कीवर्डहरू -

अपडेट

विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्‍यो दक्षिण एसियामा ग्रीन मिशन सेसन

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना छ । निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने देखिने कम्पनीले जनाएको छ ।

नेपाल सरकारको अग्रगामी चिन्तनको निति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ । निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ ईभी निसान कार प्रारंभिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैया उपलब्ध गराएको छ ।

निसान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा  २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पुर्‍याई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजन सँग गर्न सकिन्छ ।

निसान इण्डिया अप्रेशनका अध्यक्ष सिनान ओजकोकले निशानको उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको बताए ।

त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको उनले जानकारी दिए ।

शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ ।

यो ७.९ सेकेण्डमा १०० कि. मि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० कि.मि प्रतिघण्टा छ । यसको संचालन खर्च पनि कम भएको कम्पनीले जनाएको छ ।

निसानको साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी रहेको र दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेको बताए ।

निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् ।

आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

निसान मोटर इण्डिया जापानको निसान मोटर कंपनीको शतप्रतिशत सहायक कंपनी हो । यो कंपनीको स्थापना २००५ मा भएको हो । यसको ह्याचव्याक, एमयूभी, एसयूभी र सेडान जस्ता सवारी साधन भारतमा बनाएको छ ।

यसले रिनोल्टसंग विश्वव्यापी रुपमा साझेदारी गरेको छ । भारतको चेन्नाई नजिक यसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ । निसान र ड्याट्शन यसका दुई ब्राण्ड हुन् ।

अपडेट

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…

चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठ…

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस…

प्रविधिमैत्री बन्दै निजामती सेवा

एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे …

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गा…

ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने

नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ …

नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल 

नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गरेको छ । सुरुमा नासा…

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मे…

महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्…

५ लाख ६३ हजार पुगे टेलिकमको भीओएलटिईका प्रयोगकर्ता

नेपाल टेलिकमले भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेक…