समाचार
आइसिटी अवार्डमा आवेदन दिन चारदिन बाँकी, यसरी दिनुहो्स अनलाइनबाटै आवेदन
चार दिन पछि छैठौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन बन्द हुने भएको छ । आगामी भदौ १५ गतेसम्म विभिन्न ११ विधामा अनलाइनबाट आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा गत असार ८ गते नोमिनेशन खुला गरिएको थियो ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्ड २०२१ मा आवेदन दिन यहाँ क्लिक गर्नुहोस् र कुन विधामा आवेदन दिने हो सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनु होस् ।
कुन विधामा कसले दिने आवेदन ?
स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
प्रडक्ट आइसिटी अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।
२०७७ वैशाखदेखि २०७८ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।
पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ ।
नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ ।
आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ ।
वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ ।
डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ ।
डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । निजी स्कुल, कलेज तथा शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर)
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् ।
समाचार
खगोल विज्ञानमा अनुसन्धान गर्न दुबईको एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदान…
उद्यमशीलता विकासका लागि पाँचखाल र पनौती नगरपालिकासँग नबिल बैंकको सहकार्य
नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्त…
‘स्मार्ट चाइना एक्स्पो २०२१’ मा ओप्पोले प्रदर्शन गर्यो नयाँ म्यागभोक सिरिज र इन कार प्रविधि
ओपोले ‘स्मार्ट टेक्नोलोजीः इम्पावरिंग इकोनोमी, एनरिचिंग लाइफ’ थिममा अगस्ट २३ देखि…
दशौँ जन्मोत्सवको अवसरमा फेसबुक मेसेन्जरले ल्यायो नयाँ फिचरहरु
फेसबुक मेसेन्जरले आफ्नो दशौँ जन्मोत्सवमा नयाँ फिचरहरु ल्याएको छ । फेसबुकले मेसेन्जर…
अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु
कुवेतको ख्याति प्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स…
अनलाइनबाटै मेसिन लर्निङ र डेटा साइन्समा पाँच दिने वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
अनलाइनबाटै आगामी सेप्टेम्बर १५ देखि १९ सम्म मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्…
साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर
साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई…
एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर
एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँ…
कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट
कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत सम्मको …
बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने
बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सिधै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा लिंक अन…
खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर
खल्ती डिजिटल वालेटले टिकटक बनाएर ५ हजार जित्ने अफर सार्वजनिक गरेको छ । खल्ती दिइरहेको १० प्रतिशत क्यास ब्याक अफरलाई…
स्पेसएक्सले ढुवानी गर्यो एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल
स्पेसएक्सले एक लाख स्टारलिकं उपग्रह इन्टरनेट टर्मिनल ढुवानी गरिसकेको छ । स्पेसएक्सका …
गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोरमा रेटिङ राख्ने
गूगलले नोभेम्बर देखि स्थानीय आधारमा प्ले स्टोर रेटिङ राख्ने भएको छ । एन्ड्रोइड वा आई…