन्द गर्ने निर्णय गरेको छ ।
आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले …
रोबोटलाई लुकेको चिज खोज्न रेडियो वेबको प्रयोग
एमआईटीका अन्वेषकहरुले रोबोटहरुलाई लुकेको चिज खोज्न रेडियो वेबको प्रयोग गरेका छन् …
पिक्सेल ६ मा आफ्नै प्रोसेसर प्रयोग गर्दै गूगल
गूगलले पिक्सेल ६ स्मार्टफोनमा आफ्नै चीप प्रयोग गर्ने भएको छ । सन् २०२० देखिनै गूगलले…
माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड सुरु
माछापुच्छ्रे बैंक लिमिटेडले भिषा कार्डमार्फत् हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्…
साथीमार्टले फ्रेन्चाइज आवेदन खोल्यो, यसरी दिनुहोस् आवेदन
नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी न…
५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा लिक, फोन नम्बर, जन्म मिति, ईमेल एड्रेस र ठेगाना समावेश
५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा सार्वजनिक भएको छ ।