कीवर्डहरू -

अपडेट

नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुँदै 

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त आयोजनामा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन तथा जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरु बाट लेख रचना को लागि खुल्ला आह्वान गरिएको छ ।

बढ्दो अनलाइन कारोबार र सूचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुविधा संगसंगै थपिएका सुरक्षा चुनौतीलाई अवसरमा बदल्दै मूलुकलाई नै आवश्यक पर्ने साइबर सुरक्ष्या जनशक्ति तयार गर्न र सूचना प्रविधि प्रयोगकर्तालाई जागरण गर्न आवश्यक रहेकोले रिसर्च र इनोभेसनको साथै प्राप्त सूचना र ज्ञानको प्रयोग गरि साइबर सेकुरिटी जर्नल प्रकाशन गर्न लागिएको आयोजकले बताएको छ ।

असोज २० गते सम्पन्न  साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन कार्यक्रम  साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्यको अध्यक्ष्यतामा भयो जसमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव  अनिल कुमार दत्त को प्रमुख आतिथ्यता मा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार दत्त ले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्षा चुनौती व्यवस्थापन र अवसर सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताए ।

कार्यक्रमको अध्यक्ष्यतामा रहेका प्रा डा सुबर्ण शाक्यले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्षाको क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरमै अब्बल जर्नल  बनाउने  बताएका छन् ।

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलमा सुचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन, विश्वका बिकसित मुलुकका अभ्यासहरु,उपभोक्ता शिक्षा , पास्वर्ड व्यवस्थापन,  साइबर सेकुरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरुका लागि आह्वान गरिएको थियो ।

उक्त जर्नलको प्रकाशन कार्य समितिको सहयोग र  समन्वयमा संयोजनको  जिम्मेबारी डा राजिब सुब्बालाई दिईएको आयोजकले बताएको छ । सो कार्यक्रम मा सूचना प्रविधि विज्ञहरु डा राजिब सुब्बा , रोम कान्त पाण्डे ,बाबुराम अर्याल  र नरेश लाम्गाधे लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो र उक्त कार्यक्रममा अतिथिहरुले सूचना प्रविधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो ।

सूचना प्रविधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभाबकारिताको लागि साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्य, बग भी का फाउनडर नरेश लाम्गाधे, एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारि र बग भी का फाउनडर नरेश लाम्गाधे बीच छुट्टा छुट्टै  एमवोयु हस्ताक्षर गरी आगामी दिनमा साइबर सेकुरिटी क्षेत्रका चुनौतीलाई अवसरमा बदल्न संगसंगै सहकार्य  गर्ने सम्झौता समेत सम्प्पन भयो ।

साइबर सेकुरिटी विश्व व्यापी समस्याको रुपमा आएको र यसले यो क्षेत्रमा काम गर्ने जनशक्तिलाई राम्रो अवसर ल्याएको तर त्यसलाई हामीले उपयोग गर्न क्षमता अभिवृद्धि गर्नु पर्ने , प्रशस्त साइबर सेकुरिटी जनशक्ति तयार गर्नु पर्ने , पूर्वाधार र नीति नियम मा धेरै समय सापेक्ष सुधार गर्नु पर्ने र  सरकार र निजि क्षेत्रले सहकार्य गर्दै आगाडी बढ्नु पर्ने कार्यक्रम संचालकसाइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका माहासचिब इ शालिग्राम पराजुलीले बताएका छन् ।

अपडेट

एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने  

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेक…

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त

एनएमबि बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त…

नबिल बैंकद्वारा नबिल दशैं धमाका अफर जारी

नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएक…

“दिमाग हल्लिने अफर” अब मात्र रु ८९९ मा १०० एमबिपिएस डिशहोम फाईबरनेट 

डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको…

ग्लोबल बिजनेस आउटलुक अर्वाडमा नेपालबाट ‘डिजिटल नेटवर्क सोल्युसन’ विजेता

नेपालबाट ग्लोबल बिजनेस आउटलुक अर्वाडमा डिजिटल नेटवर्क सोल्युसनले ‘फास्टेस्ट ग्रोइङ ड…

ग्यापुको दशैँ तिहार धमाका; अप्रिलिया स्कुटर जित्ने मौका

नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ…

डिजिटल एण्ड बियोण्डले गर्याे कोरियामा गूगल क्लाउड पाटर्नरको रुपमा सम्बद्ध कार्यालय स्थापना

सूचना तथा प्रविधिको युगमा शिक्षाक्षेत्र सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने ह…

एनएमबिको एआईमा आधारित भिडीयो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो

एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने…

पर्व अफर अन्र्तगत डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस प्राप्त गर्न सकिने अवसर दिदै नेपाल टेलिकम

नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलि (२०७८।६।१९)देखि विभिन्न ड…

इसेवाको चाडपर्व लक्षित अफर, विभिन्न आकर्षक पुरस्कारका साथै बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने 

भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै व…

एमालेले सार्वजनिक गर्याे नयाँ लोगोसँगै पार्टीका लागि नयाँ एप

एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको वि…

आइसिटी अवार्डका ४० बढि स्टार्टअप तथा प्रडक्ट सम्मिलित \'स्टार्टअप एण्ड इन्नोभेसन\' फेस्ट सम्पन्न

स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यल…

रियलमीको फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज” यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “रियलमी फ…

डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार  

डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहर…

Huawei supports ICT Award 2021 as associate sponsor