कीवर्डहरू -

मोबाइल

एआई फिचरसहित नेपालमा अनर ‘म्याजिक अफ ८’ सिरिज सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा प्रविधि र स्टाइलको नयाँ बहस छेड्दै अनरले आफ्नो बहुप्रतिक्षित ‘Magic of 8’ लाइनअप सार्वजनिक गरेको छ। अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई), शक्तिशाली ब्याट्री र मनमोहक डिजाइनसहित अनरले म्याजिक ८ प्रो, X8d र Pad X8b नेपाली बजारमा उतारेको हो। आफ्नो मोबाइल डिभाइसबाट उच्च कार्यक्षमता खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै कम्पनीले यी ग्याजेटहरू ल्याएको हो।

यस सिरिजको सबैभन्दा आकर्षक पक्ष अनर म्याजिक ८ प्रो रहेको छ। फोटोग्राफीका सौखिनहरूका लागि यसमा २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा जडान गरिएको छ, जसले सानाभन्दा साना विवरणलाई पनि स्पष्ट रूपमा कैद गर्छ। कार्यक्षमतालाई तीव्र बनाउन यसमा पछिल्लो पुस्ताको  स्न्यापड्रागन ८ एलिट जेन ५ छ प्रोसेसर प्रयोग गरिएको छ। साथै, ७१०० mAh को विशाल ब्याट्रीले प्रयोगकर्तालाई चार्जको चिन्ताबाट मुक्त राख्छ।

यस फोनमा रहेका एआई स्क्रिन सजेसन र एआई फोटो एजेन्ट जस्ता सुविधाहरूले प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट र सहज बनाएका छन्। म्याजिक ८ प्रोको प्रि-बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ, जसमा ३० हजार रुपैयाँ बराबरको अनर Pad X8b ट्याब्लेट उपहारका रूपमा दिइएको छ।

त्यसैगरी, स्टाइल र पावरको सन्तुलन खोज्नेहरूका लागि अनर X8d सार्वजनिक गरिएको छ। ७००० mब्ज ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ सुविधायुक्त यो फोन निकै स्लिम र आकर्षक छ। यसको मुख्य विशेषता भनेकै यसमा रहेको स्मार्ट एआई बटनु हो, जसको सहायताले प्रयोगकर्ताले सर्कल टु सर्च, एआई इरेजर र सुपर जुम जस्ता आधुनिक सुविधाहरू एकै क्लिकमा प्रयोग गर्न सक्छन्।

१०८ मेगापिक्सेल क्यामेरा र पानी तथा धुलोबाट जोगाउने IP65K रेटिङ भएको यो फोन ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भने खरिदमा अनर च्वाइस इयरबड्स निःशुल्क पाइनेछ।

अनरले ट्याब्लेट प्रयोगकर्ताका लागि अनर Pad X8b पनि बजारमा ल्याएको छ। ११ इन्चको आई- कम्फर्ट फुलभ्यू डिस्प्ले र १०१००mAh को ठूलो ब्याट्री क्षमता भएको यो ट्याब्लेट प्रिमियम मेटल बडीमा उपलब्ध छ। यो ट्याब्लेटले विशेषगरी विद्यार्थी र प्रोफेसनलहरूलाई उत्कृष्ट भ्यूइङ अनुभव र लामो समयको ब्याट्री व्याकअप प्रदान गर्नेछ।

अनरको यो नयाँ सिरिज नेपालभरका आधिकारिक स्टोरहरूमा उपलब्ध भइसकेको छ।

 

मोबाइल

जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक, गेमिङ्गका लागि नयाँ विकल्प

ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो प्रतिष्ठित गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा आधिकारिक रूपमा स…

६५०० एमएएच ब्याट्री र आईपी६५ रेटिङसहित भिभो वाई०५ नेपाली बजारमा सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौँमा एक कार्यक्रमक…

प्रिमियम डिजाइन र एआई फिचरसहित नथिङ फोन ४ए नेपालमा

स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतक…

फोल्डेबल आइफोनको चर्चा तीव्र, के के हुन सक्छन् फिचर?

एप्पलले फोल्डेबल आइफोनबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा नगरे पनि पछिल्ला महिनाहरूमा आएका विभिन्न लिक र विश्लेषक रिपोर्टहरूले …

नेपालमा ओप्पो ए सिक्स सार्वजनिक, ७ हजार एमएएच ब्याट्री र १२० हर्ज एमोलेड डिस्प्ले

ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए सिक्स सार्वजनिक गरेको छ। लामो ब्याट्री जीवन, उच्च भिजुअल अनुभव र टिकाउ डिजाइन…

नेपालमा रेडमी नोट १५ फाइभजी सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी सार्वजनिक गरेको छ। स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उच्च कार्यक्ष…

सामसङ ग्यालेक्सी एस२६ सिरिज नेपालमा सार्वजनिक, प्रि-अर्डर खुला

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सामसङ ग्यालेक्सी एस २६ सार्वजनिक गरेको छ। ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित …

सामसङ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक, एआई फिचर र प्राइभेसीमा जोड

सामसङले ग्यालेक्सी अनप्याक्ड २०२६ मार्फत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ। 

कस्तो होला एप्पलको फोल्डेबल आईफोन ?

एप्पलले अहिलेसम्म आधिकारिक रूपमा फोल्डेबल आईफोन घोषणा नगरे पनि बजारमा यसबारे चर्चा तीव्र बनेको छ। विश्लेषक, आपूर्ति–श्रृं…

अहिलेसम्मकै ठुलो ब्याट्रीसहित वाई ३१ डी स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

प्रयोगकर्ताको वास्तविक आवश्यकता केन्द्रमा राख्दै स्मार्टफोन विकास गर्दै आएको भिभोले अब आफ्नो अहिलेसम्मकै सबैभन्दा ठुलो ब्याट्रीसहितको …

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभजी नेपाली बजारमा सार्वजनिक

ओप्पो नेपालले आफ्नो रेनो सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन रेनो १५ फाइभजी औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्…

अनरको X9D स्मार्टफोन बुकिङ गर्दा स्मार्टवाचदेखि दीपलको S05 कार जित्ने अवसर

अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइड डी (X9d) को प्रिबुकिङ सुरू गरेको छ। शक्तिशाली प्रदर्शन, उच्च मजबुती र उत्कृष्ट व…

असुसले स्मार्टफोन व्यवसायबाट पछि हट्ने संकेत, एआई परियोजनातर्फ केन्द्रित हुने सम्भावना

ताइवानस्थित प्रविधि कम्पनी असुसले स्मार्टफोन व्यवसायलाई क्रमशः घटाउँदै लैजाने संकेत दिएको छ । कम्पनीका अध्यक्ष जोन्नी शिहको हालैका…

रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ …

सामसङको ग्यालेक्सी ट्याब ए ११ प्लस सार्वजनिक, स्मार्ट एआई फिचर र प्रिमियम डिजाइन

सामसङले नेपालमा आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए ११ प्लस सार्वजनिक गरेको छ । विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि ड…