अपडेट
मोबाइल खुद्रा विक्रेतालाई नबिल बैंकले कर्जा दिने
नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बैंकका लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।
बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले संघसँग सम्झौता गरेको जानकारी दिएको छ ।
सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेताहरूलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पूँजीमा लगानी गर्ने उद्देश्यसाथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ ।
व्यवसायको आवश्कता बमोजिम व्यवसायीहरूले मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरू प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
लघुवित्त कर्जा प्रमुख बस्नेतले नबिल बैंक सधैँ साना तथा मझौलास्तरका व्यवसायीहरूलाई समय–सान्दर्भिक कर्जा तथा सुविधाहरू सरल र सहज किसिमले प्रदान गर्न अग्रसर रहेको दाबी गरे । बढी भन्दा बढी व्यवसायीहरूको पहुँचमा कर्जा सुविधा पुर्याउन निरन्तर लागिपरेको पनि उनले बताए ।
साझेदारी अन्तर्गत संघमा आबद्ध भएका मोबाइल वितरक व्यवसायीहरूको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य राखिएको साझेदारहरूले बताएका छन् ।
अपडेट
टेलिकमको होली अफर, २९४ रूपैयाँमा २० जीबी डेटा
मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफ…
एनसेलको गज्जबको दैनिक जीबी प्याक, अब १९९ रूपैयाँमा १४ जीबी डेटा
एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँद…
जर्मनीमा चिप निर्माण गर्न १९ बिलियन डलर लगानी गर्दै इन्टेल, ३ हजारलाई रोजगारी
इन्टेलले जर्मनीमा चिप निर्माण गर्ने उद्योग खोल्न १९ बिलियन डलर लगानी गर्ने भएको छ । …
१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना
मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना …
एनएमबि बैंकमा भिडिओ कलबाट खाता खोल्दा डिम्याट र मेरो शेयर अनलाइनबाटै लिन मिल्ने
एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी …
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेण्टबाट पनि पाइने
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा …
थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपको आर्थिक सहयोग
गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग …
अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ
सामाजिक सञ्जाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्न…
स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन
क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ म…
क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ
आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्या…
हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न
हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेस…
नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने
क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकल…
भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै
भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पा…
क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्षको अफर ल्याएको छ । क्लासिक टेकले…
ड्राइभिङ लाइसेन्स लिन सास्ती
सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणक…