कीवर्डहरू -

समाचार

एनएमबि बैंकमा भिडिओ कलबाट खाता खोल्दा डिम्याट र मेरो शेयर अनलाइनबाटै लिन मिल्ने

एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।

ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

भिडीयो अकाउन्ट ओपनिङ्गको लागि यहाँ क्लिक गर्नुहोस् । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नआईकनै बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार हालको परिवेशमा यस प्रकारको सेवाले ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग सेवा प्रदान गर्न सजिलो हुनेछ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो ।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

समाचार

स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन 

क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ म…

क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्या…

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेस…

नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने 

क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकल…

भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पा…

क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्षको अफर ल्याएको छ । क्लासिक टेकले…

ड्राइभिङ लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणक…

आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधि…

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भए…

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससंगै परम्परा…

विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा आयोजना भएको हल्ट प्राइजको फिनाले सम्पन्न

बिपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपिकेआईएचएस) मा सफलतापूवर्क हल्टप्राइज सम्…

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक…

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई \'एयर रेड\'को चेतावनी दिने

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भए…

एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार