कीवर्डहरू -

समाचार

११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो ।

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ ।

‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ ।

जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् ।

यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुनेछ ।

यस बाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध रहेको छ ।

गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।

समाचार

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । इन्टरनेट तथा सूचना र सञ्चार प्र…

कसले कहाँ कहाँ जिते ? मोबाइलमै यसरी हेर्नुहोस् स्थानीय तह निर्वाचनको परिणाम

गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । देशका अधिकांश स्थानीय …

आईओएस १५.५ र आईप्याड ओएस १५.५ सार्वजनिक

एप्पलले आईओएस १५.५ र आईप्याड ओएस १५.५ सार्वजनिक गरेको छ । कम्पनीले एप्पल क्यास र पो…

सडकको पहुँच भएको ठाउँमा डिजिटल साक्षरता प्रदान गर्ने नास्टको ‘आइसिटी बस’ (भिडिओ)

पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको सुगम कार्यान्वयनक…

यूएसबी सी डुअल पोर्टको परिक्षण गर्दै एप्पल 

एप्पलले आफ्नो पहिलो डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर भएको आइफोनको परिक्षण गर्दै छ …

विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणाली कारोबारको समय सीमा फेरबदल

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्त…

चुनावको दिन पठाओ सेवा बन्द हुने

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुन गईरहेको स्थानीय तह निर्वाचनको दिन पठाओको सेवा स्थगित हुने भएको छ ।

एफवान सफ्टका अध्यक्ष ढकाल शिर्ष १०० ग्लोबल टेक चेन्ज मेकर्सको सूचीमा

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नलका संस्थापक अध्यक्ष विश्वास ढकाल `रो १००: ग्लोबल टेक…

ह्वावेको ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू, भविष्यका लागि ग्रीनर इन्टेलिजेन्ट आविष्कार गर्ने

ह्वावेले गत अप्रिल २६ देखि १९औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू गरेको छ ।…

नयाँ बानेश्वोरमा फ्युज्मेसिन्सको केन्द्रिय कार्यालय उद्घाटन, एआइ प्रविधिमा विश्वस्तरीय सेवा र प्रडक्टमा केन्द्रित हुने

फ्युजमेशिनले काठमाडौँमा नयाँ अफिसको उद्घाटन गरेको छ । कम्पनीले देवकोटा सडक, नयाँ…

असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै, डिजिटल रुपान्तरणका विषयमा छलफल केन्द्रित

काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डि…

विदेशी नेपालीले स्वदेशी आफन्तलाई खाना अडर गर्न सक्ने सेवा ल्याउँदै हाम्रोपात्रो 

काठमाडौं । देशकै लोकप्रिय एकिकृत प्लेटफर्म हाम्रोपात्रो एपले अब अनलाइन फूड डेलिभरी…

तृतीय त्रैमासिकमा ४५ करोडले घट्यो नेपाल टेलिकमको खूद नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८ ७९ को तृतीय त्रैमासिकमा नेपाल टेलिकमको खूद नाफा…

एनसेलको चुनाव लक्षित आकर्षक बोनस डेटा अफर सार्वजनिक

एनसेल आजियाटाले स्थानीय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । …

बुटवलमा डिशहोम फाईबरनेटको सोरुम सुचारु

डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल…