अपडेट
विदेश जानेलाई मात्र सवारी लाइसेन्स उपलब्ध
यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको छ । प्रिन्ट कार्ड अभाव भएपछि काम रोकिएको हो ।
टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मेसिन बन्द गरेको छ । अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ ।
लाइसेन्स नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीको सङ्ख्या सात लाख छ । उनीहरूले राजस्व बुझाइसकेका छन् तर सेवा पाएका छैनन् ।
विगत छ, वर्षदेखि विभागले मागअनुसार लाइसेन्स वितरण गर्न सकिरहेको छैन । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू गरिएपछि विभागले काम गर्न नसकेको हो ।
परीक्षा पास गरेका सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ । यसअघि मासप्रिन्टर तीन सिफ्टमा सञ्चालन गरेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको समस्या हल हुने दाबी गरेको विभागले अहिलेसम्म हल गर्न सकिरहेको छैन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने, ‘बिनातयारी र अदूरदर्शिताका कारण स्मार्ट लाइसेन्स लागू भएपछि यो हबिगत भएको हो । दलालीका चङ्गुलमा हाम्रा संयन्त्र परेका छन् ।’
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले फ्रान्सबाट १४ लाखप्रति कार्ड जतिसक्दो छिटो ल्याउन लागिएको जानकारी दिँदै भने, ‘कार्ड आइसक्थ्यो, कोरोना महामारीले गर्दा ढिलाइ भयो । कार्डको नमुना हेरिसकेका छौँ । अब बढीमा दुई महिनामा आउनेछ ।’
परीक्षा खुला
विभागले उपत्यकामा आइतबारबाट लाइसेन्सको परीक्षा खुला गरेको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्सको ट्रायल परीक्षा कोरोना महामारीको प्रभाव कम हुँदै गर्दा खुला गरिएको विभागले जनाएको छ ।
नयाँ लाइसेन्सका लागि अनलाइनबाट आवेदन दिन सकिने छ । विभागका प्रवक्ता डा. भुसालका अनुसार लाइसेन्सको आवेदन खुलाउँदा वा परीक्षा लिँदा यातायात कार्यालयहरूले सात दिन पहिला सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । कोरोना महामारीको स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर परीक्षा सञ्चालन गर्न भनिएको विभागले जनाएको छ ।
अनिवार्य गरिँदै
सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्न लागू गरिएको इम्बोस्ट नम्बर प्लेट वितरण प्रभावकारी हुन सकेको छैन । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम छ ।
विभागका प्राविधिक निर्देशक रामशरण पौडेलले भने, ‘यो २०७७ साल साउनदेखि सुचारु गरिको हो । कोरोना महामारीका कारण अनिवार्य गरिएको छैन । अनिवार्य नगर्दासम्म यसको प्रभावकारी देखिएको छैन ।’
उनका अनुसार विभागले आगामी असोजदेखि अनिवार्य गर्ने योजना बनाएको छ । असोजदेखि बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरिँदै छ । हालसालै विभागले सम्झौताको म्याद थप गरेको छ ।
विभागले गत २०७४ साल भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो । सोही रिटलाई २०७५ मङ्सिर २७ गते सर्वोच्चले खारेज गरेपछि विभागलाई बाटो खुलेको थियो ।
गोरखापत्र
अपडेट
दाङ, सल्यान र रोल्पामा इन्टरनेट सेवा प्रदान गर्दै टिपी लिंक नेटवर्क
इन्टरनेट सेवा प्रदायक कम्पनी टिपी लिंक नेटवर्कले आफ्नो सेवा दाङ लगायत आस पासका जिल्…
कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी
कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (…
‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै
टेक वेबिनारले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा…
कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कम्प्युटर एशोसिएन नेपाल महांसंघले ‘कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिक…
आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न
आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओल…
सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली
चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा ज…
उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्यो बाइकमा कार्गो ढुवानी सेवा
डिजिटल कार्गो सेवा प्रदायक 'उपाय सिटी कार्गो'ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्र…
मेरो कारोबार एपमा थपिए नयाँ फिचर
मेरो कारोबार एपमा नयाँ फिचर थप भएका छन् । एपको युआई परिवर्तनसँगै बग समेत समाधान…
सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त कम्पनी सेल पेले ‘बुबाको…
नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलको लाइभ अब हाम्रो पात्रोबाट हेर्न सकिने
नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियो…
एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा…
सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड
सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको ल…
दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने
अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरे…
भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने
एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रव…
दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न सजिलो हुने
दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ …