कीवर्डहरू -

समाचार

नबिल बैंकमा अब भिडियो कल गरेरै खाता खोल्न सकिने

नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको हो ।

उक्त पोर्टलबाट बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत घरमै बसीबसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत उत्पादन/सेवालाई स्वचालित बनाएको जनाएको छ । कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ बैंकले जनाएको छ ।

नबिल डिजी बैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध,डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदन, अनलायन्स लगायतका सेवा उपलब्ध हुनेछन् । साथै, बैंकले आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले जनाएको छ ।

बैंकका सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आइकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका छन् ।  भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।

भीकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।  त्यसैगरी, नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले आफ्नो प्यान अपलोड गरी भर्जुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् ।

यसका साथै, सोही पोर्टलमाफएत ग्राहक ब्यालेन्स टप–अप पनि गर्न सक्नेछन् । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी)सहित मोबाइल बैंक एपभित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आइकार्ड (भारतीय रुपैयाँबाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

समाचार

अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी

नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि…

मासिक १२५० रूपैयाँमा भायानेटले १७५ एमबिपिएसको इन्टरनेट र टिभी दिने

भायानेटले आफ्ना सेवाग्राहीलाई १२ सय ५० रूपैयाँमै १७५ एमबीपीएस इन्टरनेटसहित भायाट…

एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट 

अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद ग…

वेबसाइट र्‍याङ्किङ हेर्ने अमेजनको एलेक्सा डटकम बन्द हुँदै 

अमेजनले वेबसाइटको र्‍याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ व…

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना क…

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्…

पठाओको जीवन रक्षा कार्यक्रम, तीन सय जना क्याप्टेनलाई स्वास्थ्य प्रशिक्षण

स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’…

डिशहोम फाइबरनेटको अफरः वार्षिक १३ हजार रूपैयाँमा ४० एमबीपीएसको इन्टरनेट र टिभी

डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक…

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकि…

अब जिमेलबाटै अडियो र भिडियो कल गर्न सकिने

अब जिमेल प्रयोग गरेरै अडियो र भिडियो कल गर्न सकिने भएको छ । दुवै आईओएस र एन्ड्रोइ…

नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै

भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ…

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना …

एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा 

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरबीच एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याके…

स्याटेलाइटबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे जनगणना गर्ने तयारी

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्र…

नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्रीन डेभेलपमेन्ट बैंकस…