समाचार
डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता
थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले ह्वावे टेकनोलोजिजका सिईओ रेन झेङ्फेईसँग भर्चुअल भेटवार्ता गरेका छन् ।
कार्यक्रममा जनरल प्रयुतले थाइल्यान्डको डिजिटल रूपान्तरण र महामारीपछिको रिकभरीमा ह्वावेको निरन्तर सहयोग र थाइल्यान्ड ४.० रणनीति र डिजिटल प्रतिभा उत्पादनलाई प्रवर्द्धन गर्न ह्वावेसँगको सहकार्यलाई अझ सुदृढ पार्ने उनले बताए ।
भर्चुअल बैठकको क्रममा जनरल प्रयुत र रेनले कसरी डिजिटल प्रतिस्पर्धालाई सुदृढ गर्ने र थाइल्याण्डमा आईसिटी प्रतिभाको लागि बलियो आधार निर्माण गर्ने बारे विचार आदानप्रदान गरेका थिए ।
जनरल प्रयुतले थाइल्यान्डको आर्थिक लचिलोपन र दिगोपनलाई समर्थन गर्न उन्नत आईसिटी प्रविधि र डिजिटल आविष्कारले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिँदै, ह्वावेले थाइल्याण्डको महामारी र डिजिटल रूपान्तरण विरुद्धको लडाइमा ठूलो योगदान दिएको बताएका छन् । ।
"म ह्वावेको इतिहास र समर्पण संस्कृतिबाट धेरै प्रभावित भएको छु । भविष्यमा थाइल्याण्ड ह्वावेसँग डिजिटल अर्थतन्त्र, फाइभजी स्मार्ट अस्पताल, क्लाउड र कम्प्युटिङ, डिजिटल पावर, स्मार्ट लजिस्टिक र डाटा सेन्टर लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न ह्वावे इच्छुक छ ” उनले भने।
रेनले थाई सरकारको ह्वावेमा विश्वासको लागि कृतज्ञता व्यक्त गरे र फाइभजी रोलआउटमा थाइल्याण्डको उपलब्धिहरूको लागि बधाई पनि दिए ।
उनले, “ह्वावे र थाइल्याण्डले एक बलियो डिजिटल पूर्वाधार आधार निर्माण गर्न मिलेर काम गरिरहेका छन् । भविष्यमा हामी थाइल्याण्डका प्रमुख उद्योगहरूमा विशेष गरी पोर्ट र एयरपोर्ट परिदृश्यहरूमा डिजिटल प्रविधिहरूको एकीकरणलाई गति दिन तत्पर छौं ।” भनेर बताए ।
“हामीलाई थाइल्याण्डको सफल डिजिटल रूपान्तरण र प्रतिभा विकासमा दृढ विश्वास छ । हाम्रो स्थानीय टोलीले थाई ग्राहक र साझेदारहरूसँग मिलेर काम गर्नेछ जसले प्रविधि सोलुसनहरूको साथ देशको सामाजिक र आर्थिक विकासको सेवा गर्नेछ,” रेनले बताए ।
एशियन डिजिटल हब बन्ने थाइल्याण्डको डिजिटल ब्लुप्रिन्ट तर्फ ह्वावे र थाइल्याण्डले दुई प्रमुख क्षेत्रमा नजिकबाट सहकार्य गर्दै आएका छन् ।
पहिलो, थाइल्याण्ड ४.० रणनीति अनुसार ह्वावेले आफ्ना ग्राहकहरूसँग थाइल्याण्डको डिजिटल रूपान्तरण र आईसिटी पूर्वाधार इनोभेसनलाई गति दिन काम गरेको छ । फाइभजी, क्लाउड र एआईको अवलम्बन मार्फत ह्वावे र यसका उद्योग साझेदारहरूले थाइल्यान्डका प्रमुख क्षेत्रहरूलाई सक्षम बनाउँदै छन् र स्वास्थ्य सेवा, शिक्षा, यातायात, ई–सरकार र स्मार्ट सिटी लगायत धेरै क्षेत्रहरूमा थाइल्याण्डको दीर्घकालीन सामाजिक आर्थिक विकास र डिजिटल इकोसिस्टमलाई बलियो बनाउन रोमाञ्चक अवसरहरू सिर्जना गर्दै छन् ।
यी कार्यहरूमध्ये स्मार्ट पोर्ट र एयरपोर्टहरू ह्वावे र थाइल्याण्डका लागि महत्वपूर्ण सम्भावित सहयोग क्षेत्र हुन् । रेनले चीनमा स्मार्ट पोर्ट र स्मार्ट एयरपोर्ट सोलुसनहरूमा कम्पनीको उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरेका थिए । जसले सबै तत्वहरू – व्यक्ति, सवारी साधन, सामान, उद्यम र स्थानहरूमा आधारित अटोमेसन क्षमताहरू निर्माण गर्दछ – सुरक्षित, कुशल र इन्टेलिजेन्ट विश्व–स्तरीय पोर्ट र एयरपोर्र्टहरू निर्माण गर्न मद्दत गर्दछ ।
दोश्रो, जनरल प्रयुत र रेनले थाइल्याण्डमा थप दक्ष र डिजिटल प्रतिभा उत्पादन गर्ने प्रतिबद्धतामा पनि प्रकाश पारेका थिए । थाइल्यान्डको डिजिटल रूपान्तरण र दीर्घकालीन विकासलाई अगाडि बढाउनका लागि दुवै जनाले सार्वजनिक र निजी क्षेत्रले सबैलाई फाइदा हुने खुला, साझा आईसिटी प्रतिभा इकोसिस्टम निर्माण गर्न मिलेर काम गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए ।
