कीवर्डहरू -

समाचार

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने, यसरी लिनुहोस् परामर्श

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने भएको छ । नेपालकै पहिलो अनलाईन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप मार्फत निःशुल्क कोभिड परामर्श लिन सकिने भएको हो ।

यसअघि कम्पनीले मोबाइल एपबाट चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गर्दै आएको थियो । कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको हाम्रो डक्टरका सिईओ उद्धवराज भेटुवालले बताए ।

हाम्रो डक्टरको मोबाइल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ । मोबाइल एप डाउनलोड गरेपछि एप भित्र भएको परामर्श सेक्सनमा गएर कोरोना कल्सल्टेशनमा प्रयोगकर्ताले निःशुल्क चिकित्सकहरुसँग परामर्श गर्न सक्नेछन् ।

एकपटक सुरु गरेपछि सातदिनसम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्टहरु पठाउन र निगरानीमा रहन सक्नेछन् ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेको ठाउँ र मानिसलाई लक्षित गर्दै कोरोना सम्बन्धी जानकारी र परामर्श लिनका लागि डाइरेक्ट ३ वटा हटलाईन सेवा पनि सुरु गरेको छ ।

९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरि कोरोना भाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

हाम्रो डक्टर मोबाइल एप सन् २०१६ बाट सञ्चालनमा आएको हो । यसबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिन सकिन्छ ।

हाम्रो डक्टरको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड फोनका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएस फोनका लागि यहाँ क्लिक गर्नुहोस् ।


समाचार

निषेधाज्ञाको समयमा लुमिसनको इन्भर्टर र ब्याट्रीमा समस्या आए यो नम्बरमा फोन गर्नुहोस्

लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता…

स्पेसएक्सले डोजक्वाइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने

स्पेसएक्सले डोगेकोइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने भएको छ । क्यानेडाको …

नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै

डिजिटल नेटवर्क सोलुसनले नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा…

ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल

शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनि…

स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस

स्मार्ट टेलिकमले रिचार्जमा ४ गुणा सम्म बोनस सुविधा योजना ल्याएको छ । ५० देखि १ हजा…

ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’

मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्‍याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमे…

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाईथन प्रोग्रामिङ सिकाउने भएको छ । यो निःशुल्…

चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना

चीनको फाइभ बि रकेटको फुटेको भाग गएर हिन्द महासागरमा खसेको छ । माल्दिभसको पश्चिम …

आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत

आईओएस १४.५ को फिचर आएपछि अमेरिकामा कुल ४ प्रतिशत आईफोन प्रयोगकर्ताले मात्रै एप ट्र…

निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प

मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।

एनसेलको आकर्षक योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफो…

युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि 

विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।

<…

फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी

फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ। नेपालमा…

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । शुक्रबार उक्त इन्धन प…

टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन…