अपडेट
४९ जना विद्यार्थीलाई स्कलरसीप प्रदान गर्दैं क्यान महासंघ, आवेदन खुल्ला
कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेशनल आईसीटी स्कलरसीप २०७७’ को लागि आवेदन खुल्ला गरेको छ । क्यान महासंघले प्राविधिक शिक्षातर्फ विगत दुईवर्ष देखि स्कलरसीप प्रदान गर्दै आईरहेको छ ।
यो छात्रवृत्ती विगत दुई दशक देखि सूचना प्रविधि विषयमा अध्यापन गराउदै आएको कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको हो । विगत दुईवर्ष देखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म २८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
यो छात्रवृत्ती मार्फत ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ती प्रदान गरिने जनाइएको छ । यो वर्षपनि फिमेल मेरिट आईसीटी स्कलरसीपमा प्रत्येक प्रदेशबाट चार जनाको दरले २८ जना छात्रालाई छात्रवृत्ती प्रदान गरिने छ । भने आईसीटी मेरिट स्कलरसीप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ती प्रदान गरिने छ ।
क्यान महासंघ र कलेज बीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले १ करोड ९६ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ती पाउने छन् ।
छात्रवृत्ती प्राप्त विद्यार्थीले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउन्डेसनमा स्नातक तह अन्तरगत विएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।
नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सिटीइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने छन् । साथै छात्रवृत्तिका लागि हाल कक्षा १२ को परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने छन् ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमा अध्यक्ष हेमन्त कुमार चौरासियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्ड बुद्ध एजुकेशनको वेबसाइट मार्फत असोज ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिदा कक्षा १२ उतिर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपी तथा कक्षा १२ को परीक्षा नभइसकेकाहरुले कक्षा १२ अध्ययनरत रहेको प्रमाणका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेश गर्नुपर्नेछ ।
यस छात्रवृत्ति मार्फत कोभिड महामारीको बाबजुत पनि विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो करिअर बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए ।
क्यान महासंघसँगको सहकार्यले डिजिटल डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा सार्वजनिक निजि साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले बताए ।
अपडेट
नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने
नेपाली युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । ने…
हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित
हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र…
व्यवसायलाई निःशूल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन ‘वरिपरि एप’
पटक पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक…
एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने
केही दिन अघि मात्र गूगलले एन्ड्रोइड ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एनड्रो…
विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरे…
हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्…
उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा
नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्…
नेपालको लागि भिजाले सुरुवात गर्यो भुक्तानी सुरक्षा रोडम्याप
विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूव…
वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै
अमेरिकी कम्पनी वालमार्टले ड्रोन मार्फत आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ । वालमार्टल…
अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने
सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ…
सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)
फोटोः एप्पल
सिङ्गापुरमा एप्पलले प…
हुवावेले घोषणा गर्यो दोस्रो भर्सनको हार्मोनी ओएस
हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुव…
नेटटीभी एपले ल्यायो पैसा तिरेर नयाँ सिनेमा हेर्न मिल्ने सुबिधा
नेटटीभी एपले आफ्नो फिल्मको सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने 'फिचर' सार्वजनिक गरेको छ । यो फिचर आज अर्थात् सेप्टेम्बर ११ मा सफ्…
वैकल्पिक विधिको पठनपाठनलाई सरकारले दियो मान्यता
सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सद…