समाचार
नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा
नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८५ वर्षमा प्रवेश गरेको हो ।
नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।
बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ । २०७८ असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १२ अर्ब ६४ करोड पुगेको छ ।
विगत ८४ वर्षदेखि निरन्तर नेपाली जनतालाई वित्तिय सेवा प्रदान गर्दै आएको बैंक नेपालको पायोनियर बैंकका रूपमा चिनिन्छ । ग्राहकलाई वित्तिय जनचेतना जगाउन समेत बैंकले ठूलो भूमिका खेलेको छ ।
लेजर बुकदेखि डिजिटल बैंकिङ सम्म
पछिल्लो समय सबै क्षेत्रमा प्रविधिको प्रयोग ब्यापक हुँदै गइरहेको छ, जसमा बैंकिङ क्षेत्र समेत एक हो । कुनै समय लेजर बुकमा लेखेर सेवा दिने बैंकले आज जनतालाई अनलाइनबाट सेवा प्रदान गर्न थालेको छ ।
सुरुवाती दिनमा बैंकले लेजर बुक र धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने गर्दथ्यो । कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने गर्थ्यो ।
हाल बैंकले एटिएम, डेबिड कार्ड, क्रेडिट कार्ड, डिजिटल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड पेमेन्ट लगायतका डिजिटल बैकिङ्ग सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।
नेपाल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिन्छ । साथै नागरिक एप प्रयोग गरी क्युआर कोड स्क्यान गरेर पनि खाता खोल्न सकिन्छ ।
साथै नेपाल बैंकका ग्राहकले अनलाइनबाटै भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, डिजिटल वालेटमा पैसा लोड गर्न, मोबाइल, इन्टरनेट तथा टीभीको रिचार्ज गर्न, खानेपानी तथा बिजुलीको बिल तिर्न लगायता अन्य डिजिटल भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले हाल डिजिटल बैंकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
बैंकको एनबीएल मोबाइल बैंकिङ एप एप्पलको एप स्टोर र गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ । अहिलेसम्म बैंकले २० लाखभन्दा बढी ग्राहकलाई बैंकसँग जोडेको छ । बैंकमा हाल स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २ हजार ४०० जना कर्मचारीले रोजगारी पाएका छन् ।
समाचार
दराज ११.११ को नयाँ रेकर्ड, एक दिनमा ७ लाखले भिजिट गरे दराज एप
दराज ११.११ को चौथौं संस्करणमा २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्ताहरूले दराज एप …
अब अनलाइनबाटै सिभिल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने
अब मोबाइल एपबाटै सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । चिकित्सकस…
मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण, पहिलो चरणमा २० लाख थान छापिने
मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्…
नाष्टले सञ्चालनमा ल्यायो सूचना पहुँच केन्द्र, वर्षमा एक पटक सातै प्रदेशमा लगिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँ…
फेसबुकमा ‘छोटेराजा’ लेखेको भन्दै वडा कार्यालयले लगायो सेवामा प्रतिबन्ध
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले जनप्रतिनिधिलाई फेसबुकमा छोटेराजा लेखेको…
एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न …
सिटिजन्स बैंकको कार्ड बाहकले सोवा हेल्थकेयरको सेवामा विशेष छुट पाउने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच व्यवसायिक स…
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशत सम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट का…
सामसुङ विन्टर स्किममा १५ जना ग्राहकले पाए ५ ग्राम सुनको सिक्का
सामसुङ मोबाइलको विन्टर स्किम योजनामा १५ भाग्यशाली ग्राहकहरुले जनही ५ तोला सुनको स…
१२ औँ वर्षमा,फूडमाण्डु, प्रमुख सहरहरूमा सेवा विस्तार योजना
नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको …
दराजको ११.११ : सेलमा ३,५०० सम्मको कार्ड डिस्काउन्ट र ११ हजार सम्मको दराज भाउचर छुट
दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभिय…
ग्यापुको कात्तिक २५ मा बृहत अनलाइन सेल ११.११
गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ …
वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको ११.११…
दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर
नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्य…