कीवर्डहरू -

समाचार

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, १ रूपैयाँमै अवलोकन गर्न पाइने 

२७ औं संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेकक आयोजना हुँदैछ ।

क्यान इन्फोटेकको तयारी अन्तिम अन्तिम चरणमा पुगेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । यसअघि कोरोना महामारीका कारण क्यान इन्फोटेक २ पटक स्थगित भएको थियो ।

क्यासलेस अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै महासंघले यस पटकको टिकटलाई पेपरलेस बनाउने जनाएको छ । यस पटक डिजिटल वालेट आईएमई पे मोबाइल एप प्रयोग गरेर १ रूपैयाँ तिरेर क्यान इन्फोटेक हेर्न सकिने छ ।

अवलोकन गर्न डिजिटल माध्यमबाट १ रूपैयाँ शुल्क तिर्नुपर्ने कुवरले बताए । अनलाइनबाट टिकट नकाट्नेलाई कार्यक्रम स्थलमै टिकट काट्ने व्यवस्था मिलाइने छ ।

शुरू शुरूको इन्फोटेक मेलाको रूपमा भएपनि अहिलेको इन्फोटेक प्रदर्शनीको रूपमा भएको उनले आइसिटी समाचारलाई बताए ।
महासंघले यस पटकको इन्फोटेकमा विभिन्न प्याभिलियनहरू राख्ने छ । स्टार्टअप तथा इन्नोभेसन प्याभिलियन, एक्सेसरिज तथा सफ्टवेयरको प्याभिलियन, फिनटेक प्याभिलियन र ई-गभर्नेन्स प्याभिलियन राख्ने कुँवर बताउँछन् ।

कोरोना महामारीले सूचना प्रविधिको महत्व बुझाएको र यस पटकको इन्फोटेकको शुल्क पनि १ रूपैयाँ रहेका कारण ४ लाख बढीले अवलोकन गर्ने उनी बताउँछन् ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको छ ।

इन्फोटेकमा सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहने छन् ।

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुमा आयोजना हुने गरी तयारी अगाडि बढाइएको महासंघले जनाएको छ । २७ औं  संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यूआर) रहेका छन् ।

त्यस्तै इन्फोटेकको प्लाटिनम प्रायोजनमा वर्ल्डलिंक कम्युनिकेशन्स, गोल्ड प्रायोजनमा नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज र सिल्भर प्रायोजनमा नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने जनाइएको छ ।

इन्फोटेकको इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, एकेडेमिक पार्टनरमा सनवे इन्टर्नेशनल बिजनेस स्कुल, इकमर्श पार्टनरमा दराज केमु, फुड एण्ड वेभरेज पार्टनरमा रेबान, भर्चुवल एक्जिविसन पार्टनरमा मण्डला सिस्टम तथा डीजिटल डीस्प्ले पार्टनरमा अल्ट्रा एलईडी रहेका छन् ।

इन्फोटेक भव्य एवं सफल रुपमा आयोजना गर्न राष्ट्रिय रूपमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघको सहयोग रहेका छन् । त्यस्तै अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने छ ।

समाचार

दराजबाट एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भ…

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त

सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरम…

क्युआर कोड भुक्तानीमा बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटलमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र पोखरास्थित होटल एडमबीच ग्राहकलाई छुट दिनेगरी सम्झौता …

सिटिजन्स बैंकका कार्डबाहकलाई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल चितवन बीच …

एफएनसीसीआई र एनसेलको सहकार्यमा ‘दरवारमार्गमा महोत्सव’ आयोजना हुँदै

पाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड…

लाइटनिङ पोर्ट प्रयोग गरेर विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण

एक इन्जिनियरले लाइटनिङ पोर्ट विश्वकै पहिलो एन्ड्रोइड फोन निर्माण गरेका छन् । सन् २०२१…

कुमारी बैंकको वार्षिकोत्सव अफर, कुमारी स्मार्टबाट कारोबार गर्दा दुबई भ्रमणको अवसर

कुमारी बैंक लिमिटेडले २०औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूका निम्ति विभिन्न अफर सार्व…

रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने 

भारत सरकारले विकास गरेको डिजिटल कार्ड ‘रूपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भए…

क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावक…

गण्डकी प्रदेशमा सकियो स्टार्टअप एण्ड आईडिया फेस्ट, इन्क्युवेसनका लागि छानिए यी पाँच कम्पनी 

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रदेश स्…

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने

बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कार…

रियलमी फोन बेच्ने पसलेले जिते प्रोटोन सागा कार

रियलमीले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरूको घोषणा गरेको छ । यो स्किम नेपाल…

समिट वुमन अफ द इयर सम्पन्न, स्विट फिक्सकी संस्थापक लम्सालले पाइन् १ लाख नगद र हिराको लकेट

ओपन स्पेस नेटवर्कले आयोजना गरेको ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ…

सजिलो मर्मत सेवाको रिब्राण्डिङ, अब सजिलो सेवाको नामबाट सेवा दिने

सजिलो मर्मत सेवाले अब ‘सजिलो सेवा’को नामबाट सेवा दिने भएको छ । नयाँ लगानी पाएस…

एप्पल, फेसबुक र डिस्कर्डले नै दिए ह्याकरलाई प्रयोगकर्ताको डेटा

एप्पल, फेसबुक र डिस्कर्डले ह्याकरहरुलाई प्रयोगकर्ताको डेटा पठाएका छन् ।