अपडेट
पीएमपीएल दक्षिण एशियाको विजेता बन्यो नेपाली पब्जी टिम डीआरएस, जित्यो २० लाख रूपैयाँ
नेपाली पब्जी टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया सिजन थ्रीको विजेता भएको छ । विजेता भएसँगै डिआरएसले लिग र फाइनल राउन्डबाट करिब २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
पीएमपीएल दक्षिण एशियाको फाइनल खेल अप्रिल १५ देखि १८ सम्म भएको थियो । फाइनल खेलमा १६ टिम सहभागी भएका थिए । जसमा डिआरएस सहित ८ नेपाली टिम थिए ।
डिआरएसले फाइनलको २४ म्याचमा लगातार राम्रो पर्फरमेन्स गरेको थियो । डीआरएसले फाइनल सम्म २७३ प्वाइन्ट्स बनाएको थियो । त्यस्तै पीएमपीएल दक्षिण एशिया सिजन थ्रीको सेकेण्ड भएको जेडथ्रीयुएस इस्पोर्ट्सले २७१ प्वाइन्ट बनाएको थियो ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया सिजन थ्रीमा २ प्वाइटको अग्रताले डिआरएस विजेता भएको हो । त्यस्तै पीएमपीएल दक्षिण एशियाको तेस्रो स्थानमा सेभेन सी इस्पोर्ट्स, चौथौं स्थानमा डेडआइज गाइज र पाचौं स्थानमा ट्रेन्ड टु किल रहेका छन् । यी तिनवटै नेपाली टिम हुन् ।
पीएमपीएल दक्षिण एशियामा पहिलो भएको डिआरएस र सेकेण्ड भएको जेडथ्रीयुएसले पीसकिपर एलिट इन्भिटेसनल एशिया (पीइआई) २०२१ मा दक्षिण एशियाको प्रतिनिधित्व गर्नेछन् ।
यसको पुरस्कार राशि आजको विनिमयदर अनुसार ५ करोड ४७ लाख रूपैयाँ बढी रहेको छ । यो खेल यसै महिना हुनेछ । यसमा एशियाका १६ टिम आमन्त्रिमा लड्नेछन् । यो पिसकिपर एलिटमा खेलिने छ, जसलाई गेम फर पिस पनि भनिन्छ ।
डीआरएस कानुनी रूपमा दर्ता हुने नेपालको पहिलो पब्जी टिम समेत हो । केही समय अगाडि ‘रूटिन अफ नेपाल बन्द’ फेसबुक पेजका भिक्टर पौडेलले डिआरएस टिममा लगानी गरेका थिए ।
डिआरएस टिममा लगानी गरेसँगै उनी टिमको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा भित्रिएका थिए ।डिआरएस टिममा ५ जना खेलाडी रहेका छन् । जसमा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।
अपडेट
एप्पलले भन्योः ‘चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगायौँ’
एप्पलले चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगाएको बताएको छ ।…
रमाइलो तरिकाले सामान र सेवा प्रवर्द्धन गर्ने प्लेटफर्मः कबाडी डटकम
रमाइलो र ठट्टा तरिकाले सामान र सेवा प्रवद्र्धन गर्नका लागि सामाजिक कर्मस प्लेटफर्म कब…
गूगल क्रोमको नयाँ भर्सन सार्वजनिक, डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटीटीपीएस रहने
गूगलले क्रोमको ९० भर्सन सार्वजनिक गरेको छ जसमा डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटी…
एलजीले सामसङलाई ओएलइडी प्यानल बेच्ने
सामसङले अर्का वर्ष एलजीसँग मिलेर ओएलईडी टिभी बनाउन सक्ने भएको छ । यसले अडियो भिज…
गूगलले सार्वजनिक गर्यो नयाँ सर्च सर्टकट, सर्च रिजल्टलाई सजिलै परिष्कृत गर्न सकिने
गूगलले नयाँ सर्च सर्टकट सार्वजनिक गरेको छ जसले सजिलै सर्च रिजल्टलाई परिष्कृत गर्न मद्…
एनसेलसँगको सहकार्यमा सामसङको अफर, फिचर फोन फोरजी स्मार्टफोनसँग साट्न सकिने
एनसेलसँगको सहकार्यमा सामसङले एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरम…
एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने
एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो …
दूरसञ्चार सेवा राम्रोसँग नियमन गर्न नसके विभेद झन् बढ्ने निश्चित छः मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले नेपालको दूरसञ्चार क्षेत्रको…
रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ सार्वजनिक
रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-एण्ड गेम्स’ सार्वजनिक भएक…
स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएस…
मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने
मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने भएका छन् । मेटलाइफ नेपालले …
जमलमा सर्यो नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ । बैशाख २ गतेदेखि प्राधिकरणको …
नबिल बैंकको मोबाइल बैंकिङ एपमा अब एक भन्दा बढी कार्ड इन्टिग्रेट गर्न मिल्ने
नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ …
नेपाल एसबिआई बैंकमा कर्पोरेट पे शुरू
नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट…