कीवर्डहरू -

समाचार

शनिबार रिभ्याम्प नेपालको तेस्रो संस्करणः ५० बढी व्यवसाय सहभागी हुने, ३ हजारले अवलोकन गर्ने

रिभ्याम्प नेपालको तेस्रो संस्करण बैशाख १७ गते शनिबार ठमेलको छाया सेन्टरमा आयोजना हुने भएको छ । दिनभर चल्ने यस कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम र व्यवसायहरु तथा प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता रहने छ ।

रिभ्याम्प नेपालमा निःशुल्क प्रवेश गर्न सकिने छ । महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को शुरुमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम फेब्रुअरी २०२१ मा र अगस्ट २०२१ मा भर्चुअल्ली आयोजना गरिएको थियो ।

तेस्रो संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहकहरू, ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरेर हालको संघर्षरत बजारलाई मद्दत गर्ने प्रयत्न गर्नेछ।

फाइब्रो नेपाल र आईडीया जार डिजिटलद्वारा संयुक्त रुपमा आयोजित रिभ्याम्प नेपालको यस तेस्रो संस्करणमा हाम्रोबजार डटकम, सेल पे, हिमालयन जनरल इन्स्योरेन्स, फिनिक्स कलेज अफ म्यानेज्मेन्ट, उपाय सिटी कार्गो, फुड्मान्डु, नेपाल वायुसेवा, सुबिसु, रिलायबल भेन्चर क्यापिटल, जेनिस क्लाउड एकेडेमी, टेक साथी, किताब यात्रा, वेदा एप्, मेरोअड्डा, अप्ट्रेन्ड्ली, सिस्क्युब टेक्नोलोजी, द डेनिस, आर्ट्सियम प्रोड्क्सन, ओहो केक, टिग एप्, माकुरा कृयसन्, हाथी हाथी नेपाल, नेपाल पर्यट्न बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूको साझेदारीमा आयोजना हुँदैछ ।

कार्यक्रममा ५० भन्दा बढी उध्यम-व्यवसायहरुको सहभागिता हुनेछ भने ३००० भन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको छ। रिभ्याम्प नेपाल बिहान साढे १० बजे सुरु भएर साँझ साढे ६ बजे समापन हुनेछ ।

समाचार

महंगा मोबाइल र ३२ इन्चमाथिका टेलिभिजन आयातमा सरकारले लगायो रोक

सरकारले मोबाइल सेट, रंगीन टेलिभिजन लगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ…

बर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई सम्मान गर्दै पठाओ

पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको…

पुराना सफ्टवेयरहरु एप स्टोरबाट हटाउँदै एप्पल

एप्पलले एप स्टोरबाट पुराना सफ्टवेयरहरुलाई हटाउने भएको छ । यसका लागि एप्पलले अहिले…

क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता

वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे …

खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेव…

डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद

१ वर्षको रिचार्ज गर्दा डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । डिशह…

इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्र…

गिरफ्तार हुनुअघि नै ल्यापससले चोरी गरेको थियो टी मोबाइलको सोर्सकोड

ल्यापससका सदस्यहरु गिरफ्तार हुनुअघि ल्यापससले टि मोबाइलको सोर्सकोड चोरी गरेको पाइए…

प्राइभेसी फिचरका बाबजुत पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै आईओएस एप 

आईओएसमा प्राईभेसी फिचरहरु रहेता पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक ग…

चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने

नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छी…

क्यान इन्फोटेकको पाँचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारले गरे अवलोकन

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पाँचौ दिन सु…

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट व…

प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे

डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । …

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थ…

क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य…