कीवर्डहरू -

अपडेट

जेनेस सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले क्लाउड कम्प्युटिङ पढाउने

क्लाउड कम्प्युटिङ प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ ।

उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो माग रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् ।

व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुँदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धि भएको देखिन्छ ।

यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र (क्लाउड कम्पुटिङ्ग) मा दक्ष जनशक्ति उत्पादन गर्न लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमी सगं सहकार्य गर्ने भएको छ ।

यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (नर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा  क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएससी आईटी र बीबीएम विषयमा अध्यापन गराउदैं आएको छ ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कम गर्ने बताए ।
जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो ।

जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फुयाँलले यस्तो सहकार्यको आवश्यकता माथी जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जीसीए र जीसीएका सहयात्री संस्थाहरमा इन्टर्नसीप गर्न पाउने बताए ।

सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि संबोधन गरेका थिए । कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृत्ति छनौट समितीले गर्नेछ ।


अपडेट

सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदाय…

गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट

टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ । गूगलको शीर्ष स्थानलाई उछि…

होटल याक एण्ड यतीमा आज आइटी कन्क्लेभ हुँदै, भविष्यका प्रविधि बारे छलफल गरिने

होटल याक एण्ड यतीमा आज दिउँसो १ बजेदेखि प्रेसिडेन्सियल आइटी कन्क्लेभ आयोजना हुने भ…

६६४ जनालाई क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिन सकिन्छ आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ६६४ जना कर्मचारी मागेको छ । कम्पनीले कर्प…

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला शुरू

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) स…

बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै

शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को …

बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरे…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स् कारोवारलाई प्राथमिक…

‘नबिल स्मार्टपोस’ का लागि बैंकले दराज तथा आइमार्कसँग गर्याे सहकार्य

नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौत…

१९ नेपाली विद्यार्थीहरूद्वारा ह्वावेको ग्लोबल फ्ल्यागशिप सीड्स फर द फ्युचर कार्यक्रमको समापन 

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम– नेपालको स्ना…

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटे…

पुस ८ गते प्रेसिडेन्सियल आईटी कन्क्लेभ आयाेजना हुँदै

प्रेसिडेन्सियल बिजनेस स्कुलले प्रसिडेन्सियल आइटी कन्क्लेभ २०२१ आयोजना गर्ने भएको छ । …

\'हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड हुन सफल

हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मा…

टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा यस्ता छन् सुविधा

नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक…