कीवर्डहरू -

समाचार

इसेवाको अध्यक्षमा परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।  बैंक तथा वित्तीय क्षेत्रमा परिचित कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैँक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएको कम्पनीले जनाएको छ।

बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सम्हालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टान्डर्ड चार्टड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए ।

त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।

सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी  तालिम प्रदान गर्दै  आएका छन् ।

इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने ‘ डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।  डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मुल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ’ ।

समाचार

 पिक्चर इन पिक्चर भिडियोमा फायरफक्स १०० ले सबटाइटल सपोर्ट दिदै

फायरफक्स १०० ले पिक्चर इन पिक्चर भिडियोका लागि सबटाइटल सपोर्ट ल्याएको छ । डेस्कटप ब्…

एनएमबि बैंकका ग्राहकलाई  यो यो जिपलाईनमा भिजा कार्ड मार्फत भुक्तानी गर्दा १२ प्रतिशत सम्म छुट

एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्दे…

ग्लोबल एजुरे २०२२ आयोजना गर्दै नेपाल क्लाउड प्रोफेस्नल र टेक वेबिनार नेपाल

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ …

नेपालको रिटेल चेनमा पहिलोपटक साथीमार्टको १०० औं शाखा, अनलाइनबाट पनि खरिद गर्न सकिने

२०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै 'फास्टेस्…

चुनावलाई लक्षित गर्दै टेक्नोरियोले ल्यायो बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ सेवा

सूचना प्रविधि कम्पनी टेक्नोरियो इंकले चुनाव लक्षित बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ …

फ्लाईट र होटेल खोज्न गूगलले थप्यो नयाँ फिचर

गूगलले फ्लाईट र होटेल खोज्नका लागि केही फिचरहरु थप गरको छ । फिचरमा उडानको पैुन …

चिप निर्माता स्टार्टअप रिभोसले आफ्नो व्यवसायिक सेक्रेट चोरेको एप्पलको आरोप

एप्पलले एक चिप निर्माता स्टार्टअपलाई आफ्नो व्यवसायिक सेक्रेट चोरेको भनेर मुद्दा हालेक…

अब इन्टरनेट बन्द नहुने, भुक्तानीका लागि मन्त्रालयले विदेशी मूद्रा सिफारिस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तराष्ट्र्रिय ब्याण्डविथका लागि डलर स…

डिशहोमको रिचार्ज गर्ने एकजनाले जिते १ लाख नगद

१ वर्षको रिचार्ज गर्दा डिशहोमका एक ग्राहकले एक लाख रुपैयाँ नगद जितेका छन् । डिशहोम…

खाना पकाउने ग्यास तथा दाउराभन्दा विद्युतीय प्रेसर कुकरमा खाना पकाउँदा आधा सस्तो

भान्सामा विद्युतीय ऊर्जाको खपत बढाउन जागरण, प्रविधिको सहज उपलब्धता र मर्मतसम्भार गर्न…

‘डिजिटल नेपाल फ्रेमवर्क’लाई सुधार गर्न जोड  

काठमाडौं । सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनलाई प्रभावकारी…

इन्टरनेट बन्द हुने चेतावनीप्रति आयोगको गम्भिर ध्यानाकर्षण, त्यस्तो अवस्था आउन नदिन निर्देशन

निर्वाचन आयोगले नेपालमा इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै इन्टरनेट सेवा प्रदायकले द…