समाचार
ओप्पो रिसर्च ईन्स्टिच्युटले ४ लाख ६० हजार डलर अनुदान दिदै, प्रस्ताव गर्न आह्वान
प्राविधिक कम्पनी ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ । यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई सशक्त तथा थप उर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम श्रृजना तथा समाधान निस्कने विश्वास लिइएको छ ।
यस ईनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च ईन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ । यो कार्यक्रम मार्फत सबै प्रविधि व्यावसायीहरुलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्वपूर्ण समस्याहरु समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित, ओप्पोले पहुँच योग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ । सहभागी टोली वा व्यक्तिहरु द्वारा पेश गरिएका प्रस्तावहरुको मुल्याङ्कन पछि दसवटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० डलरको अनुदान प्रदान गरिनेछ, साथै लगानीका अवसरहरु, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरु प्रदान गरिनेछ ।
ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भने, ‘ओप्पोले भर्टुअस ईनोभेसन’ को धारणामा गहिरो विश्वास गर्छ । हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा, मानिसहरुलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्याहरु समाधान गर्ने प्रयास गरिरहेका छौँ ताकि हामी सबैका लागि राम्रो सँसार श्रृजना गर्न सकौँ” जनसङ्ख्या वृद्वि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजन जस्ता विश्वव्यापी समस्याहरुको गम्भीरतासँगै हामीले प्राविधिक शक्ति प्रयोग गरेर यी समस्याहरु समाधान गर्न समान विचारधाराका अविष्कारहरुलाई सशक्त बनाउन ईनोभेसन एक्सेलेटर शुरु गरेका छोँ ।
ओप्पोले समान विचारधाराका साझेदारहरुसँग मिलेर “ईन्सिपेरेशन अहेड” स्पिरिट प्रदान गर्दछ । २०२० को शुरुवात देखि विश्वव्यापी कोभिड–१९ महामारीले विश्वभरका अरबौं मानिसहरुको जीवनलाई बाधा पु¥याएको छ ।
एकै समयमा, प्रविधिको दु्रत विकासले केही समूहहरुलाई बेफाइदा सहित पछाडी छोड्दैछ, परिणाम स्वरुप उनीहरुका लागि नयाँ चुनौतिहरु सिर्जना गर्दछ ।
‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर द वल्र्ड’ को ब्रान्ड मिशन मार्फत समाजप्रतिको आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई हृदयंगम गरी ओप्पोले यी र यस्तै अन्य समस्याहरुलाई प्रविधि मार्फत सम्बोधन गर्ने आशा राख्दछ ।
भच्र्युअस ईनोभेसन निरन्तरताको माध्यमबाट, ओप्पोले व्यापक प्रयोगकर्ता र एप्लिेकेसनहरु सहित पहुँचयोग्य प्रविधि, डिजिटल स्वास्थ्यमा समृद्ध अनुभव र विशेषज्ञता हासिल गरेको छ ।
कलरओएस अपरेटिङ सिस्टम र अन्य उत्पादनहरुसँग, ओप्पोले वृद्ध प्रयोगकर्ताहरुका लागि विशेष रुपमा अनुकुलित प्रयोगकर्ताको ईन्टरफेस पनि प्रस्तुत गरेको छ । यसले प्रयोगकर्तालाई प्रविधिको फाइदा र सुविधाको आनन्द लिन सक्षम पारेको छ ।
विश्वव्यापी प्रयोगकर्ताहरुमाझ स्वास्थ्य व्यवस्थापनलाई सहज बनाउन ओप्पोले हार्डवेयर सफ्टवेयर दुवैमा नवीन डिजिटल स्वास्थ्य उत्पादनहरु विकास गर्न व्यावसायिक चिकित्सा संस्थाहरु र खेलकुद प्रतिष्ठानहरुसँग साझेदारी गर्दै ओप्पो हेल्थ ल्याबको स्थापना गरेको छ ।
आफ्नो अनुसन्धान र विकास मार्फत ओप्पोले निवारक स्वाथ्य सेवा मार्फत मानिसहरुको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने आशा राखेको छ ।
ओप्पोलाई थाहा छ की एकल संगठनको रुपमा विश्वलाई परिवर्तन गर्ने आफ्नो शक्ति सिमीत छ । ईनोभेसन एक्सेलेटर मार्फत ओप्पोले अन्य समान विचारधारा भएका व्यक्तिहरु र संस्थाहरुसँग सम्भावित समाधानहरु पहिचान गर्न र विकास गर्नका लागि जोडिने आशा राखेको छ ताकी तिनीहरुले सबैभन्दा बढी आवश्यकता भएकाहरुलाई फाइदा दिन सकुन ।
ओप्पोले ईनोभेसन एक्सेलेटरलाई दीर्घकालिन प्लेटफर्ममा निर्माण गर्न चाहन्छ जसले विश्वभरका उत्कृष्ट समाधानहरु निकाली सार्वजनिक मुद्दाहरुलाई सम्बोधन गर्दछ ।
समाचार
सुर्खेतमा सम्पन्न भयो डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट
कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ ।…
आईतबार पनि अब ई-पासपोर्ट पाइने
अब आईतबार पनि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी पाइने भएको छ । राहदानी विभागले…
फोनपे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुँदै
मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन प…
ह्वावे क्लाउड बन्यो एशिया प्यासिफिक क्षेत्रको सबैभन्दा छिटो बढ्ने क्लाउड प्रदायक
मे १९ मा एसिया–प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा सुरु भयो । ह्वाव…
सहजको इन्क्युबेसनबाट छनौट भए ८ कृषि व्यवसाय, ‘डेमो डे’ मा प्रस्तुत गरे व्यवसायिक आईडिया
काठमाडौं । नेपाल कृषि बजार विकास कार्यक्रम एनएमडीपी द…
पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृति र सम्मान
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जि…
फोर्ब्स थर्टी अन्डर थर्टी एशियाको सूचीमा नेपालका ५ जना युवा
फोर्ब्सको थर्टी अण्डर थर्टी एशियामा नेपालका ५ जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले ह…
विन्डोज ११ मा अब तेस्रो पार्टी विजेट उपलब्ध हुने
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्नो ‘अल्ट्रा–फाई लाईन’ प्र…
चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्दै सामसङ
सामसङ्गले चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्ने भएको छ । आफ्नो कार्यक्षे…
सुर्खेतमा बिहीबार डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट आयोजना हुँदै
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ । आईसि…
राइड शेयरिङ एप इनड्राइभरको सेवा काठमाडौंमा सुरू, छिट्टै देशका प्रमुख शहरमा विस्तार हुने
अन्तर्राष्ट्रिय राइड शेयरिङ प्लेटफर्म इनड्राइभरले नेपालको सबैभन्दा ठूलो शहर काठमाडौंम…
२०७९/८० को नीति तथा कार्यक्रमः के के छन् सूचना प्रविधिका कुरा ?
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्…
खल्तीमा एनसीसी बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस
खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैं…
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउइने
सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने भएको छ ।
<…