समाचार
खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ ।
सोमबार एक कार्यक्रमका बीच फोनपेकातर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए ।
'हामी दुबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो,' उनले भने 'क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्धत पुग्नेछ।'
यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले यससहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाख भन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुने बताए ।
'यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ,' उनले भने, 'हामी दुबैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दैछौं।'
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
सन् २०१७ मा आफ्नो सेवा सुरू गरेको खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नविन पहिचान बनाउन सफल ब्रान्डहो ।
२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन शपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ ।
यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’लेयोगदान दिँदै आएको छ।
समाचार
जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई
स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफा…
रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा
अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परि…
संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ?
एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरे…
एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न १९ वर्षिय युवाले मागे ५० हजार डलर
१९ वर्षीय ज्याक स्वीनीले एलन जेट नामक ट्वीटरबट निर्माण गरेका छन् । यसले एलन मस्कको न…
प्रतिबन्धका बाबजुद पनि विश्वका शीर्ष १० मूल्यवान ब्राण्डको सूचीमा ह्वावे
सूचना प्रविधि कम्पनी ह्वावे विश्वका १० मूल्यवान ब्राण्डभित्र पर्न सफल भएको छ । सन् २०२२…
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा …
एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने
सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने भएको छ । यो फिचर एन्ड्रोडका …
जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर
आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने …
विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने
मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी …
५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’
युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन …
विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा मोबाइल फाेन चलाउन राेक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित कामम…
नेपाली भाषामा पनि प्रकाशित भयो बिटकोइन ह्वाइट पेपर
नेपाली भाषामा पनि बिटकोइन ह्वाइट पेपर प्रकाशित भएको छ । यो ह्वाइट पेपर नेपाली यु…
महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ
महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।…
क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस
क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिनासम्म बोनस पाइने भएको छ । क्लासिक टेकका ग्…