कीवर्डहरू -

समाचार

सामान्य टिभीलाई पनि स्मार्ट टिभी बनाउन सकिने गरी नेट टिभीले ल्यायो नयाँ सेटअप बक्स

नेट टिभीले एन्ड्रोइड टिभीमा आधारित ‘नेट टिभी स्ट्रिम्ज प्लस’ सेटअप बक्स सार्वजनिक गरेको छ । २ वर्षको तयारीपछि कम्पनीले नेट टिभी स्ट्रिम्ज प्लस सार्वजनिक गरेको हो ।

यो सेटअप बक्स एन्ड्रोइड टिभीबाट सञ्चालित छ । नेट टिभी नेपालको पहिलो गूगलबाट प्रमाणित एन्ड्रोड टिभी सञ्चालक हो । यसमा गूगल प्ले, क्रोमकास्ट, युट्युब र भ्वाइस कन्ट्रोलको सुविधा रहेको छ ।

नेट टिभी स्ट्रिम्ज प्लसको सहयोगले एउटा सामान्य टिभीलाई पनि फिचरयुक्त स्मार्ट टिभी बनाउन सकिने छ । यसमा २०० बढी लाईभ टिभी च्यानलहरू उपलब्ध हुनेछन् । यसलाई कन्ट्रोल गर्न आफ्नो स्मार्टफोन रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ ।

नेट टिभीको यस सेटअप बक्सबाट गेम खेल्न सकिने छ , जसका लागि कम्पनीले एयर कन्सोलसँग सहकार्य गरेको छ । अहिले १८० बढी गेमहरू नेट टिभीको सेटअप बक्स प्रयोग गरी टिभीमा खेल्न सकिन्छ ।

नेट टिभी स्ट्रिम्ज प्लसले डुअल ब्याण्ड वाईफाई, युएसबी टाइप ए पोर्ट, युएसबी ड्राइभ लगायतका फिचर दिएको छ । यसमा नेट फ्लिक्स र अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्म भने उपलब्ध छैनन् ।

सरकारको नीतिका कारण नेट फ्लिक्स र अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्म उपलब्ध गराउन नसकिएको कम्पनीको भनाइ छ । तर पनि भविष्यमा यी सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकको नजिकको शाखामा गएर नेट टिभी स्ट्रिम्ज प्लसको सेटअप बक्स खरिद गर्न सकिने छ । सेटअप बक्सको शुल्कका वर्ल्डलिंक वा नेट टिभीमा सम्पर्क गर्न सकिने छ । यसको मासिक प्याकेजको शुल्क ३५० रूपैयाँ तोकिएको छ ।

समाचार

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको भर्चुअल म्युजिकल इभ सम्पन्न 

हल्ट प्राइज कसमस कलेजले सोमबार भर्चुअल म्युजिकल इभ सम्पन्न भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेज र मेधावि कलेजको सहकार्यम…

दराजको नयाँ लोगोले के बुझाउँछ ? 

दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण …

डिशहोममा अब विश्वभरका सर्ट मुभी हेर्न सकिने

डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीक…

कसमस कलेजमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण 

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विज…

वर्ल्ड रेमिटको एप प्रयोग गरी मलेसियाबाट अब नेपाल पैसा पठाउन सकिने

एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले…

बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग स…

स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार

टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइ…

डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने 

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ ।…

दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन 

दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्…

इसेवाबाटै अब काठमाडौँ मोडल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने

काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।…

यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु

जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन…

टेलिकमको विन्टर अफर, अनलिमिटेड भ्वाइस र डेटाको सुविधा

नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ…

आधाभन्दा बढी अमेरिकीले किन प्रयोग गर्न खोज्दै छन् स्टारलिंकको इन्टरनेट ? यस्तो छ कारण

आधाभन्दा बढी अमेरिकीले स्टारलिंकको इन्टरनेट प्रयोग गर्न खोजेको एक अध्ययनले देखाएको …

‘नास्ट गान’ तयारी गरी पेश गर्न नास्टको आह्वान, सर्वोत्कृष्ट गानलाई ५० हजार पुरस्कार 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘नास्ट गान’ तयार गरी पेश गर्न …

ई-पासपोर्ट लिन लाइन लाग्नु नपर्ने, अब अनलाइनबाटै समय लिएर आउन सकिने

पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभा…