कीवर्डहरू -

मोबाइल

सामसङले घोषणा गर्‍यो फोल्डेबल फोन जेड फोल्ड ६ र जेड फ्लिप ६

सामसङले १० जुलाईमा पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रोको घोषणा गरेको छ । 

यस वर्षको सुरूवातमै सामसङले ग्यालेक्सी एआईमार्फत मोबाइल एआईको युगको सुरूवात गरेको थियो ।अब सामसुङले यसको सबैभन्दा बहुमुखी र फ्लेक्सिब्ल फर्म फ्याक्टरलाई उपयोग गर्दै ग्यालेक्सी एआईको अर्को अध्याय सुरू गर्ने तयारी गरेको छ । 

सामसङ इलेक्ट्रोनिक्सको मोबाइल अनुभव व्यवसायका प्रमुख टीएम रोले फोल्डेबल र एआई प्रविधिलाई सँगसँगै अगाडि बढाउने बताए । ‘संसारभरिका प्रयोगकर्ताहरूका लागि नयाँ सम्भावनाहरू अनलक गर्न उत्साहित छौं,’ उनले भने, ‘हाम्रा फोल्डेबलहरूले हरेक प्रयोगकर्ताको अनौठो आवश्यकताहरू पूरा गर्छन् र अब ग्यालेक्सी एआईको शक्तिले प्रवर्धित भएकोले, सामसुङले कहिल्यै नभएको अनुभव प्रदान गर्नेछ ।’

सामसुङको फोल्डेबलहरूको निरन्तर नवप्रवर्तनले सबैभन्दा स्लिम  (पातलो)  र हल्का ग्यालेक्सी जेड सिरिज बनाएको छ, जसलाई पोर्टेबिलिटीका लागि अनुकूलित गरिएको छ। ग्यालेक्सी जेड फोल्ड ६ मा नयाँ कभर स्क्रिन अनुपातले अधिक प्राकृतिक बार-प्रकारको दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । 

डिजाइन परिष्कृततासँगै, नयाँ ग्यालेक्सी जेड सिरिजले अझ बढी टिकाउपन प्रदान गर्नेछ । नवीनतम ग्यालेक्सी जेड सिरिजमा पनि उन्नत आर्मर एल्युमिनियम र कोर्निङ गोरीला ग्लास भिक्टस २ राखिएको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ दुवै ग्यालेक्सीको लागि स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ । प्रोसेसर एआई अनुकूलित भएको र उन्नत ग्राफिक्सको समेत अनुभव गर्न पाइने छ । 
उन्नत कूलिंग प्रणालीले ग्यालेक्सी जेड फोल्ड ६ मा ठूलो भ्यापर चेम्बर पनि रहेको छ । 
 

मोबाइल

कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?

नेपाली बजारमा इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको इन्फिनिक्स जीटी …

ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने

ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ । 

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । 

सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…

सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य

सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को …

रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने

जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …

लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?

रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.…

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …

१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात

चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ । 

६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ । 

अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार

नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…

२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने

के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फो…

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन, यस्ता छन् फिचरहरू

सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिज…

नयाँ आईप्याड प्रो एम फोर चिपका साथ सार्वजनिक हुने

एप्पलले आफ्ना प्रयोगकर्ताका लागि ठूलो कार्यक्रम (एप्पल ‘लेट लुज’ इभेन्ट २०२४) आयोजना गर्न लागेको छ । आगामी कार्यक्रम म्…

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्…