अपडेट
राष्ट्र बैंकबाट आइक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति
नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ ।
राष्ट्र बैंकको ‘भुक्तानीतथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।
२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केहि दिनमै आफ्नो सेवा सेवाग्राहीहरुमाझ ल्याउने भएको छ ।
२५ बर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्षसमेत लिएको छ ।
डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाईंमा पुर्याउने गरी काम भइरहेको भट्टराईको दाबी छ ।
कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आइक्याश प्रालिले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इकमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।
अपडेट
इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबद…
ट्वीटरको बिटकोइन ह्याक गर्ने ग्राहम इभान क्लर्कलाई तीन वर्ष जेल सजाय
ट्वीटरको बिटकोइन ह्याक गर्ने ग्राहम इभान क्लर्कलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । <…
इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य
इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोख…
फाइभजी सम्भावनालाई बढवा दिन फोरजी फाउन्डेसन सुदृढ गरिदै
पार्टनर सामग्री: १४० कमर्सियल फाइभजी नेटवर्क ५९ देशहरूमा तैनाथ भए संगै २०२० मा फा…
फुडमाण्डुबाट अर्डर गर्दा अब आइएमई पे बाटै पैसा तिर्न सकिने, २५ प्रतिशत सम्म छूटको सुविधा
‘आइएमई पे' र फूडमाण्डुबीच सम्झौता भएको छ । सम्झौता अनुसार अनलाइन फुड डेलिभरी सेव…
नेपालमा फाइभजी परीक्षण गरिने
नेपालमा फाइभजी परीक्षण हुने भएको छ । हालै बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण …
कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा
तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३,…
डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा
डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कम…
भोजको वृहत अनलाइन खाना मेला बिहिबार सम्म चल्ने, ७० प्रतिशत सम्म छूटको सुविधा
खानेकुरा अनलाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजा स्टोर ‘भोज’ ले आगामी मा…
मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनरमा आइएमई पे
आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने…
खल्तीको भाइबर कम्युनिटिमा जोडिँदा आईफोन १२ जित्ने मौका
नेपालको एक लाेकप्रिय डिजिटल वालेट खल्तीले आफ्नो भाइबर कम्युनिटीमा खल्तीमा आइफोन १२…
शेयर बजारमा आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ३३ लाख नजिक
डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुध…
अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी
खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको…
सकियो दोस्रो आइओटी एक्सपो, ५ हजारले गरे अवलोकन (भिडियो सहित)
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…
अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाट…