समाचार
माइक्रोसफ्टले सार्वजनिक गर्यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस
माइक्रोसफ्टले क्लाउडमा आधारित विन्डोज ३६५ ओएस सार्वजनिक गरेको छ । माइक्रोसफ्टले अब विन्डोज अपरेटिङ प्रणालीलाई क्लाउडमा आधारित सेवामा परिणत गरेको छ ।
यसले गर्दा बिजनेस एपहरुलाई सजिलै प्रयोग गर्न सकिन्छ । यो सेवालाई माइक्रोसफ्टले विन्डोज ३६५ नाम दिएको छ र यो फिचर अगस्त २ मा रोल आउट हुनेछ ।
यो फिचरलाई तपाईसँगै भएको पिसीबाट क्लाउडको मद्दतले पहुँच पाउन सकिनेछ । यसका लागि एचटीएमएल ५ चल्ने वेब ब्राउजर भने चाहिन्छ ।
यो फिचरले विशेषगरी विद्यार्थी र व्यवसायीहरुलाई सहयोग पुर्याउँनेछ । प्रयोगकर्ताहरुबाट जहाँ बसेर पनि छिटो र सहज रुपमा पिसी प्रयोगको माग गरेर कम्पनीलाई प्रतिक्रिया आएपछि माइक्रोसफ्टले यो क्लाउडमा आधारित भर्सन उपलब्ध गराएको हो ।
यसले कर्मचारीहरुलाई हाइब्रिड वर्क पनि गर्नलाई सहज बनाउने छ । यसलाई ठूलो आईटी डिपार्टमेन्ट नराखिकनै सानो व्यवसाय तथा विद्यालयहरुले पनि प्रयोग गर्न सक्छन् ।
विन्डोज ३६५ ले माइक्रोसफ्ट ३६५, डाइनामिक ३६५ र पावर प्लेटफर्म जस्ता व्यवसायीक एपहरुलाई पनि सपोर्ट गर्ने माइक्रोसफ्टले बताएको छ । यसमा क्लाउड पिसीको व्यवस्थापन र नीति नियम मान्नका निम्ति माइक्रोसफ्ट एण्डपोइन्ट म्यानेजर पनि प्रयोग गर्न सकिनेछ ।
विन्डोज ३६५ एण्डपोइन्ट एनालाइटिक्ससँगै आउने गर्दछ जसले नेटवर्कमा इन्टरनेट कनेक्सनको अवस्था हेर्न दिन्छ । रिमोट रुपमा पहुँच गर्न दिएसँगै विन्डोज ३६५ मा जिरो ट्रस्ट भन्ने पनि फिचर रहेको छ जसले मल्टि फ्याक्टर अथेन्टिकेसन पनि दिने गर्दछ ।
त्यस्तै यसमा माइक्रोसफ्ट डिफेन्डर प्रयोग गरेर सुरक्षा अझै बढाउन पनि सकिन्छ । यो भर्सनको विकास गत वर्ष देखिनै भईरहेको थियो ।
यो फिचर एप्पल र अल्फाबेटमा पहिले देखि भएकले यो फिचरले माइक्रोसफ्टको प्रयोगकर्तालाई पनि एकदमै सहयोग पुर्याउने बताइएको छ ।
समाचार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मोबाइल एप, यस्ता छन् सुविधा
नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित एक भर्चुअल …
विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान
टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको …
इन्स्टाग्राममा अब नयाँ सुविधा, जसले गर्नेछ अकाउन्ट सुरक्षित राख्न मद्दत
इन्स्टाग्रामले सेक्युरिटी चेकअप नामक नयाँ फिचर ल्याएको छ । यसले ह्याक भएपछि पनि इन्…
कलर ओएसका प्रयोगकर्ताले अब अमेजन क्लाउडमा स्टोरेज सुविधा पाउने
ओपोले आफ्नो कलर ओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर ई…
डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)
डिशहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक गरेको छ । डिशहोम …
अनलाइनबाटै यसरी दिनुहोस् ग्लोकल टिन हिरोमा आवेदन
सातौं संस्करणको वाई वाई ग्लोकल टिन हिरोका लागि केही दिनअघि आवेदन खुल्ला भएको थिय…
अब विश्वका सय देशमा युट्युब शर्ट्स उपलब्ध
युट्युब शर्ट्स विश्वका सय देशमा उपलब्ध भएको छ । गत वर्ष भारतमा र सन् २०२१ मा अमेरिका…
साओमीले सार्वजनिक गर्यो ६७ वाटको फास्ट चार्जर, सबै खालका डिभाइसमा प्रयोग गर्न सकिने
साओमीले भारतमा ६७ वाटको सोनिक चार्ज ३.० फास्ट चार्जर सार्वजनिक गरेको छ । सबैखाले …
क्लाउड साइबर सुरक्षा कम्पनी रिस्क आईक्यू खरिद गर्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले रिस्क आईक्यू नामक क्लाउड साइबर सुरक्षा कम्पनी किन्ने भएको छ । यो कम्पनील…
गूगलले फाइल र फोटोहरु सिंक गर्न सार्वजनिक गर्यो नयाँ ड्राइभ डेक्स्टप एप
गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ डेक्स्टप एप सार्वजनिक गरेको छ । यसले ड्…
आईफोनमा उपलब्ध भयो नागरिक एपको नयाँ अपडेट, आफ्नो सवारीसाधन र करको जानकारी हेर्न सकिने
आईओएसका लागि नागरिक एपले नयाँ अपडेट सार्वजनिक गरेको छ । नागरिक एपको पछिल्लो आईओ…
नेपाल बंगलादेश बैंकले वितरण गर्यो किसान कृषि लोन कार्ड
नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लो…
३७ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले वीर अस्पताललाई हस्तान्तरण गर्यो अक्सिजन प्लान्ट
नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक…
सामसङले वेबमा सार्वजनिक गर्यो टिभी प्लस स्ट्रिमिङ सेवा
सामसङले वेबमा टिभी प्लस स्ट्रिमिङ सेवा सार्वजनिक गरेको छ । यो लाइभ र लिनियर प्रोग्र…
नयाँ प्रो ईयरबड सार्वजनिक गर्दै वानप्लस
वानप्लसले नयाँ प्रो इयरबडमा काम गरिरहेको छ । यो हेडफोन सस्तो नै हुने अनुमान गरिए…