समाचार
\'हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड हुन सफल
हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो ।
यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो ।
योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोड संख्यामा डाउनलोड हुने सूचीमा परेका हुन् । यसअघि ‘हाम्रो पात्रो’ एपले यो सफलता पाइसकेको छ ।
एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।
यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ) मोबाइल अनुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउनसक्ने सुविधाका साथ स्टिकर्स र चाहे अनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ ।
‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले भने ।
समाचार
ह्याक्टिभिज्म भनेको के हो ? ह्याकिङभन्दा कसरी फरक छ ?
ह्याक्टिभिज्म शब्द ह्याकिङ र एक्टिभिज्मबाट आएको हो । सामान्यतयाः यसको अर्थ सामाजिक र र…
वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानीको परीक्षण शुरू
नेपालकै एक मात्र वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय …
ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष पुर्याउन दबाब
सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ …
साथीमार्टको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल, अब मोबाईल एपबाट पनि सपिङ गर्न पाइने
२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन…
ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड
शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले …
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ बाट गुणकेशरी प्रधान सम्मानित
नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान एनसेल वुमन आइकन आइसिटी अव…
रियलमी जिटी नियो २ डिएक्सओ मार्क ब्याट्री जाँचको दोस्रो स्थानमा पर्न सफल
रियलमी जिटी नियो २ ले डिएक्सओ मार्क ब्याट्री जाँचमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्…
स्क्रोलिङ र म्यूजिक एपको गति बढाउनका लागि एप्पलको पब्लिक म्याकओएस १२.२ बेटा सार्वजनिक
एप्पलको पब्लिक म्याकओएस १२.२ बेटामा एकदमै छिटो चल्ने म्यूजिक एप रहेको छ । यो एपमा …
७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
७ वटा वित्तिय कम्पनी नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्…
एनसेलको बिजलाइट प्रिपेड प्लान, कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सुविधा
एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि प्रिपेड प्ला…
एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…
नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१
पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बग बाउन्टी प्लेटफर्म बगभीलाई प’रदान गरिएको छ । शुक्…
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई
प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोज…
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान
‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान गरिएको छ । शुक्रबार द स…