थाइल्यान्डको स्थानीय आइसिटी प्रतिभा र डिजिटल कार्यशक्ति उत्पादन गर्ने लक्ष्य राख्दै ह्वावेले एसियामा ह्वावे एसियन एकेडेमी (थाइल्याण्ड) को स्थापना ग¥यो । जसले ४१,००० आईसिटी प्रोफेशनलहरूलाई तालिम दिइसकेको छ र १,३०० साना र मझौला उद्यमहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छ । ह्वावेले २० भन्दा बढी थाई विश्वविद्यालयहरूसँग एमओयु हस्ताक्षर गरिसकेको छ ।
डिजिटल संसार द्रुत रूपमा नजिकिँदै गर्दा ह्वावेले डिजिटल समावेशी पहलहरू मार्फत कोही पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्दै डिजिटल ज्ञान र जोखिममा परेका समूहहरूको रोजगारीको सम्भावना बढाउने प्रतिबद्धता जनाएको छ ।
मार्च २०२१ मा ह्वावे थाइल्याण्डलाई “डिजिटल इन्टरनेशनल कर्पोरेशन अफ द इयर” को रूपमा विशेष पुरस्कारका लागि छनोट गरिएको छ । यो अवार्डले ह्वावेलाई उसको अमूल्य सहयोग र थाई समाजमा उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने प्रयासहरूको लागि सम्मान गर्दछ ।
समाचार
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाट अब सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्न सकिने
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर …
सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता
सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्…
इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म
इस्लिङटन कलेजले एफवाईपी शोकेस प्रदर्शनी आयोजना गरेको छ । उक्त पदर्शनीमा अन्तिम वर्षक…
सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने
एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०…
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ?
ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा गरेको छ । आएका आवेदन मध्येबा…
सीटीईभीटीको नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्तिका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७८/७९ मा प्…
नेपाल मेडिकल काउन्सिलले खुलायो लाइसेन्स परीक्षाको फाराम, अनलाइनबाटै यसरी भर्नुहोस्
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आगामी पुस २२ गतेदेखि २४ गतेसम्म हुने भएक…
नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता
नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स(विप्रेषण) सम्झौता भएको छ…
बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर
मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ…
महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्घाटन
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक…
सूचना प्रविधि तथा मिडियालाई एकीकृत रुपमा नियमन गर्नुपर्ने प्रस्ताव, यस्तो छ अध्ययन प्रतिवेदन
दूरसञ्चार, सूचना प्रविधि तथा ब्रोडकास्टिङ सेवाहरुलाई एकीकृत रुपमा नियमन गर्नुपर्ने …
एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड
एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबा…
मिदास टेक्नोलोजीले ल्यायो मोबाइलबाटै अस्पतालमा चिकित्सकको समय लिन सकिने सुविधा
मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन म…
ज्योति विकास बैंकले सुरु गर्यो ओम्नी च्यानल, मोबाइल एप र वेबसाइटबाट अब सबै डिजिटल बैंकिङ सेवा
ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात …
नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ४ कम्पनी शर्टलिष्ट
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात भू-उपग्रह राख्न ४ वटा अन्तर्राष्ट्रिय परामर्श…