समाचार
नेपालमा पनि मनाइयो विश्व दूरसञ्चार दिवस, डिजिटल रुपान्तरणमा जोड दिन सरोकारवालाको आग्रह
कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ मा का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको थियो ।
प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागिहरुले अहिलेको परिस्थितिमा डिजिटल रुपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा विज्ञबाट कार्यपत्र प्रस्तुति र प्यानल डिस्कसन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझाबका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए ।
उनले अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने बताए । ‘अहिले दूरसञ्चारर क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘कोभिड विभिन्न चरणमा आउने छन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं । मानवसेवाका निम्ती एकजुट हौं ।’
त्यस्तै, कार्यक्रम आयोजकका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्धताको खाचो रहेको बताए ।
‘प्रतिवद्धता लिएर योजनावद्ध रुपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनु पर्छ ।’
नेपालमा डिजिटल रुपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै यसलाई सफल पार्न कानुनी रुपमा बाध्यकारी बनाउनु पर्ने विचार राखेका थिए ।
‘कानुनले बाध्यकारी नबनाउँदासम्म यसमा प्रफेक्ट हुन गाह्रो छ,’ अध्यक्ष खनालले भने, ‘बाध्यकारी बनाएर नीति लागु गर्नुपर्छ ।’
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेको प्रति सजग गराए ।
‘कोभिडको बेलामा सबैभन्दा ठूलो कुरा सूचना प्रविधि रहेछ भन्ने महसुस भएको छ,’ उनले भने, ‘यो बेला अन्य कुनैपनि पूर्वाधारले काम नगरेको बेला सूचना प्रविधि पूर्वाधारले काम गर्दो रहेछ ।’
सबैभन्दा ठूलो भनेको सूचना तथा सूचना प्रविधिको पूर्वाधार हो भन्ने प्रमाणित भएको उनले बताए । यस्तो महत्वपूर्ण क्षेत्रलाई विकास गर्न सहर र ग्रामिण क्षेत्रबीचको ग्याप कम ल्याउनु पर्नेमा जोड दिए । यसले राज्यमा सुशासन कायम गर्न सहयोग गर्ने बताए ।
कार्यक्रममा आईटीयूका महासचिव हौलिन जाओले पठाएको सन्देश सुनाइएको थियो । कार्यक्रममा आइसिटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
भट्राईले नेपालमा डिजिटल रुपान्तरणको लागि विभिनन योजनाहरु बने पनि त्यसमा अझै स्पष्टता भइनसकेको र त्यसलाई स्पष्ट पार्नु पर्ने बताए ।
उनले सरकारले सहजकर्ता भूमिका खेल्नु पर्ने र निजी क्षेत्रलाई अगुवाको भूमिकामा राख्नु पर्ने विचार व्यक्त गरे । यस क्षेत्रमा निजी क्षेत्र अगाडि बढ्न नसकेको बताए ।
नीति नियम बनाउँदा अलि अध्ययन गरेर बनाउनु पर्ने र यसमा राजनीतिक प्रतिवद्धता पनि जायर हुनुपर्नेमा जोड दिए ।
यसैगरी, ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा प्यानल डिस्कसनसमेत भएको थियो ।
प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका डिप्युटी गर्भनर बम बहादुर मिश्र, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी र उद्योग वाणिज्य महासंघ, आइसिटी विकास समितिका सभापति मंगेशलाल श्रेष्ठको स्रोत व्यक्तिको रुपमा सहभागिता रहेको थियो ।
छलफलमा सहभागी हुदै अधिकारीले नेपालमा दूरसञ्चार क्षेत्रमा धेरै राम्रो काम भइरहेको र नयाँ नयाँ प्रविधिको परीक्षण भएको बताए ।
भण्डारीले राष्ट्रिय योजना आयोगले १५ औं योजनाले सूचना प्रविधि क्षेत्रलाई विशेष ध्यान दिएर अगाडि बढाएको बताए । सबै नागरिकमा सञ्चार पहुँच पुर्याउने, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्योग सञ्चालन गर्ने नीति लिएको बताए ।
उनले दूरसञ्चार क्षेत्रको विकासको लागि ‘कनेक्टिभिटी’ सबैभन्दा ठूलो कुरो भएकोमा जोड दिए । कोभिडको कारणले संसारमा डिजिटल प्रविधिको आत्मसाथ २० देखि २५ प्रतिशत बढी भइरहेको तथ्यसमेत राखेका थिए ।
‘फाइनान्सियल’ सेवाका रुपमा अगाडि बढ्न पेमेन्ट सेवा पनि सुरु गर्न लागेको जानकारी गराए । यो विषयम परिस्थितिले सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने जोड दिएको बताए ।
त्यस्तै, प्राधिकरणबाट अर्यालले मुलुकको दूरसञ्चार विकासमा विभिन्न तरिकाबाट काम भइरहेको भन्दै अहिलेको स्तरमा अझ सुधार गर्न आवश्यक रहेको बताए ।
एक दशकमा नेपालमा दूरसञ्चार क्षेत्रमा ठूलो फ्टको मारेको उदाहरण दिदै यसमा अझ सुधार गर्न विभिन्न योजना अगाडि बढेको बताए ।
