कीवर्डहरू -

समाचार

एसईई दिएका विद्यार्थीलाई एनसेलको पहिलो सिम, हरेक रिचार्जमा १ जीबी डेटा बोनस

एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना शुक्रबार वैशाख १६ देखि संचालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् ।

कर सहित मात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्छन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभ सहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरतादिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ ।

विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसंग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन मद्त पुर्याउने विश्वास एनसेलले लिएको छ ।

समाचार

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड २०२२ (पब्लिक सेक्टर) प्रदान गरिएको छ । राष्ट्रिय…

शैक्षिक संस्था डिजिटाइज गर्ने इन्ग्रेल्स प्रालिलाई नेसनल आइसिटी अवार्ड

नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) इन्ग्रेल्स प्रालिलाई प्रदान गरिएको छ । राष्…

साइबर सुरक्षा केन्द्र स्थापनालाई उच्च प्राथमिकतामा राखेका छौंः सञ्चारमन्त्री कार्की

काठमाडौं । व्यवस्थित तथा सुरक्षित साईबर स्पेसका लागि सर…

रोजा किरण बासुकलालाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड 

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ (वुमन) रोजा किरण बासुकलालाई प्रदान गरिएको छ ।…

पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड

इन्जिनियर पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ प्रदान गरिएको छ । राष्ट्र…

कृषिमा प्रविधिको प्रयोग गर्ने चौंलागाईलाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२२ सिबजन चौंलागाईलाई प्रदान गरिएको छ । राष्ट्रिय आ…

सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँ भएको छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउ…

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देशको विकास कठिन छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधिको…

डिजिटल नेपालका लागि २२ अर्ब लगानी

डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको…

डब्लुआईआईटीले आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी)ले गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा ल…

भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय …

वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको अवार्ड

पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । …

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको…

इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, यथासिघ्र समाधान गर्न अनुरोध 

क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।…

भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र

निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आ…