अपडेट
एआई स्टार्टअप कम्पनी डकसुमोले उठायो ४३ करोड बीउ पूँजी, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य
एआई स्टार्टअप कम्पनी डकसुमोले करिब ४३ करोड रूपैयाँ लगानी उठाएको छ । सन् २०१९ मा स्थापना भएको डकसुमोले बीउ पूँजीको रूपमा ४३ करोड रूपैयाँ उठाएको हो ।
डकसुमो युवा नेपाली डाटा वैज्ञानिक विक्रम दाहाल र उनका भारतीय साथी रुषभ सेठले संस्थापक गरेका थिए । नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चान भएकाले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्ने कम्पनीले जनाएको छ ।
अहिले फण्डिङ राउन्डमा फ्प्थि वाल, एर्बर रियालिटी ट्रष्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटल सहभागिता भएका थिए ।
नयाँ लगानी नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक-आधार बढाउन प्रयोग गर्ने योजना रहेको कम्पनीले बताएको छ ।
नयाँ लगानीलाई सेवा विस्तार र जनशक्तिमा प्रयोग गरिने डकसुमोका संस्थापक विक्रम दाहालले बताए । ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन्,’ उनले भने, ‘हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुर्याउने योजनामा छौं । हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’
पछिल्लो १२ महिनामा डकसुमोले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र आम्दानीमा ६ गुणा वृद्धि गरेको छ ।
यसले हाल संयुक्त राज्य अमेरिका र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ । डकसुमोले यसअघि प्रि-सीड राउन्डमा २ लाख २० हजार अमेरिकी डलर लगानी उठाएको थियो ।
कमन ओसीयनका जनरल पार्टनर इगोर युलिसले आफुहरूले पोर्टफोलियो कम्पनीहरूमा डकसुमोको प्रविधि प्रयोग गरेको र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित प्रभावकारी रहेको बताए ।
नयाँ लगानीसँगै ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणीकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डर राइटिङका लागि डेटा र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको कम्पनीका अर्का संस्थापक रूषभले बताए ।
उनले भने, ‘कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई-फिकेशनलाई अगाडि बढाएको छ । यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन् ।’
अपडेट
नेपाल बैंकका ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा छुट
नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशत छुट हुन…
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्…
नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्मले अब अनुमति लिनुपर्ने (नियमावलीसहित)
अब नेटफ्लिक्स, अमजेन प्राइम, सोनी लिभ, हट स्टार जस्ता ओभर दी टप (ओटीटी) प्लेटफर्मले …
एफवान सफ्टका केही रोचक तथ्य
नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनी हो ‘एफवानसफ्ट’ …
एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदाय…
ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमले पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालन…
सजिलो मर्मत सेवामा ट्रु नर्थ एशोसिएट्सले १० करोड लगानी गर्ने
ट्रु नर्थ एशोसिएट्सले सजिलो मर्मत सेवामा १०० मिलियन अर्थात १० करोड रूपैयाँ लगानी ग…
विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया
नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बु…
वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने
नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…
हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल
हाम्रो पात्रोले आफ्नो फेलोशीप प्रोग्रामका लागि मागेको विद्यार्थीहरुको सूची सार्वजनिक …
३० रुपैयाँ प्रतिदिनमा डिशहोमको १०० एमबिपिएसको इन्टरनेट
डिशहोम फाइबरनेटले १०० एमबिपिएसको इन्टरनेट करिब ३० रुपैयाँ प्रतिदिनमै उपलब्ध गराइ…
हल्ट प्राइज एसएमसीको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेल सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको मिनी एक्सीलेरेटर बिजनेश…
मोबाइल चोरी गर्ने २ जना पक्राउ
काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल…
नमस्ते पेमा अब डेबिट तथा क्रेडिट कार्डबाटै पैसा लोड गर्न सकिने
अब डेबिट तथा क्रेडिट कार्डबाट मोबाइल वालेट नमस्ते पेमा पैसा राख्न सकिने भएको छ । …
हल्ट प्राइज एट ब्रिटिस कलेजले प्रायोजकहरुसँग गर्यो सम्झौता
हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो जुन २०१६ देखि ने…