कीवर्डहरू -

समाचार

नेपाल पेमेन्ट सोलुसनले शुरू गर्‍यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।

यसलाई सरल भाषामा बुझ्दा, साना देखि ठूला व्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले वान लिंकबाट आफ्नो ग्राहकहरुलाई एसएमएस अथवा इमेल लगायत अन्य संचारको माध्यमहरु जस्तै ह्वाट्सएप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउँछ ।

यसले मोबाइल बैंकिङ सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्ने कम्पनीको विश्वास छ । परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा, ग्राहकहरूलाई म्यानुअल विवरणहरू मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलब्ध गराइन्थ्यो ।

यद्यपि वान लिंकमार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ-बैंकिङ्ग, एमबैंकिङ, आइपीएस कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको  विकल्प पाउन सक्छन् ।

अहिले सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि पछि यसबाट ऋणको इएमआई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्नेछ । कम्पनीका अनुसार समग्रमा यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकहरूलाई पनि सशक्त बनाउँछ ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो, जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

कम्पनीले ४० भन्दा बढि बैंक, ५० भन्दा बढि रेमिट्यान्स कम्पनी र २० भन्दा बढि वालेटहरुसँग सहकार्य गरेको छ ।

समाचार

एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजि…

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिट कार्ड

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेक…

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघक…

६ महिनाभित्र ५० चार्जिङ स्टेसन, एपबाटै चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभ…

​ह्वावेद्वारा ह्वावे कनेक्ट २०२१ को आयोजना – डिजिटल कनेक्टिभिटीमा समर्पित वार्षिक औद्योगिक कार्यक्रम

डाइभ इन्टु डिजिटल“ थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक…

आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्…

बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको बीटुबी आइसिटी बिजनेश समिट…

नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९…

खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएक…

एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने

अब आफै आईफोन र म्याक मर्मतगर्न सकिने भएको छ । एप्पलले सेल्फ सर्भिस प्रोग्राम अन्र्तगत ग्…

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्…

ई-पासपोर्ट वितरण शुरू, पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । आउँदो अंग्रेजी नया…

कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्‍याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने

कोकाकोला नेपालले राकुटेन भाइबरसँग सहकार्य गरेको छ । सहकार्यसँगै कम्पनीले कोक एण्ड…

आजबाट नेपालमा ई-पासपोर्ट वितरण गरिदै, पहिलो सत्यमोहन जोशीलाई दिइने

राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू गर्ने भएको छ । आउँदो अंग्रेज…

असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार

एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बै…