त्यस्तै, मंगेशलाल श्रेष्ठले मुलुकमा डिजिटल इकोनोमी हुनुपर्ने भन्दै निजी क्षेत्र र सरकारी सँगसँगै कसरी जान सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, मिश्रले नेपालमा आर्थिक डिजिटलमा भइरहेका काम बारे विस्तृत रुपमा प्रस्तुत गरेका थिए । उनले उपभोक्तालाई सस्तो, सुलभ र सजिलो प्रविधि प्रयोग गर्न कसरी सकिन्छ भन्ने महत्वपूर्ण रहेको बताए ।\\
‘हामी पूर्ण डिजिटाइज तिर जान्छौं,’ उनले भने, ‘तर यसको लागि विभिन्न तहगत रुपमा विकास हुदैजानेछ ।’ त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले टेक्नोलोजीलाई प्राथमिकता दिनु पर्ने बताए ।
सरकारले दिइरहेको डिजिटल सेवालाई एउटै प्लेटफर्ममा एकीकृत रुपमा ल्याउनु पर्ने बताए । उपभोक्तासम्म कसरी डिजिटल एप्लिकेसन पुर्याउन सकिन्छ, मूल्य घटाउने र सेवा वृद्धि गर्ने कसरी गर्न सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमा सहभागी हुदै नेपाल इन्टरनेट व्यसायी संघका तर्फबाट सुधिर पराजुलीले दूरसञ्चार क्षेत्रको विकासको लागि लागत मूल्य घटाउनु पर्ने बताए ।
नेपालमा अहिले पनि इन्टरनेटमा ४६ प्रतिशतभन्दा धेरै कर लागिरहेको भन्दै जसरी लागत कमगर्न सकिन्छ त्यसैअनुसार सेवा सस्तो बनाउन सकिने बताए ।
सन् २००६ देखि हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूरसंचार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइदै छ ।
नेपाल सन् १९५७ डिसेम्बरमा आइटियुको सदस्य राष्ट्र भएको थियो । सूचना प्रविधिको प्रयोगलाई अधिकतम जोड दिदै ग्रामिणक्षेत्रसम्म डिजिटल कनेक्टिभिटी तथा फाउण्डेशनको विकास गर्दै डिजिटल डिभाइड कम गर्दै लानु यस दिवसको उदेश्य रहेको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा २ सय ५० बढिको उपस्थिती रहेको थियो ।
समाचार
‘सेल्फी विथ डटर अभियानको सोच सलमान खानको सेल्फी ले ले रे भन्ने गीतबाट आएको हो’
सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता ट…
घरमै औषधिको डेलिभरी गर्दै हाम्रो मेडिकल सेवा, टेलि-मेडिकल सेवाको पनि सुविधा
हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुविधा लिन सकिने र घरैम…
भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ
नेपाल टेलिकमले आज सोमाबरदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको…
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विज्ञबाट कार्यक्रपत्र प्रस्तुति र ‘प्यानल डिस्कसन’ हुने
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विशेष कार्यक्रम गर्दै छ । …
कहाँ कहाँ प्रयोग गर्न सकिन्छ टेलिकमको भीओएलटिई सेवा ?
नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण…
आजदेखि टेलिकमको भीओएलटिई परीक्षण, यी फोनमा चल्नेछ भीओएलटिई
नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण…
फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न साओमी नेपालको आग्रह
साओमी नेपालले आफ्ना फ्यानहरुलाई फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न आ…
सरकारलाई महावीरको सुझाबः बिग्रेका प्लान्ट बनाऊ, अक्सिजन कन्सनट्रेटर छिटो ल्याऊ
अस्पतालहरुमा अक्सिजनको महामारी भएपछि सरकारले अन्य स्रोतहरु खोज्न थालेको छ । यसैबी…
प्राधिकरणले सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विशेष कार्यक्रम गर्ने
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष …
गूगल प्ले स्टोरमा नागरिक एप ५ लाख डाउनलोड
नागरिक एप गूगल प्ले स्टोरमा ५ लाख डाउनलोड भएको छ । गत माघ २ गते बेटा भर्सनको रूप…
कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड बढी फिरौती रकम
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याक…
एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…
फेसबुक सामग्री समीक्षकः प्रत्येक दिन डरलाग्दो अनुभव
फेसबुकमा काम गर्ने एक जना सामग्री समीक्षक (फेसबुक मोडेरेटर)ले संसदीय समितिमा पहि…
चीनियाँ यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण, अमेरिका पछि यान अवतरण गराउने दोस्रो देश
मंगल ग्रहमा चीनियाँ यान सफलतापूर्वक अवतरण गरेको छ । बेइजिङको समय अनुसार २४० किल…
साथीमार्टले बिर्तामोडमा पनि नि:शुल्क होम डेलिभरी गर्ने
अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालक…